6 Baishak, 2071 |
Menu

नागरिक शनिबार

टाइमलाइनमा के भइरहेको छ!

  • १५ असार, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)
टाइमलाइनमा के भइरहेको छ!
ट्वीटरमा प्रख्यात काकाबासँग यसको 'नशा'बारे गफ भयो। उनले विदेशमा रहेका एक भतिजको ट्वीटरनशा सुनाए। ट्वीटर चलाउनै नजान्ने भतिज नेपालका साथीलाई सोधीसोधी ट्वीटरमा अभयस्तमात्रै भएनन्, लतै लागेछ। 'अब त अति भयो,' श्रीमतीले प्रस्ताव तेर्स्याइन्, 'कि ट्वीटर छोड्नूस, कि मलाई।'


भतिजका कुरासँगै उनले आफ्ना कुरा पनि निकाले। फेसबुकमा सीमित काकाबा पनि साथीहरूकै कारण ट्वीटरमा आइपुगे। सुरुमा त के हो! के हो! जस्तो लाग्यो उनलाई। फोटो पनि छैन। च्याट गर्न पनि नमिल्ने। बिस्तारै बानी पर्‍यो। काकाबाकी श्रीमती हिरा न्यौपाने भन्छिन्, 'अहिले त म पनि ट्वीटर हेर्न थालेकी छु।'  

पछिल्लो समय सहरिया युवा ट्वीटरमा झुम्मिएका छन्। कतिलाई 'लत'जत्तिकै भइसक्यो। उठेदेखि नसुत्दासम्म टाइमलाइनमा स्क्रल घुमाउनैपर्ने भएको छ। 'टाइमलाइनमा के भयो होला भन्ने लागिरहन्छ,' प्रमोद न्यौपानेले भने, 'ट्वीटर त एडिक्सनजस्तै भइसक्यो।प्रविधि र मोबाइलको सुविधाले अफिसबाटोगाडीघर जहाँबाट पनि ट्वीटरलाई साथी बनाउन सकिने भएको छ।

ट्वीटर यसरी झाँगिदै छजसको प्रभावले समाजराजनीतिकलाफिल्मपुस्तकको व्यापारमा समेत प्रभाव पार्न थालेको छ। समाजिक कार्यक्रमनेता र राजनीति विषयफिल्म र पुस्तक समीक्षासमेत ट्वीटरमा हुन थालेका छन्। नेपालमा ट्वीटरको प्रयोगलाई ठूलो समूहमा ल्याउन भूमिका खेल्ने आकार अनिल भन्छन्, 'आफ्नो प्रोफेसनमा सफल हुन ट्वीटरले सहयोग गर्न सक्छ।'   

इन्जिनियरडाक्टरपत्रकारनेतादेखि हरेक क्षेत्रका व्यक्ति ट्वीटरमा जोडिएका छन्। चुनावको प्रचार ट्वीटर/फेसबुकबाट पनि गर्ने भनेर निर्वाचन आयोगले बताइसकेको छ। आफ्ना लेख रचनाब्लगन्युज पोर्टलको प्रचारसमेत ट्वीटरमा हुन थालेको छ।  

ट्वीटर सुरु भएको तीन वर्षपछि २००८ देखि आकार अनिलले ट्वीटर चलाउन थाले। 'त्यत्तिखेर ट्वीटरको सर्कलमा २०२५ जनामात्र साथी थिए होलान्,' आकारले भने, 'उनीहरू इन्जिनियर र आइटी सेक्टरका मात्रै थिए।'

२०१० तिर बलिउडका सेलिब्रिटी ट्वीटरमा प्रवेश गरेसँगै यसको लोकप्रियता बढ्यो। उनीहरूका ट्वीटबारे सञ्चारमाध्यमले विशेष महŒव दिए। यसले सेलिब्रिटीका नेपाली फ्यानहरू ट्वीटरतर्फ तानिए। 

ब्रायन एडम्स्को नेपाल प्रवेशपछि ट्वीटरमा नेपाली थपिएको आकार बताउँछन्। ब्रायन नेपाल आउनुअघि उनका ट्वीटबारे चर्चा हुन थाल्यो। फ्यानहरूले धमाधम ब्रायनलाई फलो गर्न थाले। पत्रकारहरूले ट्वीटर प्रयोग गर्न थालेपछि भने यसले अझ विस्तार पायो। 

युवाहरू मात्रै होइन तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटर प्रवेशले ठूलै हल्ला मच्चायो। उनको ट्वीटर मोहलाई मिडियाले चासोका साथ प्रचार गरे। उनकै लहलहैमा राजनीतिक कार्यकर्ता पनि टि्वटरमा प्रवेश गरे।  

ट्वीटरमा ठूलो समूह निर्माण हुदैछ। कुलरिम्स (सुवासकुमार कोइराला) ट्वीटरलाई एउटा ठूलो परिवारजत्तिकै ठान्छन्। ट्वीटरका युवा टाइमलाइनमा मात्र सीमित छैनन्। उनीहरू आइडिया सेयर गर्छन्सँगै बसेर चिया पिउँछन्जन्मदिन मनाउँछन्। ट्वीटरलाई माध्यम बनाएर सामाजिक काममा पनि जुट्छन्। 

टिएफसी नेपाल @tfcNepal

ठूलो समूह ट्वीटरमा व्यस्त हुन थालेपछि साथीहरूसँग भेटघाट र सामाजिक कार्य गर्न केही ट्वीटर प्रयोगकर्ता जोसिए। समूह निर्माण गरे, 'टिएफसी नेपाल'। उनीहरू यसलाई 'लुज नेटवर्कभन्न रुचाउँछन्।

दुई वर्षअघिको यो प्रयासले अहिले धेरै युवालाई समेटेको छ। सुरुमा प्रमोदइश र आकारले ट्वीटमार्फत् भेटघाटका लागि आह्वान गरेपछि २०११ मार्चमा केही युवा भेला भए। भृकुटीमण्डपमा १४ जना साथीहरू भेला भएपछि सामाजिक कामबारे सोच बनेको प्रमोद बताउँछन्। 

सामाजिक कामका लागि नै उनीहरूले टिएफसी नेपाल हेन्डल खोले। यही हेन्डलमार्फत् साथीहरू थपिए। 

टिएफसीमार्फत् नै योजना बन्छ। आफूसक्दो पैसा जुटाउँछन्। त्यसलाई आवश्यक ठाउँमा सहयोग गर्छन्। अहिलेसम्म १० वटा मिसन (सहयोग) सकिसकेको प्रमोद बताउँछन्। ४ हजारभन्दा धेरै फलोअर रहेको टिएफसी नेपालमा ६०७० युवा धेरै सक्रिय छन्।

पवित्र समाज सेवा नेपाल हुँदै यो मिसन केन्द्रीय बालमन्दिरका बच्चालाई लिटो खुवाउने सहयोगसम्म आइपुगेको छ। निस्वार्थ जुटेको पैसाबाट सयौं बालबालिकाले सहयोग पाएको अभियानका युवाहरू बताउँछन्। हरेक मिसनमा करिब ५०६० हजार रुपैयाँ संकलन हुने प्रमोदले बताए। 

सक्रिय सदस्यले हरेक महिना हजार रुपैयाँ टिएफसी नेपालका लागि जम्मा गर्छन्। कोही छोराछोरीको जन्मदिनको अवसरमा आर्थिक सहयोग गर्छन्। आफूहरूप्रतिको विश्वासले सहयोग जुटिरहेको उनीहरूको भनाइ छ। संकलित सहयोग रकम र खर्च विवरण टिएफसीको साइटमा राख्ने गरिएको छ। ११ औं मिसनमा गाईघाटको एक स्कुल परेको छ। त्यसैको सहयोगमा उनीहरू सक्रिय बनेका छन्। 

ट्वीटरमा चर्चित आइब्लड काठमाडौं @ibloodnepal का युवा पनि सामाजिक सेवामा जुटेका छन्। कसैलाई रगत चाहियो भने ट्वीट गर्नेबित्तिकै उनीहरू सहयोगमा लागिहाल्छन्।  

क्याफे कविता @CafeKavita­

कविताले नै कहिलेकाहीँ टाइमलाइन भरिन्छ। जान्नेहरू राम्रै लेख्छन्नजान्ने प्रयास गर्छन्। कविताप्रेमलाई सम्बोधन गर्दै ट्वीटरमा क्याफे कविताको हेन्डल बनेको छ। ६ महिनाअघिदेखि सुरु क्याफे कविता ट्वीटे युवाबीच लोकप्रिय छ। 

'मिन पचास'बारे कविता सुनाउन बनेको सोच नै क्याफे कवितासम्म पुग्यो। सुरुमा रूपेश श्रेष्ठकमल कुमारजोतारे धाइबा र जनक पौडेल थिए। हरेक महिना कविता सुनाउने सल्लाहअनुसार नयाँ नाम जुर्‍यो, 'क्याफे कविता'। क्याफेमा बस्ने कविता सुनाउने। 

काठमाडौंमा तीनपटक कविता सुनाइसकेको क्याफे कविता इटहरीसम्म पुग्यो। 'युवाहरूमा राम्रो प्रभाव जमाएको छ,' रूपेश भन्छन्, 'फरक खालको कविता गोष्ठी नयाँ प्रतिभाका लागि प्लेटफर्म बनेको छ।

कविता वाचनसँग भिडियो लाइभ पनि हुन्छ। बेलाबेला एफएमले पनि प्रत्यक्ष प्रसारण गर्छन्। 

आज सोसल मिडिया डे
आज शनिबार 'सोसियल मिडिया मिटअप २०१३हुँदै छ। ३० जुनमा यो दिवस विश्वभर मनाइन्छ। विश्वमा भइरहेको प्रविधिक्रान्तिबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा कार्यक्रम गर्न लागिएको आयोजक आकार अनिलले बताए। किङस् कलेजबिजुलीबजारमा साढे १२ बजेदेखि कार्यक्रम हुँदै छ। 'सोसियल मिडिया इज गुडविषयमा मार्केटिङपत्रकारिताशिक्षासाहित्यफिल्मसंगीतखेलकुद क्षेत्रका जानकारले आफ्नो प्रस्तुति राख्नेछन्। 

विश्वमा २०१० देखि मनाउन थालिएको यो दिवस मासएवलले सुरु गरेको हो। नेपालमा भने दुई वर्षदेखि आकारकै आयोजनामा 'सोसियल मिडिया डेआयोजना हुन्छ। 


ट्विटेहरु के भन्छन्

आकार अनिलइन्जिनियर @aakarpost

ट्वीट :  ६३ हजारभन्दा धेरै

मैले ट्वीटर सुरु गर्दा सीमित साथीमात्र थिए। अहिले ठूलो मास बनिसकेको छ। पहिले धेरै विषयमा ट्वीट गरिरहन्थेंअहिले कम भएको छ। म सोसल मिडियागुगलआइटीग्याजेटसँग सम्बन्धित विषयमा ट्वीट गर्छु। आफू आबद्ध क्षेत्रसँग सम्बन्धित ट्वीट गर्दा राम्रो हुन्छ। यसले आफ्नो प्रोफेसनमा सहयोग पुर्‍याउँछ। आफ्ना गुरुहरूसँग चिनजान हुन र प्रतिभा देखाउने माध्यमका रूपमा ट्वीटर प्रभावकारी बन्दै गएको छ। 

हरि न्यौपानेरेडिमेट व्यापार @KakaBaa

ट्वीट :  ५५ हजारभन्दा धेरै
मलाई साथीहरूले तानेर नै ट्वीटरमा ल्याएका हुन्। पहिले फेसबुक चलाउँथे। फेसबुकका साथी आकारले नै मलाई ट्वीटरसम्म पुर्‍याएका हुन्। फेसबुकमा उनी काका भन्थे। म उनलाई भतिज भन्थंे। पछि ट्वीटरको हेन्डल नै काकाबा राखें। 

ट्वीटर साथीजस्तै बनेको छ। बेलाबेला ट्वीटर चलाउँदा रिसाउने श्रीमती नै ट्वीटर चलाउन थालिन्। 

ट्वीट निश्चित विषयमा हुन्छ भन्ने छैन। टाइमलाइन हेर्दै जाँदा साथीहरू जताजता लाग्छन्म पनि त्यत्तै लाग्छु। क्रिएटिभ र बौद्धिक ट्वीटले धेरै जानकारी दिन्छ। 

जनकराज भट्टआइटी टेन्निसियन @Jaw_Knock

ट्वीट :  ५० हजारभन्दा धेरै
मनमा जे आउँछत्यही ट्वीट गर्छु। कसैकसैले क्लिष्ट भाषामा ट्वीट गर्छन्। मलाई त्यो मन पर्दैन। ट्वीटर अभिव्यक्तिको स्वतन्त्र माध्यम पनि हो। जे लेखे पनि त्यसमा हिचकिचाउनु पर्दैन। 

क्रिकेट र सामाजिक सन्दर्भ मेरा ट्वीटका विषय हुन्। विभिन्न न्युज पोर्टलको लिंक पनि सेयर गर्छु । ट्वीट गर्नलाई समय निकाल्नुपर्छ भन्ने छैन। कहिले हिँड्दाहिँड्दै पनि गरिन्छ। ट्वीटमा विभिन्न विषय उठिरहेका हुन्छन्। वादविवाद हुन्छ। कुनै निश्चित निर्णय पनि निस्कन्छ। 

सुवासकुमार कोइराला @cooolrims

ट्वीट :  ४० हजारभन्दा धेरै
ट्वीटरको साथी पुजारीले नै मलाई सिकाएको थियो। अहिले त ट्वीटर नभई नहुने भइसक्यो। यतिसम्म किट्वाइलेट जान छोडेर पनि 'रिप्लाईदिन मन लागिरहेको हुन्छ। राति निद्रा खुल्यो कि ट्वीट गर्ने चाहना हुन्छ।

काम सँगसँगै ट्वीट पनि गरिहरेको हुन्छ। टाइम पास र महŒवपूर्ण कुरा न्युज अपडेट छिटोछिटो भइरहेको हुन्छ। नयाँ साथी बनाउन पाइन्छ। अरूलाई बुन पाइन्छ।  

प्रमोद न्यौपानेइन्जिनियर @friendycalls 

ट्वीट :  २६ हजारभन्दा धेरै

ट्वीटर एडिक्सनजस्तै भइसक्यो। बिहान उठेदेखि नसुतुन्जेल ट्वीटरसँगै हुन्छ। समसामयिक विषयमा ट्वीट गर्न रुचाउँछु। टाइमलाइनमा उठेका विषयअनुसार पनि पनि ट्वीट गर्छु। 

म फ्रिल्यान्सर भएकाले अफिसको काममा असर गर्ला भन्ने हुँदैन। ट्वीटरबाट टाढा भएका बेला टाइमलाइनमा के भइरहेको होला भन्ने लागिरहन्छ।

मेरो किङकङ

हाम्रो घरमा बाँदर देखेर म एकछिन त डराएँ। यसो हेरेको सानो बाँदर रहेछ। बच्चाजस्तो लाग्यो। बिचरा एक्लो थियो।'ए दाइ! ए समीर दाइ! बाहिर आउनुस् त,' मैले घरभित्र बस्नुभएको समीर दाइलाई...

मण्डेलाको भाषण

आज हामी सिंगै देश र विश्वलाई नवजात् स्वतन्त्रताको कोसेली चढाइरहेका छौं।असाधारण मानवीय विनाश गराउने युद्ध रोकिएको दर्दनाक समयपछि हामी यस्तो समाज जन्माउँदैछौं, जसप्रति भोलि सिंगो मानवताले गौरव गर्नुपर्ने छ। हाम्रा...

अन्नपूर्णाको भोज

अन्नपूर्णाको भोज

दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै...

इतिहास पाठशाला

सामान्यतः गोरखा बजार साँझ छिप्पिन नपाउँदै बन्द हुने र बिहान घाम झुल्किएपछि खुल्ने गर्छ। तर अचेल (कात्तिकदेखि फागुनसम्म) साँझ अबेर र बिहान मिर्मिरेमै चहलपहल बढ्छ। कारण हो– शैक्षिक भ्रमणको याम।

इतिहास साधक पितापथमा

काठमाडौं– घरमा ठ्याक्कै कति पुस्तक छन्, उनीहरूले हिसाब निकालेका छैनन्। इतिहास अन्वेषक स्वर्गीय नयराज पन्तका दुई छोराको दैनिकी बाबुले जम्मा परेका तिनै पुस्तक र अभिलेखको अध्ययन, प्रकाशन र व्यवस्थापनमा बित्छ।

हाइब्रिडको हल्ला

काभ्रे पाँचखालका सन्तोष दनुवारले जिजुबाजेदेखि चलिआएको पेसा खेतीपाती नै रोजे। नौ वर्षदेखि व्यावसायिक कृषि पेसा अपनाएका उनी धान, आलु र तरकारी उत्पादन गर्छन्। खेती गर्न उनीसँग १० रोपनी जग्गा छ।...

नेपालका म्याराडोना

नेपालका म्याराडोना

दक्षिण अमेरिकी खेलाडी म्याराडोना सन् १९८० को दशकमा विश्व फुटवलमा ‘वादशाह' उन्मुख नाम थियो। ठिक त्यहि समयमा मणि विक्रम शाहले नेपाली दर्शक दिर्घाबाट ‘म्याराडोना' को उपाधि पाइरहेका थिए।

भोटभन्दा चन्दा माग्ने धेरै

भोटभन्दा चन्दा माग्ने धेरै

'धेरै जना मंसिर ४ को प्रतीक्षामा व्यग्र छन्, मलाई कहिले सकिएला जस्तो भइसक्यो,' व्यवसायी प्रदीपकुमार श्रेष्ठ चन्दा माग्नेले हैरान बनाएपछि यस्तो बताउन थालेका छन्। उनीकहाँ भोट माग्ने भन्दा पैसा माग्ने...