5 Poush, 2071 |
Menu

नागरिक शनिबार

'हामीलाई हेर्न को आउँछ र?'

  • १५ असार, २०७०
  • स्वरूप आचार्य
  • DISQUS_COMMENTS
(0 votes)
'हामीलाई हेर्न को आउँछ र?' तस्बिर : विजय गजमेर
अन्धकार हल। प्रायः डान्सबारमा देखिने एउटै समानता। सिलिङमा रंगीबिरंगी प्रकाशको संयोजन। बीचमा स्टेज। स्टेज वरपर ठूला–ठूला गद्दादार सोफा। कुनामा विभिन्न रक्सीले सजाइएको आकर्षक बार। र, हिन्दी–नेपाली गीतमा नाच्दै गरेका डान्सर। काठमाडौंका करिब २ सय डान्सबारमध्ये अधिकांश पर्यटकको मुख्य जमघट हुने ठमेल वरपर छन्। नयाँ बसपार्क, सामाखुसी, बसुन्धरा, पुरानो बसपार्क, मैतिदेवी, नयाँ बानेश्वर क्षेत्रका डान्सबार पनि धेरैको गन्तव्य हो।

विशुद्ध मनोरन्जन थलो डान्स्बारभित्र विभिन्न 'धन्दा' हुने आरोप पनि लाग्ने गर्छ। भित्री यथार्थ जे भए पनि यहाँका डान्सबारले करिब ३ हजार जनाभन्दा बढीलाई रोजीरोटी जुटाइदिएको छ। 
सुन्दर युवतीको नृत्यमा लठि्ठनकै लागि धेरै ग्राहक डान्सबार धाउँछन्। उनीहरूको नजर नृत्यंगनाको कम्मर र बैंस चढेको यौवनमै हुन्छ। तर त्यहाँभित्रका पुरुष डान्सरमा न कसैको आँखा परेको छ, न त तिनीहरूको पीडा बु‰ने चासो राखेका छन्। केवल केटी डान्सरको सहायकको रूपमा मात्र सीमित छन्, पुरुष डान्सर।

हरेक डान्सबारमा केटीहरूसँगै नाच्ने केटा पनि हुन्छन्। एउटै पेसामा भएर पनि उनीहरू 'अपहेलित' छन्।
सर्लाही घर भई हाल चाबहिल बस्दै आएका १८ वर्षीय प्रतीक लामाले डान्सबारमा नाच्न थालेको दुई वर्ष भयो। एसएलसी सकेर काठमाडौं पढ्न आएका उनी खर्च धान्न नसकेपछि डान्सतिर लहसिए। 'काठमाडौं सोचेजस्तो रहेनछ। घरको पैसाले धान्न नसकेपछि यही जानियो, यहीँ आइयो,' निन्याउरो अनुहार लगाउँदै उनी भन्छन्, 'पहिलोपटक डान्सबारमा साथीले लिएर गएको थियो। पहिलो नाचमै साउले 'ओके' गरे। त्यसपछि नाचेको नाचेकै छु।' 
प्रतीकको भनाइलाई आधार मान्ने हो भने यस क्षेत्रमा नृत्यको औपचारिक शिक्षा आवश्यक छैन। स्कुलमा नाचेकै भरमा अहिलेसम्म उनी टिकिरहेका छन्। 'हिजोआज यस क्षेत्रमा कम्पिटिसन बढेको छ। ग्राहकहरू टिभीमा विभिन्न डान्स हेरेर आउँछन्, त्यस्तै गर्नुपर्यो् भन्छन्,' उनले भने, 'उनीहरूको आग्रह नमान्ने कुरै भएन। अप टु डेट रहनुपर्छ।' उनी अहिले बि–बोइङ प्रशिक्षणमा छन्। 
उनी चुट्की मार्छन्, 'केटीहरूलाई त नाच्न नआए पनि मुस्कान दिएरै स्टेज खाइहाल्छन्। हामीले भने डान्स स्टेप देखाएर ग्राहकको खल्ती रित्याउन भरपूर पसिना निकाल्नुपर्छ।'

प्रतीक एक प्रतिनिधि पात्रमात्रै हुन्। पुरुष डान्सरको कथा उनको भन्दा फरक छैन। दिउँसो कलेज, राति डान्सबार; सुरुमा प्रतीको दैनिकी यस्तै थियो। ११ कक्षा पास गरेपछि उनमा पढ्ने जाँगर चलेन। १२ कक्षा पढ्दा–पढ्दै छाडिदिए। अहिलेका फुलटाइम डान्सर उनलाई डान्सबारमा काम गर्नुपर्दा ग्लानि छैन। तर, थोरै गुनासो छ, 'एउटै स्टेजमा नाच्ने सबैलाई समान पारिश्रमिक नहुँदा भने मन कुडिन्छ।' आफैं मन बुझाउँछन्, 'तर, के गर्नु, ग्राहक हाम्रो नाच हेर्न आउने होइनन्।' 
प्रतीकका अनुसार पुरुष डान्सरको मासिक तलब ७ हजारबराबर हुन्छ। ग्राहकले स्टेजमा फ्याँकेको पैसा दामसाहीमा बाँड्दा केही आम्दानी बढ्छ। उनी भन्छन्, 'मासिक ७ हजार तलबबाहेक अलिकति टिप्स हुन्छ। स्टेजमा दिएको टिप्स सबै बुझाउनुपर्छ। ग्राहकले बोलाएरै दिएको मात्रै हो खल्तीमा जाने त!'

प्रतीकको घरका एक्ला छोरो हुन्। उनको आमा–बुवा र ४ बहिनी गाउँमै छन्। 'घरमा सबैलाई थाहा छ। उहाँहरूलाई पनि केही गुनासो छैन। मैले जानेकै यही हो,' उनले भने, 'डान्समै करिअर बनाउने सुरमा छु।'

देश/विदेशको स्टेजमा नाच्ने उनको ठूलो धोको छ। आत्मविश्वासी बन्छन्, 'डान्स सिकेर एकपटक 'डिआडी'मा भाग लिन चाहन्छु। त्यहाँ राम्रो गर्न सकें भने त जीवनै परिवर्तन हुन्छ।' 

रात्रिकालीन व्यवसाय संघका अध्यक्ष समीर गुरुङका अनुसार काठमाडौंका पुरुष डान्सरकोसंख्या करिब ७ सय छ। उनी भन्छन्, 'एउटा डान्सबारमा औसत ३ जना केटा हुन्छन्,' उनी भन्छन्, 'राम्रा केटा डान्सर पनि छन्। तर, ग्राहक भने केटीहरूकै डान्स हेर्न ओइरिन्छन्।' युगल डान्सले स्टेजमा रोमाञ्चकता थपिदन्छ। तर जतिसुकै राम्रो नाचे पनि केटाहरू सहायकका रूपमा मात्र रहन्छन्। गुरुङका अनुसार राम्रो नाच्ने केटीले मासिक २० हजार रुपैयाँसम्म पाउँछन्। 

करिब ५ वर्षदेखि ठमेलको नशा डान्सबारमा नाचिरहेका श्याम लामाको अनुभव पनि उस्तै छ। उनी दोलखाबाट पढ्नकै लागि काठमाडौं आए। पकेटमनी जोहो गर्ने निहुँमा रेस्टुरेन्टमा काम गर्न थाले। त्यहीँबाट डान्सबार भित्रिए। उनी अहिले डान्समात्र गर्दैनन् डिजेको काम पनि गर्छन्। अध्ययनलाई सँगै लैजाने उनको सोच छ। स्नातक गर्ने तरखरमा रहेका उनी भन्छन्, 'डान्सबारमा राम्रो भविष्य छैन। शरीरमा बल भइन्जेल नाच्ने हो। नाच्नु बाध्यतामात्रै हो।'

बाध्यताले नै डान्सबारमा काम गर्नेको संख्या ठूलो छ। हाल 'तोक्मे बूढा'का नामबाट प्रख्याति कमाएका विल्सन विक्रम राई पनि आफ्नो करिअरका सुरुवाती दिनमा डान्सबारमा नाच्थे। नाचेर पाएको टिप्स दिउँसो काठमाडौं वरपरका सुटिङ स्पट पुगेर खर्च गर्थे। फिल्ममा ब्रेक पाउन र निर्देशकसँग सम्बन्ध बढाउनका लागि उनले स्पट ब्वाइदेखि लाइट म्यानसम्ममा खर्च गरे। उनी भन्छन्, 'डान्सबारमा काम गर्दा फुच्चे थिएँ। 'म हुँ नेपाली बाबु मेड इन नेपाल' गीतमा नाच्न थालेपछि खुब पैसा झर्थ्यो। तर, कसैलाई पनि डान्सबारमा काम गर्छु भन्दैनथें।'

आफूहरूलाई केटी डान्सरको सहायकको रूपमा लिइनु डान्सबारमा नाच्ने आम पुरुष डान्सरको गुनासो हो। श्याम लामा भन्छन्, 'केटीहरूले बत्तीको तालमा स्टेजमाथि हिँडेमात्र पनि डान्स हुन्छ। हामीले त पैतालादेखि तालुसम्म सबै मर्काउनुपर्छ।'

'बि–बोइङको ट्रेन्ड सुरु भएपछि भने केटाहरूलाई महत्व दिन थालिएको छ,' नशा डान्सबारमा बि–बोइङ गर्ने सुनिल परियारले भने, 'डान्सबारका लागि बि–बोइङ सिकेका होइनौं। पैसाकै कारण यहाँ नाचिरहेका छौं।' उनीसँगै बि–बोइङ गर्ने प्रमोद लामा १७ वर्षका भए। एक टेलिभिजनको डान्स प्रतियोगितामा भाग लिन उनले एसएलसी परीक्षा नै छुटाए। भन्छन्, 'सेमिफाइनलसम्म पुगेको थिएँ। त्यही बेला एसएलसीको जाँच पर्योक। जाँच नदिई कम्पिटिसनमा गएँ।' उनी प्रतिस्पर्धामा त उत्रिए तर आउट भए, उता परिक्षा पनि छुट्यो। तर उनमा कुनै चिन्ता छैन। डान्सलाई नै करिअर बनाउने सोच राखेका उनी बि–बोइङबाटै कला देखाउन चाहन्छन्। उनी भन्छन्, 'हाम्रो एउटा डान्सिङ क्रु छ 'स्याडो नेपाल एपिएस'। त्यसबाटै विभिन्न प्रतियोगितामा भाग लिन्छौं।' प्रतियोगिताबाटै आफूलाई खार्दै लैजाने उनको योजना छ । 
प्रमोदसँगै बि–बोइङ गर्ने सनम दुलालले त डान्सबारमै काम गर्ने युवतीसँग बिहे गरे। उनीहरू दुवै एकै पेसामा भए पनि आम्दानीमा ठूलो अन्तर छ। उनलाई पनि डान्सबारमै नाचेर जिन्दगी गुजार्न सकिन्छ भन्ने लाग्दैन। भन्छन्, 'कम्पिटिसन जितेर बाहिर जान पाइयो भने जिन्दगी बन्ला, नत्र त केही सोच्नैपर्छ।'

जति नै पसिना चुहाएर नाचे पनि पुरुष डान्सरको तलबबाट सन्तुष्ट छैनन्। चलेका केही डान्सबारले ढिलै भए पनि तलब त दिन्छन् तर केहीले त्यत्तिकै झुलाइदिन्छन्। 'केटीहरूले भने टाइममै तलब पाउँछन्,' एक डान्सरले भने।

केटीहरूको तलब हाम्रोभन्दा दोब्बर हुन्छ

कुमार लामा, टिस्टुङ (एक डान्सर)

१९ वर्षको हुँदादेखि डान्सबारमा काम गर्न थालेको हुँ। सुरुवाती दिनमा पढाइ खर्चको जोहो गर्न रेस्टुरेन्टमा काम गथर्ें। त्यसबेला फुटबल पनि खेल्थें। साथीहरूले रेस्टुरेन्टमा भन्दा यहाँ राम्रो कमाइ हुन्छ भनेपछि यता आएँ। पहिला त मापसे पनि थिएन, रात्रिकालीन व्यवसायको समयसीमा पनि थिएन। रातभर नाचेर बिहान फुटबलको ट्रेनिङ र कलेज भ्याउन सम्भव भएन। पढाइ र खेल दुवै छुट्यो।

डान्सको अफिसियल टे्रनिङ नलिए पनि म राम्रो नाच्न सक्छु। ६ वर्षदेखि मेरो कमाइको स्रोत यही हो। नाच्न नजानेको भए म पलायन भइसक्थे हुँला। मसँगै यो स्टेजमा थुप्रै केटी नाचे। प्रायः कोही पनि धेरै समय टिकेनन्। उनीहरू यहाँको भन्दा बाहिरको कमाइ राम्रो हुने भएकाले तीन–चार महिना काम गर्छन् र उडिहाल्छन्। हामी केटा भने जहाँको त्यही छौं।

केटीहरू अन्य क्षेत्रमा पीडित होलान्। तर, यो क्षेत्रमा भने केटाहरू पीडित छन्। एउटै काम गरे पनि उनीहरूको तलब हामीभन्दा दोब्बर हुन्छ। हामीले हड्डी भाँचिने गरेर नाच्दा पनि खासै वाहवाही पाउँदैनौं। बत्ती र संगीतको तालमा छोटो लुगा लाएर स्टेजमा हिँड्दैमा उनीहरूले वाहवाही लुट्छन्। अब विदेश जाने सोच बनाएको छु। यहाँ जति पसिना बगाए पनि जिन्दगी गुजार्न मुस्किल पर्छ। बाहिर गयो भने बरु केही हुन्छ कि!

सडक संसद सञ्चालिका

सडक संसद सञ्चालिका

२०२२ सालमा सिराहा, नवराजपुरमा जन्मेकी चित्रलेखा यादव अहिले शिक्षामन्त्री छिन्। २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेका बेला उनी उपसभामुख थिइन्। यादव खुलेरै राजाको कदमविरुद्ध उत्रिइन्। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको...

पल्पसा क्याफे अब फ्रान्सेली भाषामा

पल्पसा क्याफे अब फ्रान्सेली भाषामा

काठमाडौं-नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे' फ्रान्सेली भाषामा समेत अनुवाद भएको छ। शुक्रबार राजधानीको फ्रान्सेली केन्द्रमा अनुवादित पुस्तक ‘ले पल्पसा क्याफे' विमोचन गरिएको हो।

उज्यालो पर्व

उज्यालो पर्व

दिदीबहिनीको हातबाट टीका लगाउँदा दाजुभाइको मुहारमा झल्कने खुसी दीपावलीको उज्यालोभन्दा कम हुँदैन । त्यसैले त खुसी, उमंग र उज्यालोको पर्व बनेको छ, तिहार । घरघरमा गरिने दीपावलीले पनि जीवनको अन्धकार...

सञ्चार सीप र सिद्धान्त

नेपालमा सञ्चार, आमसञ्चार र पत्रकारिता विषयमा केन्द्रित भई पुस्तक प्रकाशन गर्ने क्रम बढ्दो छ। यही क्रममा साढे तीन दशकदेखि पत्रकारिता तथा आमसञ्चार विषय प्राध्यापन गर्दै आउनुभएका सञ्चारविद् लालदेउसा राईको पछिल्लो...

श्‍लील यौनका प्रयोक्ता

श्‍लील यौनका प्रयोक्ता

साहित्य र राजनीति दुवैमा आफ्नो विराट उपस्थिति जनाउन सक्नु, दुर्लभ कुरा हो। तर, यही दुर्लभ सम्मिश्रणकै कारण विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व अहिलेसम्म चामत्कारिक ठानिएको छ।

सपनाको अस्थिपञ्जर

सपनाको अस्थिपञ्जर

अचेल मेरा सपनाहरु धूमिल हुँदै गइरहेका छन्। सपनाको शिखर–वृत्तमा उल्लासमय ढंगले रमाउनेहरुका लागि यो जति दुःखद्, निर्मम र कटु विषय अरु केही पनि हुन सक्दैन।

आखिर बाँचिदो रहेछ !

आखिर बाँचिदो रहेछ !

बिरिङ खोला त्यतिसाह्रो गड्गडाएको उनले कहिल्यै सुनेकी थिइनन्। २०३५ साउन २ गते सोमबार । दुई जिउकी शिवमाया घरधन्दामा व्यस्त थिइन् । श्रीमान् गोरु बेच्न बुधबारे बजार गएका थिए।

प्राविधिकभन्दा प्रविधिमा ध्यान

प्राविधिकभन्दा प्रविधिमा ध्यान

छ–सात वर्षअघिसम्म नेपाली फिल्म स्तरीय नबन्नुको दोष एउटा उपकरणलाई लगाइन्थ्यो– १६ एमएमको क्यामेरा। लेखक, कलाकार, निर्देशक सबैलाई ढुक्क थियो किनभने सबैको कमजोरीको दोष क्यामेराले बोक्थ्यो। उनीहरूले सफाइ पाउँथे।