Sunday 13 Baishak, 2072 |
Menu

नागरिक शनिबार

sagoon

बौद्धमार्गी र हिन्दूको एउटै देउता

  • १५ असार, २०७०
  • राजु नेपाल
  • DISQUS_COMMENTS
(1 Vote)
बौद्धमार्गी र हिन्दूको एउटै देउता
खोटाङको हलेसी महादेव नेपालका प्रमुख तीर्थस्थलमध्ये एक हो। हिन्दु पुराणअनुसार महादेव र भस्मासुरसँग जोडिएका कथासँग हलेसी सम्बन्धित छ भने बौद्ध धर्माबलम्बीको पनि उत्तिकै नाता छ। बौद्ध, लुम्बिनी, स्वयम्भू र मुक्तिक्षेत्रजस्ता ठाउँमा हिन्दु र बौद्धमार्गी एकै ठाउँमा गएर पूजा गरेको हामीले देखेका छौं। तर, नेपालमा केही यस्ता धार्मिकस्थल छन् जो भगवान् शिवसँग जोडिएका छन् र बौद्धमार्गीको पनि त्यही शिव मन्दिरमा भीड लाग्छ। त्यसमध्ये हलेसी महादेव पनि एक हो।
हलेसीको दूरी काठमाडौंबाट त्यति टाढा नभए पनि बाटोको अवस्था, सिजनल बाटा र सधैं सवारीसाधन नपाइने हुँदा धेरै टाढाजस्तो लाग्छ। 
काठमाडौंबाट त्यहाँ पुग्न दुइटा मोटर बाटा छन्। एउटा, मुख्य पूर्व-पश्चिम राजमार्ग सिराहाको मिर्चैया पुगेर त्यहाँबाट २६ किमि यात्राबाट कटारी पुग्ने अनि ४६ किमि कच्ची बाटोबाट घुर्मी हुँदै जाने। अर्को, धुलिखेल हुँदै बीपी राजमार्गबाट फुर्कोटसम्म करिब १२० किमि यात्रा पूरा गरेर त्यहाँबाट अर्को ६० किमि यात्रा गरी घुर्मी पुगेर जाने। 
धुलिखेलबाट जाँदा नेपालथोकदेखि फुर्कोटसम्मको २८ किमि बाटो निर्माणाधीन भएकाले वर्षायाममा गाह्रो हुन्छ भने फुर्कोटबाट घुर्मीसम्म ६० किमि बाटो कच्ची छ। ठाउँ–ठाउँका खोलामा पुल नभएकाले वर्षामा यो बाटोबाट पनि मोटर चल्न सक्दैन। कटारीबाट घुर्मीसम्म भने सधैंजसो सवारी साधन चल्छ। 
उदयपुरको घुर्मी बजार पुगेपछि यात्रा अझ रोमान्चक हुन्छ। सुनकोसी नदीको तीरमा बसेको घुर्मी बजारले आज पनि सिन्धुली, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र खोटाङको व्यापारिक केन्द्रको भूमिका निर्वाह गरिरहेको छ। जब बाटो राम्ररी बन्छ, तब यो ठाउँ प्रभावकारी हुन सक्छ। 
घुर्मीबाट सुनकोसी पार गर्र्न सरकारले निःशुल्क फेरीको व्यवस्था गरेको छ। बिहानदेखि बेलुकीसम्म फेरीमा मान्छे र गाडी तारेर ओखलढुंगाको हर्कपुर पुर्या उने काम रमाइलो देखिन्छ। वर्षायाममा जब फेरी चल्दैन त्यो बेला मोटर यताउता गर्न सक्दैनन्। मान्छेका लागि भने अलिमाथि झोलुंगे पुल बनाइएको छ। हर्कपुरबाट करिब १७ किमि यात्रा गरेर जयरामघाटसम्म पुग्न सकिन्छ। बाटो निर्माणाधीन भए पनि त्यति अप्ठ्यारो छैन। ठाउँ–ठाउँमा कालो पत्रे गरिएको छ।
जयरामघाटबाट दुधकोसी तरेर हलेसीतर्फ लाग्नुपर्ने हुन्छ। अरू बेला सजिलै बेलीब्रिजबाट सवारी साधन उता लान सकिए पनि वर्षायाममा भने बेलीब्रिज निकालिने हुनाले सवारी साधन यतै राखेर झोलुंगे पुल तरेर जानुपर्छ। बल्ल खोटाङ जिल्ला सुरु हुन्छ। त्यहाँबाट उकालो चढ्दै ३२ किमि बाटो गएपछि हलेसी पुगिन्छ। बाटो ठाउँ–ठाउँमा बिग्रे पनि त्यति नराम्रो छैन। जति माथि चढिन्छ, तलको गर्मी बिर्सिन्छ र रमाइलो दृश्यले मन पुलकिन बनाउँछ। 
हलेसीमा खान/बस्न मन्दिरवरपर राम्रा होटल छन्। सानो बजार भइकन पनि भगवानको मन्दिर भएकाले त्यति महँगो पनि छैन। 
सुनकोसी र दुधकोसीमा पुल नभकाले र धेरैपटक गाडी फेर्नुपर्छ। यात्रा थकानपूर्ण र लामो पक्कै हुन्छ। कति बेलामा त यो २३० किमिको यात्रा एकैदिनमा तय नहुन सक्छ। त्यसकारण कतिपय तीर्थयात्री घुर्मीमा एकरात बसेरमात्र हलेसी जान्छन्। 
हलेसी महादेवको वर्णन पुराणहरूमा पाइन्छ। पुराणअनुसार, जब भस्मासुरले महादेवबाट जसको टाउकोमा हात राखे पनि त्यो भस्म हुन्छ भन्ने वरदान पायो तब महादेवकै टाउकोमा हात राख्न खोज्दा महादेव त्यसबाट बच्न ठूलो गुफाबाट भागेर अर्को गुफामा छिरेँ, त्यही ठाउँ नै हलेसी हो। 
महादेवले त्रिशुलले गुफा फोडेर बाहिर निस्केको ठाउँलाई व्यास गुफा भनिन्छ। गएर बसेको गुफामा चाहिँ महादेवको 'शिव लिंग' छ। त्यहाँ मुख्य पूजा हुन्छ। 
त्यस्तै जन्मद्वार, कर्मद्वार, पापद्वार र धर्मद्वारमा छिर्नुपर्ने किंवदन्ती र मोटा मान्छेलाई ती द्वारबाट छिर्न हुने अप्ठ्यारोले यात्रालाई रमाइलो बनाउँछ। सन्तान नहुनेले जन्मद्वारमा गएर सन्तानको वर माग्दा मिल्छ भन्ने जनविश्वास छ। पार्वतीको मूर्ति पूजा नगरी सबै फल प्राप्त हुन्न भन्ने मान्यता रहेकाले सबै भक्तजन गुफाको माथिल्लो भागमा रहेको पार्वतीको पूजा धुमधामले गर्छन्। 
गुफाबीचमा रेहेको शिवलिंग अरू शिवालयमा रहेको लिंगभन्दा फरक छ। वरिपरि फलामे बार लगाइएकाले लिंगलाई छोएर पूजा गर्न भने पाइँदैन।
लामो र पुरानो गुफा भएकाले गुफाभित्र हजारौंका संख्यामा चमेरा देखिन्छन्। तिनको आवाजले वातावरणलाई फरक बनाउँछ।
एकातिर हिन्दुका आराध्यदेव महादेवको यो कथा छ भने अर्कोतिर त्यही गुफा र स्थानसँग बौद्धमार्गीको पनि आफ्नै कथा जोडिएको छ। रिम्पोछे र राक्षससँग जोडिएका धेरै कथाले गर्दा हलेसी दर्शन गर्न नेपाल, भुटान अनि तिब्बतबाट वर्षेनि हजारौं धार्मिक पर्यटक हलेसी आउँछन्। यस्तो संयोग कम मन्दिरमा मात्रै देखिन्छ। दुवै धर्मावलम्बीले उत्तिकै श्रद्धासाथ मान्ने हुँदा हलेसी मन्दिरभन्दा पनि हलेसी गुफाको नामले यो ठाउँ प्रख्यात छ। सँगै रहेको गुम्बामा पनि त्यहाँ पुग्ने हिन्दुले दर्शन गर्न छुटाउँदैनन्।

पहिलो र अन्तिम प्रेमीलाई

तिम्रो र मेरोजस्तैउहिले उहिले माई र तमोरको मायापिरती थ्यो' रे।

पसिनाको नदी

विमानको चक्काले भूमि स्पर्श गर्दा हामी फिलाडेल्पि्कया विमानस्थलमा रहेछौं। त्यहीँबाट अमेरिका प्रवेशको पूर्ण अनुमति प्राप्त गर्नुपर्दा रहेछ।

'प्रकोप–नक्सालाई नटेर्दा अर्मलामा भ्वाङ'

'प्रकोप–नक्सालाई नटेर्दा अर्मलामा भ्वाङ'

प्रकोपको नक्सांकन सन् १९९६ बाट थालनी भएको हो। त्यसअघि पनि खानी विभागले परामर्श त दिन्थ्यो तर सरोकारवालाले भौगर्भिक अवस्था र प्रकोपबारे जानकारी माग गरे मात्र। सन् १९९८ देखि विभागले मुलुकका...

बागलुङमा एक टुक्रा मन

बागलुङमा एक टुक्रा मन

साहित्यमा बागलुङले यस अर्थमा पनि महत्व राख्छ, जहाँको माटोमा आदिकवि भानुभक्त आचार्यले शिक्षा ग्रहण गरेका छन्। ढिकीचौरस्थित पण्डित बद्रीप्रसाद पन्तको आश्रममा बसेर उनले शिक्षा लिएको प्रमाण बागलुङका पुराना साहित्यकार प्राज्ञ...

सर, क्षमा पाऊँ

फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै 'बस'को इसारा गर्छ। ओठ खोल्दैन।...

संगीत शताब्दी

संगीत शताब्दी

जुद्धशमशेर राणाको पालासम्म नेपाली गीतको खासै लहर थिएन। दरबारका ठूलाबडाकहाँ जम्ने सांगीतिक 'मेहफिल'मा उर्दु र हिन्दी गीत नै धेरै बज्थे। त्यस्तै एक मेहफिलमा बालकृष्ण समको नाटक 'प्रह्लाद' देखाउँदा नेपाली गीत...

महाभूकम्पपछि...

महाभूकम्पपछि...

नब्बे सालको भूकम्पजस्तै राजधानी सहरको करिब २५ किलोमिटरमा केन्द्रविन्दु बनाएर महाभूकम्प गयो। चारैतिर धुवाँ र धुलोको मुस्लो उठ्यो, गल्ली–गल्लीमा एकाएक रुवाबासी चल्यो। घरले थिचिएर मद्दत मागिरहेका सामु आफन्तहरूले बढाउँदै गरेको...

आवरण कथा : संवेदनाको दलाली

आवरण कथा : संवेदनाको दलाली

काठमाडौं– सञ्जित गिरी झन्डै तीन वर्षअघि नराम्ररी थला परे। घाँटीमा हाँडेजस्तो डल्लो आएर जँचाउन गएका थिए उनी। डाक्टरले सम्पूर्ण जाँचपछि रिपोर्ट दिए– एक्युट लिम्फोब्लास्टिक ल्युकिमिया (एएलएल)। अर्थात्, रक्तक्यान्सर। वीरगन्ज घर भई कुलेश्वर बस्ने...