Wednesday 7 Shrawn, 2071 |
Menu

नागरिक शनिबार

गल्फर उद्योगपति

  • ८ असार, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(1 Vote)
गल्फर उद्योगपति कर्पोरेट लाइफ स्टाइल : प्रदीपकुमार श्रेष्ठ
व्यावसायिक क्षेत्रमा कमाएको नामबाट प्रदीपकुमार श्रेष्ठ जति खुसी छन्, व्यापारको जालोमा फस्दै गएपछि प्रिय खेल फुटबलबाट बाहिरिनु परेको सम्झँदा अहिले पनि दुःखी हुन्छन्। 



फुटबल खेलाडीका रूपमा स्थापित हुन उनले पढाइसँग सम्झौता गरेपरीक्षासँग सम्झौता गरे। केले आकर्षित गर्‍यो थाहा छैनतर बाल्यकालदेखि नै उनी 'फुटबल क्रेजीथिए। जन्मथलो इलामको फिक्कल बजारमा प्राथमिक शिक्षापछि जब उनी दार्जिलिङको नर्थ प्वाइन्ट स्कुल भर्ना भए, 'फुटबल फिभरझन् बढ्यो। उनी स्कुलको क्याप्टेन भए। 'सायद फुटबलमा त्यसरी प्रगति गर्ने म पहिलो नेपाली विद्यार्थी थिएँ,' पुल्चोकको पञ्चकन्या भवनमा गफिँदा उनले आफूलाई 'स्पोर्टीस्थापित गर्न निकै कोसिस गरे। 

'परीक्षा सकाउनेबित्तिकै मैदान जानेमैदानबाट सिधै परीक्षा हलमा आउने त कति भयो कति! मेरो परीक्षामा स्कुलले खेल सारेको उदाहरण पनि धरै छन्,' कलेज पढ्दाको फुटबल लतले उनलाई कति समातेको थियो भने जाडो विदामा घर (झापाको शनिश्चरे) आउँदा पनि क्लब खोलेर फुटबल खेल्न भ्याउँथे। 

...

दार्जिलिङमा बिकम गरेर काठमाडौं आएपछि पनि उनी खेलबाट न अलग्गिन सकेन जम्न नै। 'फुटबल निश्चित उमेरभित्रै स्थापित भइसक्नुपर्ने खेल होढिलो काठमाडौं छिर्नाले यसमा मैले प्रगति गर्न सकिनँ,' उनलाई अहिले पनि थकथक लाग्छ। त्यसो त पूर्वमा कहलिएका व्यापारी (प्रेमबहादुर श्रेष्ठ)का छोरालाई राजधानी आउन केले छेक्यो त

त्यतिखेर (२०३२ साल) काठमाडौंको अमृत क्याम्पस पढ्ने धोको बोकेर आएका थिएउनी। तरएसएलसीको ६२ प्रतिशतले भर्ना प्रक्रियामा तगारो हाल्यो। 'खैनम्बर मात्र हो कि सोर्सफोर्स नपुगेको होअस्कलमा नाम निस्किएन। त्यसैले दार्जिलिङ पढ्न जानुपर्‍यो,' उनी त्यहाँको फुटबलमा अब्बल त साबित भए। तरकाठमाडौंमा जस्तो व्यवसायिक माहोल पाएनन्। 

मास्टर्स गर्न उनी काठमाडौं आए। त्रिभुवन विश्वविद्यालयमा पढाइजावलाखेल क्लबमा फुटबल। काठमाडौंमा फुटबल खेल्ने अधुरो चाहना पूरा गर्न त खोजेदत्तचित्त भएर लाग्न भने पाएनन्। पढाइ र बाबुको व्यापार बढ्दै जाँदा फुटबलको ज्वरो घट्दै गयो। 'अफिसमा पियनदेखि एकाउन्टेनसम्मको काम आफैंले भ्याउनुपर्ने भयोअंग्रेजी जान्ने भएकाले टाइपिस्ट पनि आफैं,' विस्तारै उनको दैनिकी बदलियो, '५ बजे उठ्योचिसो पानीमा नुहाएर फ्रेन्च भाषा सिक्न गयो१ बजे विश्वविद्यालयमःम खान मासाङ गल्लीराति १० बजेसम्म अफिसको काम सघाउनुपर्ने।बौद्ध र मासाङ गल्लीमा मःम  खान जाने उनका साथीमा थिए किशोर महर्जनमिनेन्द्र रिजालकिशोरचा आदि। 

...

'अब बिहे गर्नुपर्छ,' घरका सबैले प्रदीपलाई करकर गर्न थाले। दाइले बिहे गरिसकेका थिएपढाइ सकिन लागेको थियो। त्यसैले उनीसँग 'गर्दिनभन्ने कारण रहेन। खेलसँग प्रेम थियो। पे्रमिका खोज्ने समय नै पाएका थिएनन्। सिधै मागी विवाह भयो। 'बुवाको साथीले कुरा ल्याउनुभयो। फोटो हेरें राम्रो लाग्योभेट्यौं मनपर्‍यो,' काठमाडौंमा कहलिएका व्यापारी गणेशभक्त श्रेष्ठकी माइली छोरी उषाकिरणसँग उनको विवाह भयो। हुनेवाला श्रीमती कानुनमा स्नातक गर्दै छिन् भन्ने सुन्दा सुरुमा उनलाई डर पनि लागेको थियो। 'कानुन पढ्नेहरू कडा हुन्छन् भन्ने सुनेको थिएँउषा त निकै नम्र रहिछिन्,' बिहे गरेपछि उनले थाहा पाए।  

विवाहपछि प्रदीप झन् व्यस्त भए। उद्योग र व्यापारका नयाँनयाँ योजनाले उनलाई छोप्दै लग्यो। झापाको 'पञ्चकन्या राइस मिल'को जगमा सुरु भएको उद्योगले ठूलो फड्को मारिसकेको थियो। पञ्चकन्या काष्ठ उद्योग फलामे छड र डण्डी उद्योगमा परिवर्तन भयो। 'अवस्था सुहाउँदो उद्योग'को परिकल्पनामा प्रदीप व्यस्त हुँदै गए। 

...

अखबारचिया वा टेलिभिजनको हेडलाइनससँग सुरु हुँदैन उनको दैनिकी। खेलकुद अहिले पनि उनको अभिन्न छमात्र खेल फेरिएको छ। फुटबलको सट्टा गल्फमा रत्तिएका छन्। ६ बजे नै कोर्स पुग्छन्। बिहानको ताजा हावा र हरियो कोर्समा दुई घन्टा बिताएपछि मात्र देशदुनियाँतिर ध्यान दिन्छन्। दुई घन्टाको खेलबाट दिनभरिलाई पुग्ने ऊर्जा मिल्ने ठान्छन्।

उनी काठमाडौंका गोकर्ण गल्फ क्लबरोयल नेपाल गल्फ क्लब र त्रिभुवन आर्मी अफिसर्स क्लबका सदस्य हुन्। 

'फुटबल मोह गल्फतिर कसरी सर्‍यो?'

'फुटबल उमेरमा खेलिन्छगल्फमा यस्तो कुनै परिधि छैन। नमरुन्जेल खेल्न सकिन्छ,' उनी भन्छन्। गल्फलाई 'एलिट गेमभनेको उनलाई उति मन पर्दैन। 'गल्फलाई महँगो खेल ठान्ने धेरै छन्तर यो कति लाखको गाडी चढ्ने भने जस्तै हो। गल्फलाई आफ्नो हैसियतमा झारेर खेल्न सकिन्छ,' प्रदीप अर्थ्याउँछन्। यति एयरका आङछिरिङ शेर्पाफोटो पत्रकार गोपाल चित्रकाररविन्द्रमान श्रेष्ठटेण्डी शेर्पालगायतको समूहसँग प्रदीपको गल्फ जम्छ। खेलमा प्रतिस्पर्धाको भावना प्रचुर हुन्छ भन्छन्। बेलाबेलामा बाजी पनि थाप्छन्खेललाई अलि गम्भीर बनाउन। तरजसले जित्छ उसैले ख्वाएर सकाउने त्यहाँको चलन छ। 

गल्फ खेल्न उनी विदेशका विभिन्न मुलुक पुगेका छन्। तरत्यसलाई खेलभन्दा बढी घुमिफिरको रूपमा सदुपयोग गरेका छन्। खेल्न गएको मौकामा गन्तव्यबाट नजिकका नयाँ देश पुग्न र परिवार लैजान उनी भुल्दैनन्। 'वर्षमा १२ दिन छुट्टी मिलाउँछुस्वदेश/विदेशको यात्रा गरिन्छ,' भारतका तिर्थस्थल रामेश्वरम्तिरुपति बालाजीकलकत्ताको काली मन्दिरपुरीलगायतका क्षेत्रले उनलाई आकर्षित गरेको छ।

उनी आफ्नो र परिवारको जन्मदिनको विशेष ख्याल राख्छन्। 'तरपाँचतारे होटलमा भोज गरेर मनाउने चलन छैन,' जन्मदिन मनाउने शैली सुनाउँछन्, 'बिहान मन्दिर त्यसपछि असहाय बालबालिकालाई खाना खुवाउन भैंसेपाटी जान्छौं। उनीहरूसँगै खान्छौं। १० वर्ष भयो यसरी मनाउन थालेकोउनीहरूलाई पनि हाम्रो परिवारको जन्मदिन याद हुन थालिसक्यो।'

प्रदीप हरेक आइतबार आफ्ना बाबुआमालाई भेट्न जान्छन्। शुक्रबार सामाजिक कार्यमा संलग्न हुने दिन। शनिबार परिवार र गल्फलाई ज्यादा। अरू दिन अफिसको कामबाट फुत्किन पाउँदैनन्। 

....

बजारमा नाम छ। मानिसले सजिलै चिन्छन्। प्रदीप ठान्छन् सायद सफल हुने भनेको यही होला। 'कसरी यत्तिको भइयो?' भन्नेलाई उनी एउटै कारण बताउँछन्– आत्मविश्वास। 'म ठान्छुअरूले गर्न सकेको काम म पनि सक्छु। घर र अफिसमा मेरो नेतृत्व चल्छअरूको पछि लाग्ने स्वभाव छैन,' उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठ भन्छन्। 

विदेशका प्रगति देख्दा 'नेपालमा यसलाई यसरी विकास गर्न सकिन्छभन्दै उनले अरूको सोचलाई आफ्नो माटो सुहाउँदो बनाएका छन्। उनको 'इन्टरप्राइजिङ आइडियाआफ्नो समुदायमा लोकप्रिय बन्छ। 

संगीत उनको रुचि हो तर सुन्न र गुनगुनाउन मात्र। नारायणगोपालका फ्यान। पछिल्लो २० वर्षमा नेपाली संगीतले गरेको उन्नति उनलाई उम्दा लाग्छ। उनी ठान्छन्– संगीतमा सौख छसाथ छैन। 'संगीतको रुचि पूरा गर्न भर्खरै घरमा एउटा समान ल्याएको छुनामचाहिँ खुलाउँदिन,' उनी त्यसले आफूलाई संगीतमा साथ दिनेमा ढुक्क छन्। 

उपन्यास पढ्नुलाई समयको बर्बादी ठान्ने उनी साहित्यमा उत्ति रुचि राख्दैनन्, 'फिक्सन पढ्न समय र स्वभाव छैन।वर्षमा परिवार र साथीहरूसँग एकदिन तास खेल्छन्। मौका मिलाएर निकै जम्ने उनको सर्कल थियोधेरै नातिनातिनी खेलाउन व्यस्त हुँदा संगत टुट्दै गएको छ। १५ वर्षदेखि 'गल्फ ग्यादरिङनै नजिकको समुदाय बनेको छ। 

....

उद्योगी/व्यापारीलाई धनी ठानिन्छ। 'होमलाई पनि मनिसहरू खुब धनी ठान्छन्तर यो आंशिक सत्य हो। धन हुनेलाई मात्र धनी भन्ने हो भने यहाँका धेरै व्यापारी गरिब छन्,' उनी धनी र ऋणीको परिभाषा बुझाउँछन्, '४० वर्षअघि मेरो थाप्लोमा एक पैसा पनि ऋण थिएन। काम बढाउँदा बैंकसँग ऋण लिनुपर्छआफ्नो पुँजीले मात्र सकिँदैन। त्यसैले ऋण पनि छ। अब म धनी कि ऋणी?'

उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका उनी उद्योगी/व्यवसायीको आन्दोलनमा अग्रपंक्तिमा देखिन्छन्। 'मेरो धन भनेको त्यही नाम हो। विद्याजस्तै त्यो पनि कसैले चोर्न सक्दैनभौतिक धनको त के ठेगान!व्यापारीले धनको अर्थ यसरी लगाए।
पत्तै नपाई पैसा गायब

पत्तै नपाई पैसा गायब

पहिले पैसा लुट्न भौतिक आक्रमण गर्नुपर्थ्यो, अहिले कोठामै बसेर अपराधीले संसारभरको पैसा लुट्न सक्छ। पहिले एकजनाले अपराध गर्दा पीडित हुने एक–दुईजना मात्रै हुन्थे। अहिले हजारौं पीडित हुन्छन्। अपराध गर्नलाई ठूलो...

बाह्रसिंगा पछ्याउँदै

बाह्रसिंगा पछ्याउँदै

जीपमा बसेर बाह्रसिंगा हेर्न शुक्लाफाँटा पुग्दा मन सशंकित थियो। खर झाँगिएका बेला बाह्रसिंगा देख्न नपाइने हो कि भनेर। किनकि ०६६ मंसिरमा पहिलोपटक आउँदा देख्न पाइएको थिएन। घारीभित्र लुकेका थिए। ०७०...

लगातार तीनपटक सभापति

लगातार तीनपटक सभापति

सक्रिय राजनीति गर्ने उनले कहिल्यै सोचेकी थिइनन्। तर, वियोगको संयोगले उनलाई नेपाली कांग्रेसको जिल्ला सभापति बनाइदियो। उनी हुन्– नेपाली कांग्रेसकी पहिलो महिला सभापति सीतादेवी यादव (५८)।

डेढ लाखको बोका : छटपटाइरहेको खसी

हजुरबाले पूजा गरेको, टोलमा पिङ खेलेको र ट्रेलिन्जको कमिज लगाएर मनाएका दसैं मह जोडीका यादगार दसैं हुन्। बच्चा बेलाको दसैं कति रमाइलो! घरघरमा पूजा–आराधना। खुलेको आकाश र घमाइलो मौसम।

बुवाविनाको जीवन

अभिभावक गुमाउनुको पीडा सायद अरू कुनै पीडासँग दाँज्न सकिँदैन। तीन महिनाअघि मैले बुवा गुमाएँ। त्यो अकस्मात् र अनपेक्षित क्षति मेरा लागि असह्य थियो। हुन्।)

स्वर्गको एक टुक्रा मनाङ

हिमालको काखमा छ सानो मेरो गाउँपर्वतकी छोरी हुँम पार्वती हो नाउँ,शिरमा गंगापूर्ण, अन्नपूर्ण र तिलिचो पिक। चट्टानका पहराबीचमा कलकल बगेकी मर्स्याङदी नदी। बीचमा झुरुप्प गाउँ। नजिकै स्तूपा। मनाङ पुग्दा साँझ...

आखिर बाँचिदो रहेछ !

आखिर बाँचिदो रहेछ !

बिरिङ खोला त्यतिसाह्रो गड्गडाएको उनले कहिल्यै सुनेकी थिइनन्। २०३५ साउन २ गते सोमबार । दुई जिउकी शिवमाया घरधन्दामा व्यस्त थिइन् । श्रीमान् गोरु बेच्न बुधबारे बजार गएका थिए।

अनशनको बटमलाइन

अनशनको बटमलाइन

काठमाडौं– सात दिनदेखि सातसूत्रीय माग राखेर अस्पतालमै आमरण अनशन बसिरहेका शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उठाएका मागमध्ये सुरुमा सबैभन्दा कम समर्थन पाएको मुद्दा थियो– डा. प्रकाश सायमीको पुनर्बहाली।...