Friday 12 Mangshir, 2071 |
Menu

नागरिक शनिबार

विदेशमा मैंचा र बौंचा

  • २५ जेष्ठ, २०७०
  • ज्ञान न्यौपाने
  • DISQUS_COMMENTS
(1 Vote)
विदेशमा मैंचा र बौंचा
मैंचा व बौंचा। अर्थात्, केटा र केटी। 
नेवारी चाडपर्वमा केटाकेटीले लगाउने पहिरनलाई टिसर्टमा उतारेर विदेशसम्म पुर्‍याएका छन्, असनका बुकेश महर्जनले।
वेव र ग्राफिक्स डिजाइनिङका सौखिन २२ वर्षे बुकेशले साढे दुई वर्षदेखि सामाजिक सञ्जालमा नेवारी संस्कृति झल्कने पहिरनको स्केच राखेपछि साथीले टिसर्ट बनाउन सल्लाह दिएका थिए।


उनीसँग सारीटीकापरम्परागत गहनाझुम्काऔंठीकल्ली (खुट्टामा लगाउने बाला) र बाजु (हातमा लगाउने बाला) का स्केच छन्। भादगाउँले टोपीटीकादौरा सुरुवालइस्टकोट र पटुकालाई पनि स्केचमै उतारेका छन्। 

दुई महिनाअघि सार्वजनिक गरिएका टिसर्ट विदेशमा रहेका उनका आफन्तमार्फत् अस्ट्रेलियाअमेरिकाबेलायत र अस्ट्रियासम्म पुगेका छन्। 'यति छिट्टै प्रचार होला भन्ने पत्यार लागेकै थिएन,' बुकेश भन्छन्, 'टिसर्टमार्फत भए पनि कलासंस्कृति चिनाउन पाएको छु।'

अहिलेसम्म एक हजार टिसर्ट बिकेको उनको दाबी छ। 'मैंचा व बौंचानामबाट खोलिएको फेसबुक पेजमा लाइक गर्नेको संख्या दुई हजार पुगेको छ। मैंचावबौंचा डट कममा टिसर्ट वा डिजाइन हेर्न सकिन्छ।

'फेसबुकमा पहिलोपटक स्केच पोस्ट गर्दा राम्रै कमेन्ट आएका थिए,' उनी भन्छन्, 'यसले संस्कृति पहिचानमा सघाउ पुर्‍याउनेछ।'

नेवार जातिमा महिनैपिच्छे चाड वा जात्रा भइरहन्छन्। उपत्यकाका तीन शहर काठमाडौंभक्तपुर र ललितपुरका गल्लीमा यस्ता जात्रा लिच्वीकालदेखि मनाउने गरिएको छ। 

बुकेशका टिसर्टमा इन्द्रजात्राबिस्केटहोलीचैते दसैंसेतो मच्छिन्द्रनाथरातो मच्छिन्द्रनाथजस्ता दर्जनांै पर्वमा लगाइने केटा र केटीको लुगाका चिह्न छन्। 'चाडपर्वमा लगाइने संस्कृति बोकेका अनेक कपडा हेर्दै रमाइलो लाग्थ्यो,' बुकेशले भने, 'हामी साना हँुदा देखिने कतिपय कपडा आजभोलि नदेख्दा लोप भएका हुन् कि भन्ने चिन्ता लाग्छ।'

काठमाडौंका रैथाने मानिने नेवारी ज्यापु समुदायको पहिरन जात्रा विशेषमा मात्रै देखिन्छ। 'आधुनिकीकरणले ज्यापुको संस्कृति र पहिरनमा फेरबदल ल्याउँदै छ,' संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, 'जात्रा वा चाड विशेषमा ती पुराना चिह्न अंकित लुगा लगाएरै संस्कृति धान्दै छन्।'

जोशीका अनुसार जात्राको सुरुवातसँगै यस्ता पहिरन लगाउन थालिएको हो। पुराना चित्रकलामूर्तिकलाबाट पनि यसको पहिचान प्रस्ट हुन्छ। 'जात्राका आफ्नै विशेषता छन्यी कहिलेदेखि आएभन्न गाह्रो छ,' जोशीले भने।

समय फेरिए पनि जात्राको महŒव भने उत्तिकै छ।  गुन्हुपुन्ही (गाइजात्राको ९ दिन)मोहनी (दसैं)स्वन्ती वा न्हुदँ (तिहार)माघे संक्रान्तीश्रीपञ्चमीसिलाचह्रे (शिवरात्रि)चैते दसैंपाँहाचह्रे (घोडेजात्रा)भोटोजात्राबुद्धजयन्तीजस्ता जात्रा र पर्वका कारण उपत्यकालाई जात्राको शहर भन्न रुचाउँछन् संस्कृतिविद् जोशी।

स्थानीय चलनअनुसार टोलटोलमा अलगअलग जात्रा मनाइन्छ। पाटन (ललितपुर जिल्लाको पुरानो नाम) मा मच्छिन्द्रनाथ जात्राकाठमाडौंमा सेतो मच्छिन्द्रनाथकीर्तिपुरमा सातगाउँले जात्राहाँडीगाउँजात्राखोकनामा सिखली जात्राफर्पिङ जात्रा यसका उदाहरण हुन्।

नेवारी संस्कृति झल्किने टिसर्टका परिकल्पनाकार बुकेश अन्य जातजातिको पर्वमा आधारित स्केचलाई समेत टिसर्टमा उतार्ने योजनामा छन्। 

राजनीतिक दुदर्शाको चित्र

‘सरकारी मार्क्सवादी'हरूका पाखण्डलाई खिल्ली उडाउँदै बेलाबेला वैचारिक विमर्शमा उभिने आख्यानकार नारायण ढकाल नेपाली आख्यान–लेखनको प्रगतिशील वृत्तमा स्थापित एक विरासत हुन्।

जगन्नाथ माड्साबको पर्खाल

जगन्नाथ माड्साबको पर्खाल

कात्तिक पहिलो साताको एक बिहान। बाक्लो कुहिरोले गाउँ छोपिएको थियो। चिसो शीतका थोपा सन्तिनीको भट्टीपसलको जस्ताको छानाबाट तपतप झरिरहेको थियो। सूर्य अझै देखिएको थिएन। कान्छो नेपालीले एक गिलास रक्सी निलिसकेको...

चौबिस वर्षपछि माइत

'एकपल्ट माइत सारो जान मन छ,' उनको रहर सुनेर म अचम्ममा परेँ। उनले माइत नदेखेको दुई दशक भन्दा बढी भइसकेछ।माइत भारतको ग्यान्टोक (गान्तोक)हो भन्ने थाहा थियो। तर यहीँ पर्छ भन्ने...

'युग' धानेका दम्पती

गौरीघाटस्थित घरमा ९४ वर्षीय गोविन्दकुमार रिमाल भुइँखाटमा बसिरहेका छन्। दोलाइँमा गुटमुटिएर बसेका। दसैंको फूलपातीका दिन बाथरुममा लडेर उनको दाहिने हात भाँचिएको छ। बाथरुममा उनी कसरी लडे? उनैलाई पत्तो छैन। घटनाबारे...

बीपीका भुइँमान्छे

बीपी कोइरालाको मृत्युको खबर आगोझैं सल्केको थियो सहरमा। चारै दिशाबाट मान्छेको समुद्र उनको निवास जयवागीश्वरीतिर सलहसरी अघि बढिरहेथ्यो।

२०१३ का चर्चित

२०१३ का चर्चित

२०१३ हामीबाट बिदा भइसकेको छ। नयाँ वर्षको सुरुवात भइसक्यो। २०१३ मा निकै फिल्म आए। तिमीले फुर्सदमा फिल्म हेर्‍यौं हौला पनि। तिमीलाई २०१३ मा मनपरेका कुनै फिल्म छन् कि? पुरानो वर्षलाई...

एकालाप

एकालाप

ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त...

दुर्व्यसनले जन्माउँछ अपराध

दुर्व्यसनले जन्माउँछ अपराध

घटना १-आफूलाई मन परेको देशको जर्सी र मोबाइल किन्न चितवन भरतपुर–७ का १७ वर्षीय टेकबहादुर सुयलले साउन पहिलो साता स्थानीय तीन बालकलाई अपहरण गरी बन्धक बनाए। उनी अहिले प्रहरी हिरासतमा...