Friday 16 Shrawn, 2071 |
Menu

नागरिक शनिबार

संसारकै गुँड 'तिब्बत’

  • २५ जेष्ठ, २०७०
  • सुबोध गौतम
  • DISQUS_COMMENTS
(1 Vote)
संसारकै गुँड 'तिब्बत’
छेन्दु ट्रान्जिट भएर बेइजिङ पुग्नु थियो। विमानले काठमाडौं छोडेपछि त्यसको डिस्प्ले मोनिटरमा पुग्ने ठाँउ ल्हासा पो देखाउन थाल्यो। सहयात्री मोहनप्रसाद गुरागाईले भने, ‘टिकटमै उल्लेख नभएको ट्रान्जिटतर्फ पो विमान जाँदैछ।

 
दुवै अक्क न बक्क । लाग्यो, ‘ठीकै छ वेइजिङ पुगेर आउने ठाँउ पनि ल्हासै हो। अरु पत्रकार साथी भन्दा पहिले हामी ल्हासा पुग्ने भयौं।

एयर चाइना ल्हासा नजिक पुग्दै थियो। पुग्नु अघिका तस्बिर क्यामेरामा कैद हुँदैथिए। त्यतिबेलाका दृश्य र तस्बिरमा फेरी अर्को कमेन्ट सुरु भयो। मोहनले भने, ‘माथिबाट हेर्दा बडो रमाइलो देखिँदो रहेछ तिब्बत।अधिकाँस भागमा नांगा पहाड मात्र। तिनलाई सजाउने एउटा तत्व थियोहिउँ। चुचुरा सबै हिउँले छोपिएका। निकै सुन्दर। 

हाम्रो भ्रमणको प्रमुख गन्तव्य तिब्बत थियो। तिब्बतमा ओर्लिएपछि के हेर्ने भन्ने चिन्ता दुबैमा सुरु भयो। जतिबेला विमान ल्हासा नजिकै पुग्दै थियोत्यतिबेलाका दृश्यले खासै तान्न सकेनन्। छिटपुट ससाना बस्ती मात्र देखिन्थे। उजाड पहाड मात्र देखिन्थ्यो। 

विमानका कर्मचारीले ल्हासा ल्याण्ड गर्न लागेको जनाउ दिए। विमानस्थल बाहेक वरपर केही देखिँदैन। फेरी जिज्ञासा सुरु भो, ‘यो त हाम्रो तिब्बतको ट्रान्जिट फ्लाइट होपछि आएर यस्तो ठाउँमा कहाँ घुम्ने होला?' 

विमानका पाङग्राले रनवे छोएपछि अर्को दृश्य देखियो। त्यो के भने हरियाली'। विमानमा तिब्बत छिरेदेखि नै यस्तो दृश्य देख्न पाइएको थिएन। मोहनले प्रतिक्रिया जनाए, ‘सुबोध जीयी रुख त दुई वर्ष भन्दा जेठा छैनन।हुन पनि ती कलिला थिए। पक्कै पनि वृक्षारोपण गरेर हुर्काइँदै थिए।    

ल्हासा विमानस्थलबाट चीनको  स्वशासित क्षेत्र तिब्बत प्रवेश गरियो। भिसामा इन्ट्रि स्ट्याम्प लगाइयो। रआर्थिक रुपले चीनको तेस्रो सहरलाई अर्को ट्रान्जिट पार्न त्यसतर्फ उडियो। काठमाडौल्हासाको करिब सवा घण्टा उडानपछि ल्हासाचेन्दुको दुई घण्टे उडान सुरु भयो। फरक दृश्य र बिषयमा खासै वहस भएनछेन्दु ओर्लिएर बेइजिङका लागि दुई नम्बर टर्मिनलतर्फ लागियो। 

स्थानिय समय साँझको आठ बजिसकेको थियो। अढाई घण्टा फेरी उड्नु थियो। साढे दश बजे विश्वकै सबैभन्दा ठूलो र धेरै आर्थिक कारोबार हुने सहर बेइजिङको विमानस्थलमा अवतरण गर्‍यौं। राती सवा ११ बजे बेइजिङ होटल लागियोदुई जेहेन्दार युवाका साथ। तीमध्येका एकले मलाई विमानस्थल बाहिर सोधे, ‘म कोसँग कुरा गर्दैछु?' परिचय दियौं। 

दशबाह्रचौध लेनका सडकफलाई ओभरगगनचुम्बी भवनसडक किनारको हरियालीरातको झिलिमिली बत्ती झ्वाट्ट देखिएका दृश्य यिनै हुन्। यहाँनिर एउटा डर थियो, ‘गाडीको स्टेरिङ बायाँथियो। रचालकले सडक बायाँबाटै गाडी गुडाइरहेका थिए।’ दायाँको बानी परेका हामीलाई बायाँ गाडी कतै ठोक्किने त होइन भन्ने लाग्दो रहेछ। बायाँढोकाबाट गाडीभित्र छिर्ने बानी लागेको यात्राभर दायाँबाट चढनु पर्दा धेरै पटक झुक्कियो पनि। 

पत्रकारै भए पनि कुनै ठाँउ सोध्न मन लागेन। किनकी त्यसले धेरै समय खान्थ्यो। पहिले चिनियाँअनि अंग्रजी र नेपालीमा अनुवाद गर्दा। रात छिप्पिसकेको थियो। सुत्नु अघि ती युवाले हामीलाई तीन चार प्याकेट औषधी थमाइ हाले। यात्राका स्थानिय सहयोगी लाइमिङले भने, ‘तपाईहरु पर्सी तिब्बत घुम्न जाँदै हुनुहुन्छत्यो उच्च भूभाग हो। स्वास्थ्यमा समस्या नओओस् भनेर औषधि दिएको।

तीनतीन वटा क्याप्सूल दिनमा चारदेखि पाँच पटकसम्म खानुपर्ने! हाम्रो सातो गयो। होइन त्यो तिब्बत कति उचाईमा छयत्रो औषधि खानुपर्ने। कतै माथिनै गइने त होइन भन्नेसम्मको चिन्ता भो। हामी पनि पहाडी र उच्च भूभागमा बसेका मान्छे हौं यतिधेरै औषधि खाइँदैन। कतै साइड इफेक्ट भयो भने! त्यो रात खाएनौं। स्वदेशका उच्च भूभाग पदयात्रा गर्दा लसुनप्याज र अदुवा जस्ता जडिबुटी झोलामा हालेर हिँडेको अनुभव थियो। तर प्लाटेउ सेफ्टी जस्ता क्याप्सूल र अन्य झोल खाएको अनुभव त थिएन। 

विहान खाजासँगै भारतबाट हाम्रै कार्यक्रममा सहभागी हुन आएका तीन पत्रकारसँग परिचय भो। एक जनाले सोधे, 'तपाईहरुले त्यो औषधि लिनुभोलिनुस है नत्र गाह्रो हुनसक्छ।’ मोराहरुले पनि तर्साइदिए। झोलाबाट औषधि निकालेर निल्यौं। तिब्बत उडनु एक दिन अघिको विहानबाट औषधि सेवन सुरु भयो। 

अर्को बिहान पाँच बजे उठाईसँगै औषधि सेवन गर्दै बेइजिङ विमानस्थल लागियो। ल्हासाका लागि 'इाइरेक्ट फ्लाइट’ रहेछ। बोर्डिङ पास लिएर छिरेपछि ज्याकिचैनका विभिन्न मुद्राका फोटा झुण्डाइएको कफी सपमा खाजा खाइयो। 

विमानमा ल्हासा पुग्न सवा चार घण्टा उडियो। तर यो ट्रान्जिट फ्लाइट थिएन। ल्हासा ओर्लिएर चार दिन तिब्बतमै बिताउनु थियो। मध्यान्हतिर विमानस्थल ओर्लियौं। बाहिर स्थानिय टुकडीले खादा ओढाएर स्वागत गर्‍र्यो। 

अब कहाँ लैजान्छन भन्ने खुल्दुली थियो। गाडीमा बस्ने बित्तिकै ल्हासाका सहयोगीले पँहेलो कागज लपेटेको सिसीको औषधि देखाउँदै भने, 'लौ यो लिनुस् स्वास्थ्यका  लागि।’ 

हामीले भन्यौ, 'क्याप्सुल खाएर नुहुनेफेरी झोल खानुपर्ने?’ झोल खाँदैनौ बरु क्याप्सूल मात्रा बढाउँछौं भन्दै एक पटकमा तीन वटा क्याप्सूल खाँदै आएकोमा त्यहि गाडीबाट चार वटा खान थाल्यौं। 

तिब्बतको राजधानी ल्हासाको उचाई ३ हजार ७ सय मिटर छ। उच्च भेगमा भएकाले लेक लाग्ला भनेर औषधि खुवाइएको थियो। 

गाडी विमानस्थलबाट उत्तरपूर्व ल्हासातर्फ गइरहेको थियो। हाम्रो ध्यान ट्रान्जिट फ्लाइटको विमानबाट देखिएको भन्दा फरक के देख्न सकिन्छ भन्नेमा थियो। ल्हासा ५० किलोमिटर टाढा रहेछ विमानस्थलबाट। तिब्बतको विकास झल्को विमानस्थलबाटै सुरु भो। दुई लेनको चिल्लो सडक। पछि त्यो सडकसँगै अर्को दुई लेनको सडक पनि सुरु भो। यी सडकलाई केही स्थानमा करिब एक किलोमिटर दुरिसम्म सुरुङमा छिराइएको छ। सुरुङबाट फुत्त बाहिर निस्किदै ल्हासा पुगियो। ५० किलोमिटर दुरी पार गर्न एक घण्टा लाग्यो। सिधै प्राइभेट डाइनिङ रुममा छिरियो। बेइजिङको डाइनिङमा खोजेजस्तो परिकार खान नपाएका हामीलाई ल्हासा पुगेपछि केही राहत भयो। 

'हेर्दा सबै मिठो होला जस्तो देखिन्छ खाँदा मसलानुनअमिलो र पिरो केही हुन्नचार सय परिकार भए पनि के भो र?', मोहन डाइनिङमा छिरेपछि पटकपटक यहि  भन्थे। ल्हासा र नेपालको परिकार मिल्दाजुल्दा रहेछन। खाने भन्दा पनि देखाउने चलन रहेछ। परिकारलाई प्रतिष्ठासँग जोडिँदो रहेछ।  

ल्हासामा पहिलो साँझ मोहनले भने, 'हेर्नुस त मेरो त नाकबाट हल्का रगत आयो।' 'क्याप्सूल नियमित सेवन गर्दा त्यस्तो भयो र', मैले सोधें। नभन्दै अर्को साँझ आफैंलाई त्यही समस्या देखियो। दुई दिनपछि आफै कम भयो। क्याप्सूल खान छाड्ने त कुरै भएन।  

ल्हासा वरपर उजाड पहाड। टुप्पोहरुमा हल्का हिउँ। चिसो हावा। दिउँसो तापक्रम २० देखि २३ डिग्री सेल्सियससम्म।  

बजार र विकास त्यत्तिकै फैलिंदैछ। पुरानो ल्हासा की नयाँभन्ने बेला भइसकेको रहेछ। गगनुचुम्बी भवन धमाधम बनिरहेका। औद्योगिक विकास र विस्तार त्यत्तिकै देखिन्थ्यो। नयाँनयाँउद्योगप्राज्ञिक संघसंस्था स्थापना पनि द्रुत गतिमा।   

ऐतिहासिक घटनाक्रम तथा तिब्बति संस्कृतिले पनि ल्हासालाई सुन्दर बनाएको छ। पोताला दरबारतिब्बत संग्रहालयजोखाङ मन्दिरलगायत ऐतिहासिकस्थल भ्रमण ल्हासा पुग्नुका प्रमुख ध्यये हुन्। 'ल्हासा ल्हासै रहेछ। यी सबै कहाँदेखिन्थ्यो र   ट्रान्जिट विमानबाट',  मोहन भन्दै थिए। 

ल्हासाबाट नेपाल सीमा नजिक पर्ने तिब्बतको दोस्रो ठूलो सिगात्छे सहरको यात्रानै तिब्बत नियाल्ने एउटा राम्रो अवसर बन्यो। ल्हासाबाट तीनवटा राजमार्ग सिगात्छे पुर्‍याइएको छ। दक्षिणमध्य र उत्तरी भेगबाट। जाँदा ३ सय ८० किलोमिटर दक्षिण राजमार्ग हँुदै सिगात्छे लागियो। रफर्किदा दूई सय ८० किलोमिटरको मध्य राजमार्गबाट फर्कियो। यो यात्रा नै तिब्बत बुझने महत्वपूर्ण क्षण बन्यो। बीचमा लोभलाग्दारोचक प्राकृतिक र मानव निर्मित दृश्य देखिए।  

दक्षिणका हिमालको फेद हुँदै राजमार्ग लगिएको छ। गाडी भित्र बस्दा हिमाल देखेर लोभिनुपर्ने अवस्था आउँछ। राजमार्गका कतिपय ठाउँमा ठूलठूला ताल छन। तीनैको किनारमा राजमार्ग। पहाडको उचाइदेखि फेदसम्म पुर्‍याइएको छ। जसले यात्रुलाई हरेक क्षण आकर्षित गरिरहन्छ। गाडीबाट घुम्न मात्र तीन दिन लाग्ने ताल समेत देख्न पाइन्छ। ४०/५० किलोमिटर दुरी त ताल किनारै किनार तय गर्नुपर्छ। यात्रामै आउने उच्च भेगमा पर्यटक लोभ्याउन तिब्बतीयनहरु कुकुर र याक लिएर बसेका हुन्छन। 

मोहनले तस्बिर खिच्न मात्र ५६० (४० युयान) रुपैयाँ खर्च गरे। तिर्नुपर्ने २० युयान थियोतर उनले फोटो खिच्दा जबरजस्ती सबै कुकुरलाई भेला गराइएपछि बढी पैसा तिर्नुपर्‍यो। 

सिगात्छेबाट ल्हासा फर्किने मध्यराजमार्ग भौगोलिक दृष्टिले जटिल मानिने पहाड छेडेर बनाइएको छ। प्रविधि पनि नौलो किसिमको देखिन्छ। ल्हासाबाट सिगात्छे आउने रेललाई पनि मध्य राजमार्गसंगै निर्माण गरिएको छ। दुई सय ५३ किलोमिटर रेलमार्ग मध्ये पुल र सुरुङ मार्गको दुरी मात्र एक सय किलोमिटर छ। यसको निर्माण लगभग पुरा भइसकेको छ। ल्हासाबाट पश्चिम लगिएका तीनवटै राजमार्गलाई बीचबीचमा आपसमा जोडन तेस्रो सडक पनि बनाइँदैछ। पछिल्लो समय हङकङबाट तिब्बतका लागि एभरेष्ट नामको रेलसेवा सुरु हँुदैछ। 

त्यसो त चीन सरकारले तिब्बतलाई सडक र रेल सञ्जालले भित्र पारिसकेको छ। तिब्बतलाई नजिकबाट नियाल्दा सुरुङ र पुल निर्माण चिनियाँसरकारका लागि सजिलो विकास हो जस्तो देखिन्छ। तिब्बतका सडकराजमार्गरेल मार्ग र सहरभर वृक्षारोपण गरिएको छ। मानव निर्मित जंगलले हराभरा बनाएको छ। सोलार जडित सडक बत्ती र खाना पकाउन समेत सोलारका उपकरण छन्। पछिल्लो समय वातावरणमैत्री प्रविधिलाई जोड दिएको देखिन्छ।   

पहाड र हिमाल बीचका ठूलठूला फाँट कृषिमा प्रयोग गरिएको छ। ब्रहमपुत्रलगायत नदीहरुको पानी नहर र कुलो मार्फत सिंचाईमा प्रयोग गरिएको देखिन्छ। दुईतीरका हिमालबाट हिउँपग्लिएर आउने पानीनै यहाको प्रमुख स्रोत हो। कुलो पुर्‍याउन नसकिएको ठाउँमा ट्याङकरबाट पानी लगेर सिंचाई गरेको पनि देखियो। तिब्बतको सबैभन्दा ठूलो आर्थिक स्रोत कृषि हो। 

'नेपालमा जाने ठूलठूला लसुन र प्याज यहिँको उत्पादन हो’, सूचना विभागका अधिकारी भन्दै थिए। खेतबारी जोत्न घोडा र याक प्रयोग गरेको पनि देखियो। घोडाको हकमा एक्लै जोत्नुपर्नेयाकको चाहिँ जोडीले। 

भौगोलिक वनावटविकास निर्माण र ऐतिहासिक तथा साँस्कृतिक धरोहरनै तिब्बतको परिचय। सिगात्छेबाट ल्हासा हुँदै बेइजिङको 'बर्ड नेट’ हेर्न पुगियो जसलाई राष्ट्रिय संग्रहालय पनि भनिन्छ। त्यो गुँड घुमेपछि तिब्बतको विकासे तस्बिर फेरी याद आयो। सन् २००८ को आठौ ओलम्पिक भएको रंगशाला 'बर्ड नेटको डिजाइनलाई तिब्बतको विकाससँग जोड्न मन लाग्यो। डिजाइनर आई वे वेले बनाएको 'चराको गुँडजस्तै तिब्बत पनि सडक र रेलमार्गले जेलिँदैछ। संसारकै एउटा गुँड बनिरहेको छ।
यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

पूजा गर्न मात्र होइनन् नयराजका कृति

पण्डित नयराज पन्तको १०१ औं जन्म जयन्तीको स्मृतिसभा गत शनिबार नक्सालको 'क्राउन प्लाजा' भन्ने होटलको सभाकक्षामा सम्पन्न भयो। त्यस समारोहको सभापतित्व गर्न न्यायाधीश शेषराज सिवाकोटीले मलाई आग्रह गर्नुभएको थियो।

टाढिँदैछन् टिनएजर

टाढिँदैछन् टिनएजर

काठमाडौं– राजधानीको एक मध्यम परिवारमा छोरो ठूलो भयो। साथीहरू बाइक चढ्न थालेको देखेर उसमा पनि आकांक्षा चुलियो। बाइक किनिदिन बाबुलाई पिरल्न थाल्यो, त्यो पनि रोज्जाको। बाबुले सिधै ‘किन्न सक्दिनँ' भनिदिए।...

किसिम किसिमका पाठक

‘दमिनी भीर' पढिसकेपछि गोरखाकी पाठक पुष्पा केसीले मसँग निक्कै घच्चीका मत राखिन्। उनको जोड थियो, ‘तपाईंको उपन्यास पढिसकेँ। राम्रै लाग्यो तर ‘लभ' पुगेन।

खानपान गाइड

‘औषधिविज्ञान'का पिता ग्रीकका हिपोक्रेट्सले करिब साढे पन्ध्र सय वर्षअघि भनेका थिए, ‘तिम्रा लागि खानेकुरा औषधि बनोस् अनि औषधि खानेकुरा।' सुन्दा सामान्य लागे पनि स्वस्थ जीवनका लागि अचूक सूत्र हो यो,...

बजारदेखि उपमहानगर

बजारदेखि उपमहानगर

लमजुङमा राजा मारिएपछि राजा बनाउन लमजुङेहरू कास्की दरबारमा आएको र यशोवर्द्धन शाहलाई लगेर राजा बनाएको कथा छ, इतिहासमा। खान्चा खान र मिया खानका वंशज कास्कीका राजा कुलमण्डन खान पहिलो शाह...

भीम तुलाधरको नयाँ आयाम

भीम तुलाधरको नयाँ आयाम

क्यासेटको बजारमा बाढी आउँदा गायक भीम तुलाधर डंुगा खियाउँदै थिए। बाढी बिस्तारै सुक्दै गयो। तुलाधरको डुंगा पनि नचल्ने अवस्थामा पुग्यो। त्यसैले उनी अहिले अलमलमा छन्– प्रविधिको विकासले गायक गायिकालाई राम्रो...

बुढ्यौलीमा तन्नेरी जोस

बुढ्यौलीमा तन्नेरी जोस

त्रिभुवन विश्वविद्यालय, ग्रामीण विकास केन्द्रीय विभागका प्राध्यापक डा. प्रेम शर्मा फुर्सद मिल्नेबित्तिकै डाँडापाखा चहार्छन्। कहिले विद्यार्थीसँग, कहिले पत्रकारसँग अनि कहिले अरूसँग। अनुसन्धान गर्न २०४३ सालदेखि घुम्न थालेका। ५ वर्षयता भने...