Sunday 6 Poush, 2071 |
Menu

नागरिक शनिबार

सुन रे सियाराम!

(0 votes)
सुन रे सियाराम! गीतकार श्रवण खोटाङको मुढे डाँडामा गितार बजाउँदै। तस्बिर : बसन्त बस्नेत
दाङकी कमलरी सिर्जना चौधरीको ललितपुर चाकुपाटमा चैत १४ गते शंकास्पद मृत्यु भएपछि राजधानीलगायत देशभरि कमलरी आन्दोलन चर्कंदो छ। कमलरीकै विषयमा केही समयअघि कवि तथा गीतकार श्रवण मुकारुङले लेखेको गीतलाई आभासले संगीत र स्वर दिएपछि 'सुन रे सियाराम' चर्चामा आएको थियो। आन्दोलनलाई शब्द, लय र स्वर दिने स्रष्टाको यो गीत अक्षरका पाठकमाझ प्रस्तुत छ।


सुन रे सियाराम!

सुन रे सियाराम!

सुन रे सियाराम! 

अब म तँलाई पर्खन्न

अब म देहात फर्कन्न

सुन रे सियाराम!

सुन रे सियाराम! 



सँगै सहर जाउँभन्दा

रोएर मान्दै मानिनस्।

भगाई दूर देश लैजान

तैंले कहिल्यै जानिनस्।  



जब म चढें गाडामा

अन्तिम पल्ट दिएँहात।

तँलाई पिपल प्यारो भो

मलाई तान्दै तानिनस्।



अब तँएक्लै खेत खन्

अब तँएक्लै माछा मार्।  

अब म तँलाई पर्खन्न

अब म देहात फर्कन्न।



आँसुको इनार जमे नि

प्यार मेरो सच्चा छ।

जीवन मेरो अच्छा छ

पेटमें मालिकको बच्चा छ।

अब म जान्छु थानामा

अब म जान्छु अदालत।

सरकार बस्ने सहर हो यो

मैल्यै जित्ने पक्का छ।

अब तँएक्लै घुँघी टिप्

अब तँएक्लै माघी मान्।

अब म तँलाई पर्खन्न

अब म देहात पर्खन्न।

सुन रे सियाराम!  

सुन रे सियाराम! 
दसौं गुना तिरेर निजीमा

दसौं गुना तिरेर निजीमा

बिग्रेका उपकरण मर्मत नगर्ने चितवनका सरकारी अस्पतालको परिपाटीले बिरामीहरू निजी अस्पतालमा १० गुणा महँगो शुल्क तिरेर सेवा लिन बाध्य छन्।

उदयपुरगढीमा स्वागत

उदयपुरगढीमा स्वागत

उदयपुरगढी रमणीय छ। उदयपुरको पञ्चावती गाविस–१ मा अवस्थित गढी (१,३०० मिटर) बाट खुम्बु हिमाल, महाभारत र चुरे पर्वतका साथै तराईको दृश्य देखिन्छ। सूर्योदय र सूर्यास्त पनि सुन्दर देखिन्छ।

झम्सीखेल रेष्टुरेन्ट हब

झम्सीखेल रेष्टुरेन्ट हब

चालीस वर्षअघि ललितपुर युलाखेलका प्रेमलाल रजक झम्सीखेल हुँदै पाटन निस्कन डराउँथे। मकैबारीबीचको सुनसान बाटो पार गर्नु उनका लागि तरबारको धारमा टेकेर हिँड्नुजत्तिकै हुन्थ्यो।साठी वर्षीय रजक अहिले पनि त्यो बाटो भएर...

'नेगेटिभ' हजुरबा,  'डिजिटल' नातिनी

'नेगेटिभ' हजुरबा, 'डिजिटल' नातिनी

न्युरोड पिपलबोटसँगैको फोटो कन्सर्न ५४ वर्षको भयो। यसका संस्थापक डिबी थापा ८० पुगे । दुई वर्षदेखि कम्पनीको नेतृत्वमा छिन्, उनकी नातिनी सिर्जना थापा, जो ३५ वर्ष भइन्। कर्मचारीहरू भन्छन्, 'सिर्जनाको...

संविधानमा महिलाको स्थान

संविधानमा महिलाको स्थान

राजनीतिप्रतिको लगाव र निरन्तर सक्रियताको मूल्यांकन गर्दै नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा महालक्ष्मी उपाध्याय ‘डिना' लाई समानुपातिकबाट सभासद बनायो। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी...

विप्लवी हस्ताक्षर

कवि विप्लव ढकाल समसामयिक नेपाली कविता धाराका एक विप्लवी हस्ताक्षर हुन्। उनी तत्कालीन निर्दलीयताको विकल्पमा बहुदलीयता कायम गर्न तल्लीन नेपाली समाजको भ्रुण भएकाले होला, उनका कवितामा कुनै न कुनै रूपमा...

राजनीति गर्न परिवारभित्रै संघर्ष

राजनीति गर्न परिवारभित्रै संघर्ष

स्याङ्जाको थुमपोखरामा जन्मिएकी पद्मा अर्याल नेकपा एमाले स्याङ्जाकी अध्यक्ष हुन्। सातौं जिल्ला अधिवेशनमा पुण्यप्रसाद भुसाललाई पराजित गर्दै उनी एमालेको एकमात्र महिला जिल्ला अध्यक्ष बनेकी थिइन्।

चौबिस वर्षपछि माइत

'एकपल्ट माइत सारो जान मन छ,' उनको रहर सुनेर म अचम्ममा परेँ। उनले माइत नदेखेको दुई दशक भन्दा बढी भइसकेछ।माइत भारतको ग्यान्टोक (गान्तोक)हो भन्ने थाहा थियो। तर यहीँ पर्छ भन्ने...