Wednesday 4 Bhadra, 2071 |
Menu

नागरिक शनिबार

फतिमाको डायरी

  • ४ जेष्ठ, २०७०
  • ऋषि तिम्सिना
  • DISQUS_COMMENTS
(0 votes)
फतिमाको डायरी
१६ अप्रिल २०१३
आज बिहान ब्युझँदा ठूलो कोलाहल थियो हाम्रो डेराबाहिर। खै किन हो, यस्तो होहल्ला चल्दा म अझ पनि नमज्जासँग झस्कन्छु। त्यसैले कम्बलभित्र बेस्कन गुडुल्किएर सुतिरहें निकैबेर। कोलाहल थप चर्कियो। लाग्योत्यहाँ मानिसहरू थपिए। म झन् आत्तिएँ। आजभोलि मानिसको यस्तो हुलहुज्जतको कुरा दिमागमा आउँदा पनि खुब डर लाग्छ मलाई। सायद अत्यासको मुस्लोले मेरो घाँटी न्याक्नै लागेको थियो त्यसबखत। धन्न आमा आइछिन् कोठामा। 
पछाडिबाट भयंकर आवाज आएलगत्तै बाबा रगतपच्छे भएर हाम्रै अघिल्तिर ढल्नुभयो। सिँढीमा नपुग्दै अर्को रगतपच्छे शरीर ढल्यो– ठूलो दाइको।
स्वभाविकै हो– आमा म ढिलोसम्म सुतेको देखेर झर्किइन्। बल्ल मेरा आँखाले कम्बल बाहिरसम्म चियाउन आँट गरे। आमाको हातमा सधैंझैं तातो दुधको गिलास थियो। तर मेरा हात खाटसँग जोडिएको झ्यालतिर बढे। त्यहाँबाट अलिकति चिहाएर बाहिर हेर्न के खोज्दै थिएँआमा कराइन् फेरि पनि– 'हैन कति डराउँछे यो पनि?' सायद आमातिर फर्किएका मेरा फराक आँखामा डरको अझै उकुसमुकुस देखेर होला थपिन्– 'क्वै हैनन्हाम्रै छिमेकीहरू त्याँ भेला भएर रमाइरहेका छन्।त्यसपछि श्वास केही खुकुलियो मेरो घाँटीमा। अब झ्याल उदांगो खोलेर बाहिर हेर्न थालें। यतिन्जेलसम्म आमाले उनीहरूकै हवाला दिँदै थप कुरा बताइसकेकी थिइन्– हिजो अमेरिकामा ठूल्ठूला बिस्फोट भए रे। केही केटाकेटीसहित थुप्रो मारिए रे!

'अनि यो उत्सव र बढाइँ किन यहाँ?' 

मेरो प्रश्न फेरि आमातिरै सोझिन्छ। 

'शत्रु मारिएकामा रमाएका रे उनीहरू।'

'ती केटाकेटी पनि शत्रु हुन् त?'

तर आमा बोल्दिनन्। 

'हैन मान्छे मर्दा मान्छे नै किन रमाउँछ हँ?'

मेरो मनमा यो पनि प्रश्न छ। हुनसक्छ म सानै छु र यस्तो कुरा बुझ्िदन। यस्तो तर्कमा आमा रिसाउँछिन्। म खिन्न हुन्छुलाग्छ– कति भक्कानिएका होलान् ती कलिला नानी गुमाएका बाबुआमाउफ! म आफैं कस्ती भएकी थिएँ आफ्नो बाबु गुमाएको त्यो दिन यहाँ। मर्ने मार्नेको यो शंृखला चलिरहँदा। म आफ्नो त्यो पुरानो डायरीका पाना पल्टाउन पुग्छु।

३ मे २०११ ,अबोत्ताबाद

त्यो साँझ हामीले बिताएका अन्य साँझभन्दा कहाँ फरक थियो र! मात्र त्यस दिन हामी तीन बहिनी धेरै जिद्दी गरेर तीनतले घरको छतमा उक्लिन पाएका थियौैं। होम लगायत यस घरमा बस्ने ससाना आठ केटाकेटी माथि उक्लन चाहन्थे हरसाँझ। तर त्यहाँ बहने साँझको मन्द हावाको चिसो ताजगी आफ्ना आङमा पहिरिनेतन्नेरी हुँदै गरेको आकाशको जून जिस्क्याउनेताराहरू गन्दागन्दै अलमलिने या बाटो भुलेझैं भएर त्यहाँ आइपुग्ने जूनकीरी पछ्याउने सबैको चाह सधैं कहाँ पूरा हुन्थ्यो र! कहिलेकाहीँत्यो पनि धेरै हत्ते हालेपछि मात्र केहीलाई यस्तो अवसर जुर्थ्यो। त्यस बेलुकी पनि सधैं शंकालु देखिने पाले काका हमिदका आँखामा हाम्रो अनुरोधको बाढी पसेपछि आठमध्ये मसफिया र आथेसाले मात्र त्यहाँ चढ्न अनुमति पाएका थियौं।

माथि नपुग्दै वरपर देखिएका पहाडले हामीलाई एकाएक घेर्न आइपुगेका थिए। मानौं ती विक्षिप्त भएर हाम्रो उपस्थितिलाई पर्खिरहेका थिए। बेमौसमी बर्षाको प्रभाव थियो या ऋतु चक्रको खेल– ती पहाडहरू अति हरिया र मोहक देखिएका थिए आज। गाढा हरिया रङका बर्दीमा सजिएका पंक्तिबद्ध सिपाहीझैं पहाडभर फैलिएका रूखहरूको ताजगीजताततै देखिएका घाँसको साम्राज्यटाढा कतैको गन्तव्यवाट त्यता बास बस्न सोझिएका सेताकाला र फुस्रा चराका समूहको उन्मुक्ति देख्दा अहिल्यै त्यहाँ पुगौं र ससाना थुम्काहरू चढौंझरौं या बेस्कन थाकुन्जेल बुर्कुसी मारौंजस्तो भएको थियो मलाई। उफ्त्यहाँबाट दृष्टि मोडेर आँखा आकाशतिर सोझ्याउदामात्र कहाँ मन थामिनु र! धर्तीमा अँध्यारो थिग्रिदैं जाँदा नीलोबाट क्रमशः कालो रङमा फेरिँदै गएको आकाशको विशाल गर्भबाट पैदा भएजस्ता देखिने सेता बादलका ससाना समूहको बदलिरहने स्वरूपलाई देख्दा सधैं एकै रहने दैनिकीको निरसता एकाएक बल्झाइदिएको थियो।

होहाम्रो स्कुल थिएन। छिमेकीहरूकहाँ गएर त्यहाँका केटाकेटीसँग खेल्न हामी कसैलाई अनुमति थिएन। सायद त्यही भएर यहाँ माथि आउँन हामी धेरै नै लालायित हुन्थ्यौ। आफू उन्मुक्त भएर खेल्नकराउन र दौडन नपाए पनि कम्तीमा वरपरका कौसीआँगन या धुलौटे बाटाहरूमा हामीजस्तै अरू केटाकेटीहरू रमेर खेलेकोखुसी भएकोझगडा गरेको या खेदाखेद गरेको दृश्य हामी यहाँबाट देख्न सक्थ्यौं।

त्यस साँझ पनि हामीलाई तल झर्न त मन कहाँ थियो र! पल्लो घरको करिब हाम्रै उमेरको केटो हातमा लटाईचंगा बोकेर भर्खरै उसको छतमा उभिन आइपुगेको थियो। हामी भएभरको आरिस आफ्ना अनुहारमा बोकेर उसले चंगा बिस्तारै हावामा छाडेको र त्यो उन्मुक्त हुँदै आकाशमा सोझिएको दृश्य हेर्न सास दबाएर यता उभिएका थियौं। आखिर उसको झैं हामीमाथिको आकाश पनि त उत्तिकै खुल्ला र उदार थियो हाम्रा लागि। अझ पश्चिमतिरको पहाडबाट अस्ताउदो घाम ओझेल परेपछि यो एकाएक लाली पोतेझैं रंगिएको थियो। हामी पनि त्यस केटाको खेल हेर्दाहेर्दै राता भएका थियौं। तर ईर्ष्यालेखिन्नताले अनि आकाशमा भर्खरै पोखिएको लालीको आभाको प्रभावले।

तर उपाय थिएन हामीसँग। खेल्ने सामग्रीहरू नहुनुमात्र हाम्रो समस्या थिएन। हामी उफ्रीपाफ्री गर्नमस्त भएर चिच्च्याउन या धकेलाधकेल गरेर हिल्लिन पनि नपाउने अभागी केटाकेटीहरू थियौं यस घरमा। बन्देजको कारण भने थाहा थिएन। भलै कहिले पो कसैलाई सोध्यौं र यसबारे! सबै चुपचाप तर सक्रिय। 

निकैबेर भइसकेको थियो हामी माथि आएको। अब पनि अटेर गरिरहनु तलबाट तीर समानका दृष्टि लगाइरहेका हमिद काकालाई अझ क्रुद्ध बनाउनुमात्र थियो। उनको दोस्रो चेतावनी त लगभग हामीले पचाएका थियौं तर तेस्रोको गर्जन सुनिनुअघि नै हामी तल झरेका थियौं।

'बल्लबल्ल देखिएका मोरीहरू! कति चाँडै झरेका!'

आकाशले खिन्न हुदै सोधेझैं लागेको थियो हामी तल झर्नै लाग्दा। तर हाम्रो उमंग र स्वतन्त्रता अघि नै तलबाट उखेलिइसकेको थियो। फर्किएर 'फेरि भेटांैलाभन्ने साहस हामीले गर्न सकेनौं। अनन्त उचाइ अग्लिएर हामीलाई ईख्याउनेअपार स्वतन्त्रता पस्किएर हामीलाई लोभ्याउने या सेताकाला बादलको आकृतिहरूलाई छिनछिनमा बदलिरहेर हाम्रोे सृजनात्मकतालाई चुनौती दिए पनि सधैं हामीसँग खेल्न लालायित भइरहने त्यही आकाशले कर्कस आवाजधारी हेलिकप्टरहरू पनि पालेर राखेको छ भनेर हामीलाई के थाहा!

'ल बाबा ल। अब अर्को दिन तिमीहरूको पालो।'

हामी बीच तलामा आइपुग्दा सधैं एकान्तमा रहन मन पराउने बाबा बाँकी केटाकेटीलाई आफू अघिल्तिर बसालेर सम्झाइरहनु भएको छ।

'यी यिनीहरू पनि आइहाले नि। कस्तो भो तरमाइलो भो?'

अचम्म! आज पहिलोपटक हामीतिर यसरी खुल्ला भएर पोखिएको उहाँको मुखाकृतिमा एउटा  बाबुको आत्मीयता र न्यानोपन पोखिएको थियो।

बस! त्यसपछि त के चाहियो र हामीलाईत्यस दिन धेरैपछि उहासँग अन्तरंग गफिन र खेल्न पाएका थियौं। तर त्यसलगत्तै रातिको खाना खाने बहानामा हमिद काकाको घरेलु शासन फेरि सुरु भएको थियो। अनि हामी खाना खाएपछि आफू सुत्ने कोठामा पुगेका थियौं।

हामी सुत्ने गरेको फराक पलङमा अम्जेतसफिया र आथेसासँग म मस्त निदाउने गर्छु। तर कुनै सपनामा सुनिने जस्तो डरलाग्दो आवाजले एकाएक मलाई तन्द्रा अवस्थामा ल्याइदिएको थियो। नभन्दै ठूलाठूला आवाज निकाल्दै हाम्रो घरका झ्याल ढोका फोरिएका थिए। घरभित्र र बाहिर बलिरहेका सबै बत्ती एकाएक निभेका थिए। तर त्यसलगत्तै विभिन्न स्वरूपका टर्चधारीहरू हाम्रो घरका झ्यालढोका र जस्केलाबाट भित्र छिरेका थिए। एकाएक हाम्रो कोठामा आइपुगेका आकृतिहरूलाई मानिस ठान्न सक्ने अवस्थै थिएन। अनौठाअजंगका पहिरन लगाएकाहातमा बन्दुकजस्तै तर यसअघि कहिल्यै नदेखिएका हतियार बोकेका समूहले हामीलाई घेराबन्दीमा पारिसकेको थियो। हामीले ओडिराखेको कम्बल एकाएक फालेर आगो ओकलिरहेझैं देखिने टर्चले हामीलाई नियालेपछि मात्र मलाई विपनामै भइरहेको पक्का भएको थियो।

त्यसपछिको अत्यास र आपत्मा हामी केटाकेटी एकैपटक चिच्याएका थियौं। रुनचिच्याउन छाड्न र कोठाबाहिर निस्कन त्यहीमध्येको एक भयंकर आकृतिले अलिक अनौठो अरबी भाषामा हामीलाई हकारेको थियो। हाम्रो चिच्याहट र रुवाइ कहाँ रोकिएको थियो र! म कोठाको ढोकाबाहिर निस्कदै गर्दा पछाडिबाट आएको टर्चको उज्यालोमा बाआमालाई आफ्नो कोठाबाट हामीतिर आउँदै गरेको देखें। सायद उहाँहरूलाई हाम्रो चित्कारले अत्याएको हुनुपर्छ।

सबैभन्दा ठूलो आपत् त मैले महसुस गरेंजब पछाडिबाट एउटा भयंकर आवाज आयो। लगत्तै बाबा रगतपच्छे भएर हाम्रै अघिल्तिर ढल्नुभयो। हामी त्यहाँबाट सिँढीमा नपुग्दै अर्को रगतपच्छे शरीर ढलेको थियो। नजिक पुगेपछि चिनें– त्यसरी ढल्ने मान्छे ठूलो दाइ थियो।

हामी तल पुग्दा अर्को कोठामा सुतेका सबै केटाकेटी अघि नै आँगनमा ल्याइपुर्‍याइएका थिए। आँगनमाथिको आकाश हुँदै हजारौं जहाज उडेजस्तो गरी कर्कस आवाज आइरहेको थियो। घरमाथि पनि बन्दुक पड्किएको आवाज अझ रोकिएको थिएन। परिस्थिति कस्तो थियो भने संसार हल्लाउने हुरीबतास आज हाम्रो घरमा ठोक्किन आइपुगेको छ। त्यसपछि पनि बन्दुक पड्किरहेजाहाजहरू हामीमाथिको आकाशमा घुमिरहे। एकाएक सबै बत्ती बले। फेरि निभे। मान्छे भन्न नमिल्ने ती आकृतिहरू कहिले एकाएक भेला भए। अनि फेरि निमेषभरमै छरिए। पर्खालछेउ ठूलो विस्फोट भयो। म डरले जमिसकेकी रहेछु। बिहानीपख मात्र सिँढीको कुनामा मेरा आँखा खुले। हात बाँधिएको थियोशरीर अझै काँपिरहेको थियो। म उठ्न त केचल्न पनि सकिनँ।

आँगनमा बिस्तारै उज्यालो पोखियो। मैले आँखा खोल्न र चलमलाउन खोजें। आँखामा त्यही रातिको टर्चको कडा उज्यालो झझल्कियो– आँखा खोल्न सकिन। अब फेरि उठ्न र चलमलाउन खोज्दै थिएँ तर त्यतिखेर अनौठा मानिसको एक हुल हाम्रो कम्पाउण्डभित्र छिर्‍यो। म अझ झस्किएँ र काँप्न थालें।

'आज लादेन मारियो!'  

तिनीहरू मध्येका केही गफिन थाले।

'होअब हत्याहिंसा र आतंकको अन्त्य भएको छ,' अर्को प्रतिक्रिया थपियो।

'यी हेर त त्यस्का छोराछोरी त यहीँ पो छाडिएका रहेछन्।'

केहीले हामीतिर औंला सोझ्याउँदै आश्चर्य पोखे। 

'हैन सबैलाई समुद्रमा फालियो भन्या हैन र?' त्यहाँ अर्को आश्चर्य थपियो।

कोहीले खुसी बाँडेकोहीचाहिँ हामीलाई देखेर विस्मित भए। होसंसारले भन्यो– 

'एउटा भयंकर आतंककारी मारियो।'

म अझ झस्किएँ– 'मेरो बाबा। कसरी हुनसक्छ मैले आजसम्म चिन्न नसकेको त्यस्तो खुंखार आतंककारी?'

तर संसारले एकै स्वरमा सगर्व फुकेको कुरा म कसरी नपत्याऊँ!

परन्तु कोहीले सोचेन र कसैले बोलेन मेरो कथाहाम्रो व्यथा।

'एउटा बाबु छोराछोरीको अघिल्तिरै मारियो।'

'एउटा पति श्रीमतीको अघि मारियो।'

'एउटा मानिस अर्को मानिसबाट मारियो।'

अहिले पनि मेरा मनमा धेरै प्रश्न छन्– तर बोल्न सक्तिन बन्दुकको छायामा। 

'कसले बनाउँछ एउटा बाबुलाई भयंकर अपराधी र आतंककारी?'

'कसले चुन्छ कसैको एउटा प्रिय बाबुलाई यस्तो युद्ध रच्ने प्रधानमन्त्रीसेनापति र राष्ट्रपति?'

'कसले किन बनाउँछ एउटी आमालाई एकाएक सेलिब्रेटी अनि व्यभिचारी?'

तर कसैले जवाफ दिन्न। म स्वयंले सोध्न सक्तिनँ। त्यो दिनत्यो देश र त्यो विश्व कहिले आउलाजहाँ मान्छे केवल बाबु बन्छआमा बन्छदाइभाइदिदीबहिनीमात्र बन्छ। अरू केही पनि बन्दैन।

आफ्नै आचरणको सिकार

राति ८:१५ बजे सिमसिम पानी परिरहेको छ। सहिदगेटबाट कीर्तिपुर जाने बा२ख १४३७ नम्बरको माइक्रोबसमा १६ जना अटाउने क्षमता भए पनि ३५ जना कोचिएका छन्। गर्मी र गन्धले खपिसक्नु छैन। त्यसमाथि...

भाग्दा भाग्दै नीला आँखाहरूसित

थाकेर लखतरान परेकी छुपसिनाले निथ्रुक्क भिजेकी छुदौडँदा दौडँदै फुलेको छ सासलछारिएर काँडाघारीमा च्यातिएका छन्, जिउका लुगाओहो, तप्तपी बग्दैछ रगत!फुस्किएको छ कपालको गुजुल्टो

चुलोचौकोबाट निस्केर विद्रोह

चुलोचौकोबाट निस्केर विद्रोह

नेपाली महिला घरबाहिर कमै निस्कन्थे। राजनीतिमा, त्यो पनि भूमिगत। पूर्णकुमारी सुवेदीले यो चुनौती उठाइन् र पहिलो संविधानसभामा उपाध्यक्ष/उपसभामुखसम्म बन्न सफल बनिन्। महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता रहेको समाजबाट विद्रोह...

हात्तीमय सौराहा

हात्तीमय सौराहा

सौराहा र हात्ती एक अर्काका परिपुरक हुन्। चितवनको सौराहा आउनेहरू हात्ती चढ्छन्, जंगल घुम्छन्। जंगलमा पाइने दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा हेर्न हात्तीमाथि नचढी सुखै छैन। सौराहाको मुख्य आकर्षण हात्ती सफारी...

सफेदपोसमा माग्दै

सफेदपोसमा माग्दै

हेर, हेर ती झुत्रा, चिथराहाय! हे समय निष्ठुर!जीवनपथमा बिचरा पथरा!काँपिरहेका थुरथुर!...हेर भिखारी अडि आयो,करुण दृष्टिले नजर उठायो।

दशक ६० को सौन्दर्य

दशक ६० को सौन्दर्य

काठमाडौं– मदन पुरस्कार विजेता राजन मुकारुङलाई जुनसुकै साहित्य–सभा सम्मेलनमा गए पनि एकैनासका विषय सोधिँदोरहेछ– आञ्चलिक लेखन, सीमान्तकृत लेखन र साँस्कृतिक पहिचान।

संघर्षशील युवतीको कथा

संघर्षशील युवतीको कथा

मञ्जरी अर्थात्, बोटबिरुवा, लहरा आदिमा पलाएको आँकुरो–मुजुरो वा कोपिला। उपन्यास ‘मञ्जरी' पनि नयाँ फूल वा पालुवाको रूपमा पाठकसमक्ष आएको छ।

भरियालाई भ्याइनभ्याइ

भरियालाई भ्याइनभ्याइ

खुर्कोट (सिन्धुली)– उनीहरू हतारमा छन्। सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्ने झोलुंगे पुलमा होस् वा सुनकोसी किनारको खुर्कोट नयाँ बजारमा उनीहरू दौडिरहेका छन्। हातमा नाम्लो लिएका वा पिठ्युँमा भारी बोकेका–...