Wednesday 14 Shrawn, 2071 |
Menu

नागरिक शनिबार

सार्कबाट घेरिँदा

  • ४ जेष्ठ, २०७०
  • राजेन्द्र ज्ञवाली
  • DISQUS_COMMENTS
(1 Vote)
सार्कबाट घेरिँदा
मेरो टाउकोको ठीकमाथि लगभग चार फुटको सार्क आइसकेको थियो। मैले दायाँतर्फ नजर घुमाएँ, अलि परबाट लगभग त्यत्तिकै ठूलो अर्को सार्क आइरहेको थियो। अनि बायाँतिर पनि त्यस्तै। म लगभग सार्कले घेरिएको अवस्थामा थिएँ। तस्बिर तथा फिल्ममा मात्र देखेको सार्क मैले पहिलोपटक नजिकैबाट, त्यो पनि तीनतीनवटा, हेर्न पाउँदा रोमाञ्च अनुभव भएको थियो।


मेरोअगाडि जम्मा भएका हजारौं साना माछाले केहीबेरमै अजंगको आकार बनाए। टाउकोमाथि रहेको सार्कको ध्यान तिनै साना माछातिर जाला भन्ने सोचमा थिएँ, तर त्यो सार्कले आफ्नो सम्पूर्ण ध्यान मतर्फ केन्द्रित गर्दै थियो।
त्यत्तिकैमा हजारौं साना माछा मेरोअगाडि जम्मा भइरहेको देखें। केहीबेरमै उनीहरूले एउटा अजंगको आकार बनाए। समुद्रमा ससाना माछाले सार्कलगायत ठूला जलप्राणीबाट आफ्नो ज्यान जोगाउन एकै ठाउँ जम्मा भएर ठूलो आकार बनाउने गरेको सुनेको थिएँ। मेरो दायाँ र बायाँतर्फबाट आइरहेका सार्क नजिकै पुगिसकेका थिए। मेरो टाउकोमाथि रहेको सार्कको ध्यान मतर्फ नै थियो। 

साना माछा मेरो ठीकअगाडि जम्मा भएको देखेपछि टाउकोमाथि रहेको सार्कको ध्यान पनि उतै जाला भन्ने सोचमा थिएँ तर त्यसो भएन। त्यो सार्क मलाई नै हेरिरहेको थियो। मैले माथि हेरें। उसले पुच्छर अनौठो प्रकारले हल्लाउँदै आफ्नो पूर्ण ध्यान मतर्फ नै केन्द्रित गरेको जस्तो लाग्यो। मैले तलतिर हेरे। मेरा दुवै गोडा वरिपरि र मुन्तिर पनि साना/ठूला अनेकौं माछासँग दुई चार वटा सार्क स्वच्छन्द पारामा विचरण गरिरहेका थिए। 

मैले नजिकैका साथीहरू बोलाउन खोजें। अलि पर रहेका दिवाकरको ध्यान मतिर थिएन। त्यस्तै थकित जस्तो देखिएकी मनिता केही परको काठको टुल जस्तोमा बसेकी थिइन्। अनि चोपलाल भने समुद्री प्राणीहरूको अनौठो क्रियाकलाप पूर्णरूपमा क्यामेराको बन्धनमा बाँध्न तल्लीन थिए। उता सुनिल मजस्तै सार्क र अन्य माछाबाट घेरिएको देखें। उनको स्थिति पनि मजस्तै अनौठो थियो। कहिले आफ्ना वरिपरि जम्मा भएका समुद्री जीव हेर्थेकहिले हामी सबैतर्फ नजर घुमाउने गर्थे।

मैले आफ्नो दाहिने हात उठाएर टाउकोमाथि रहेको सार्कलाई छुने प्रयास गरे तर सम्भव भएन। किनभने बीचमा सिसाको पर्खाल थियो। सिसाको त्यो पर्खाल हाम्रो तलमाथि चारैतर्फ थियो। सिसाको पर्खालयता हामीहरू थियौं अनि उता ती समुद्री जीव। हामी वास्तवमा एउटा लगभग प्राकृतिक एक्वेरियमभित्र थियौं। 

२०६९ साल कात्तिकमा अमेरिकाको पोर्टल्यान्डमा समाचार संकलन गर्न गएको थिएँ म। त्यही अवसरमा त्यहाँ तेक्वान्दो स्कुल सञ्चालन गरेर बसेका नेपाली दिवाकर डान महर्जनले लगभग चारसाढे चार घन्टाको मोटर यात्राको दूरीमा रहेको न्यु पोर्टमा दुई दिन घुम्ने योजना बनाएका थिए। हामी त्यहीँ गएका थियौं। अनि न्यु पोर्ट पुगेको अर्को दिन त्यहाँबाट मोटरमा लगभग ३० मिनेटको दूरीमा रहेको ओरेगन कोस्ट एक्वेरियम घुम्न गएका थियौं। 

त्यो एउटा विशाल एक्वेरियम थियोनिकै ठूलो क्षेत्रफल ओगटेको। त्यसभित्र पस्नासाथ समुद्रभित्र भएको अनुभव हुन्थ्यो। ठाउँठाउँमा सिसाको ठूलो हलजस्तो थियो। रप्रकृति कस्तो भने त्यहाँ हेर्न आउने दर्शक सिसाको घरभित्र अनि समुन्द्री जीव भने बाहिर आफ्नो प्राकृतिक वातावरणमा भएजस्तो। 

दिवाकरसँगै म अनि नेपाल ओलम्पिक कमिटीका सदस्य सुनिल राजकर्णिकारतेक्वान्दो खेलाडी मनिता सिंहयुकेबाट आएका अर्का तेक्वान्दो खेलाडी चोपलाल बन्जाडे प्राकृतिकजस्तै लाग्ने एक्वेरियम हेर्न आएका थियौं। 

एक्वेरियम हलभित्र छिर्ने मूल प्रवेशद्वारमै हामीले संयुक्त तस्बिर खिचाएका थियौं। तस्बिर लिनेले भनेका थिए– तिमीहरू फर्केर आउँदासम्म हामीले तस्बिर फ्रेममा राखेर तयार पारिसक्ने छौं।

प्रवेशद्वारभित्र छिर्नासाथ हामीलाई रहस्यमय नयाँ संसारमा आएको अनुभूति भएको थियो। समुद्री संसारजहाँ जलचरहरूको राज्य थियो। उनीहरू प्राकृतिक वातावरणमै जलमा विचरण गरिरहेको हेर्न पाउनु वास्तवमा निकै अनौठो र सुखद् अनुभव हुन पुगेको थियो। 

भित्र एक ठाउँमा समुद्रको सानो रूप देखाइएको थियो। जहाँ टेबल टेनिस बलजुत्ताटेनिस बल खाली सिसीजस्ता प्रयोग गरिसकिएका वस्तुहरू बग्दै गरेको देखिएका थिए। मैले त्यसको प्रयोजनका बारेमा जिज्ञासा राख्दा त्यहाँका एक अधिकारीले यो साना नानीहरूलाई नचाहिने सामानहरू झिकेर राख्नका लागि गरिएको व्यवस्था भएको बताए। 'यसले गर्दा नानीहरूमा फोहोर वस्तु जथाभावी फाल्न नहुने ज्ञान सानो उमेरबाटै हुन्छ'– उनको कुरा मलाई चित्त बुझेको थियो। 

त्यत्तिकैमा १५ जनाको एक समूह त्यहाँ आइपुग्यो। हामी चलचित्रको पर्दा जस्तो ठूलो सिसाअगाडि आइपुगेका थियौं। सिसापारि समुद्री जीवहरू निस्पि्कक्री घुमिरहेका थिए। अगाडि एउटा बेन्च थियो। त्यहीँ त्यो समूहका १४ जना नोटबुक र कलम लिएर बसे। अनि एक जना पाका उमेरका (उनी कुनै कलेजका प्रोफेसर भएको थाहा भयो) व्यक्तिले समुद्री जीवनबारे ती विद्यार्थीलाई जानकारी गराउन थाले।



त्यो एक्वेरियमलाई 'लिभिङ क्लासरुमका रूपमा जानिँदोरहेछ। त्यहाँ वर्षेनि ४० हजार विद्यार्थी समुद्री जीवनबारे जानकारी लिन आउँदा रहेछन्। त्यो एक्वेरियम समुद्री जीवको सुरक्षाका लागि महŒवपूर्ण मानिँदो रहेछ। त्यो अमेरिकाकै प्रमुख दस एक्वेरियमभित्र पर्दो रहेछ।

लगभग दुई घन्टा जतिको घुमाइ हामी सबैका लागि निकै जानकारीमूलक थियो। थरीथरीका रंगिन माछासमुद्रमा हुने वनस्पति अनि ती समुद्री जीवको स्वच्छन्द विचरण! त्यो एउटा बेग्लै संसार थियो हाम्रा लागि। एक्वेरियमको सिसामा छुँदा समुद्री जीवले रोकेर अनौठो पारामा हामीतिर हेर्ने गर्थे। 

त्यत्तिकैमा तीन जना गोताखोरको पोसाक लगाएकाहरू एक्वेरियमभित्र देखिए। उनीहरू पनि ती समुद्री जीवसँगै पानीमा विचरण गरिरहेका थिए। एक जनाले एक्वेरियम हेर्न आएका हामी सबैलाई हात हल्लाएर अभिवादन गरे। हामीले त्यसको जवाफ दियौं। उनीहरू एक्वेरियमलाई भित्रबाट सफा गर्न आएका रहेछन्। यसबाहेक समुद्री जीवलाई नजिकैबाट हेरचार गर्ने जिम्मा पनि उनीहरूको रहेछ। 

एक्वेरियम बाहिर जमिनमा पनि बस्ने केही समुद्री जीवका लागि बास स्थान बनाइएको रहेछ। सबै समुद्री जीवलाई पूर्णरूपमा प्राकृतिक वातावरण उपलब्ध गराइएको थियो। एक्वेरियमको अवलोकन गर्न आउनेहरूबाट समुद्री जीवहरूलाई कुनै किसिमको अवरोध उत्पन्न नहोस् भन्नका लागि नै बीचमा निकै मोटो सिसाको पर्खाल बनाइएको थियो। 

हाम्रो लगभग साढे दुई घन्टाको घुमाइले पनि एक्वेरियम र त्यस वरिपरिको क्षेत्र पूर्णरूपमा भ्याउन सकेनौं। फर्कने बेला काउन्टरमा एक युवती हामीले खिचाएको तस्बिर फ्रेममा राखेर पर्खिरहेकी थिइन्। हामी सबैले चिनोका रूपमा तस्बिर लियौं र न्यु पोर्ट फर्कियौं।
स्टेजले उठाएका कलाकार

स्टेजले उठाएका कलाकार

विश्व प्रसिद्ध संगीतकार विथोवेनका छोरालाई एकपटक कसैले सोधेछन्, 'तपाईंलाई कस्तो संगीत मन पर्छ?'उनले खल्तीबाट चानचुन पैसा निकाले र कान नजिक बजाउँदै भने, 'यसको खनखन मन पर्छ।'पछिल्लो समय नेपाली गीत–संगीतको धुनसँगै...

म अम्मली

दोस्रो जनआन्दोलनमा, सशस्त्र प्रहरीको दुवाकोट क्याम्पमा थुनिएका बेला नेपाली कवि र कविताको कुरा हुँदै गर्दा एकजना प्रगतिवादी साहित्य समीक्षकसित म अलि चर्कै स्वरमा बोलें। बाझैं नै भने पनि हुन्छ। राष्ट्रकवि...

समय र लेखकको तस्बिर

झन्डै एक महिने अमेरिका बसाइमा धेरै ठाउँ घुमेँ। घुमेभन्दा कैयौं गुना धेरै ठाउँ घुम्न बाँकी रहे। धेरै पात्र भेटेँ। भेटेभन्दा कैयौं गुना पात्र भेट्न बाँकी रहे।तिनै धेरै पात्रमध्येका एक बालक...

घर (कथा)

स्वयम्भूको स्तुपा छिर्ने बाटोको मोडैनिर उसले आफ्नो गाडी बिसायो। उसका आँखा परपरसम्म डुलेर फर्किए। चित्रबहादुरको कतै अत्तोपत्तो थिएन। उसले एकपटक आफ्नो नाडीमा बाँधेको घडी हेर्यो । अपराह्नको चार बजेको थियो।...

नेपाली लेखन किन पछाडि

नेपाली लेखन किन पछाडि

मान्छे आफ्नो श्रमबाट जति अलग्गिँदै जान्छ, दुनियाँ त्यत्ति नै अमानवीकरण हुँदै जान्छ। मान्छे आफ्नो सृजनाबाट जति अलग्गिँदै जान्छ, दुःख त्यहीँबाट सुरु हुन्छ।

लगातार तीनपटक सभापति

लगातार तीनपटक सभापति

सक्रिय राजनीति गर्ने उनले कहिल्यै सोचेकी थिइनन्। तर, वियोगको संयोगले उनलाई नेपाली कांग्रेसको जिल्ला सभापति बनाइदियो। उनी हुन्– नेपाली कांग्रेसकी पहिलो महिला सभापति सीतादेवी यादव (५८)।

'कडा आन्दोलन'मा डाक्टरहरू

'कडा आन्दोलन'मा डाक्टरहरू

काठमाडौं- स्वास्थ्य संस्थामा हुने राजनीतिक हस्तक्षेपविरूद्ध सात दिनदेखि आमरण अनशनमा बसेका टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अत्यन्त जटिल हुँदै गएपछि देशभरका चिकित्सकले ऐक्यबद्धता जनाउँदै कडा आन्दोलनको घोषणा गरेका...

दसैं आयो, कुन मुखले गाउँ जाने?

दसैं आयो, कुन मुखले गाउँ जाने?

काठमाडौं– सिन्धुली जरायोटार–६ हाँडीखोलाका खड्गबहादुर श्रेष्ठ २०५५ सालमा भारी बोक्न काठमाडौं आउँदा ३२ वर्षका थिए। त्यसबेला एक भारीको सरदर कमाइ १० रुपैयाँ हुन्थ्यो। २० रुपैयाँमा पेटभरि भात खान पुग्थ्यो। मासिक...