Tuesday 17 Bhadra, 2071 |
Menu

नागरिक शनिबार

पूर्वमा दुई चुम्लुङ

  • आइतबार २९ बैशाख, २०७०
  • मुनाराज शेर्मा
  • DISQUS_COMMENTS
(0 votes)
पूर्वमा दुई चुम्लुङ
दुई महिनाअघि झापाको काँकरभिट्टामा आयोजित कलासाहित्य उत्सवकै निरन्तरता झल्किने गरी पाँचथर सदरमुकाम फिदिममा अघिल्लो शुक्रबार दुईदिने पूर्वाञ्चलस्तरीय बृहत् साहित्य मेला आयोजना भयो। केन्द्र भत्काउने र समकेन्द्र बनाउने अभियानबीच मोफसलले आफ्नो शक्ति फेरि एकपल्ट प्रदर्शन गर्‍यो।



नौलो साहित्यिक बिहान प्रतिष्ठानको आयोजनालाई नेपाल प्रज्ञा प्रतिष्ठानले सघायो। पूर्वाञ्चलका अधिक र काठमाडौंका थोरै स्रष्टाको यो जमघटले स्थानिकतालाई जोड दियोआफैं उठेर दौडियो। नेपाली साहित्यभाषाको सघन विमर्शले फिदिम गर्मियो। 

लिम्बूवानको बन्द छिचोल्दै पाँचथरमा भेला भएका लेखकहरूले फरक पुस्ताबीचको अन्तर मेट्न सघाउ पुर्‍याए। मेचीकोशीका साहित्यसेवीलाई सम्मान गरेर थालनी भएको महोत्सवमा आयोजक संस्थाले सन्त ज्ञानदिलदासको नाममा पुरस्कारसमेत घोषणा गर्‍यो।

लेखक प्रेम ओझाको नेतृत्वमा फिदिमे युवा लेखकले केही भिन्न शैलीको मेला आयोजना गरे। त्यहाँ साहित्यसंस्कृतिभाषावाङ्मय र सञ्चारमाथि बहस गरियो। अर्धऔपचारिक शैलीको चुम्लुङजहाँ सबै दर्शक वक्ता थिएसबै वक्ता दर्शक। 

प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीलगायत लेखक सहभागी महोत्सवमा प्राध्यापक टंकप्रसाद न्यौपानेले नेपाली भाषामाथिका समस्या र भ्रमबारे प्रष्ट पार्न माग गरे। नेपालका १ सय २५ मध्ये १ सय ११ भाषाको वक्ता संख्या १ प्रतिशत पनि नभएको उनले कार्यपत्रमा उल्लेख गरे। 'सरकारी भाषा नीति पनि भाषा लोप हुनुमा जिम्मेवार छ,' उनले भने, 'अन्तरभाषिक विवाहले समेत वक्ता संख्या घटाएको छ।विशेष भाषा नीति अघि सारे मातृभाषाहरूको विकास हुने उनको तर्क थियो।

प्राध्यापक न्यौपानेले मातृभाषीहरूको भाषिक बफादारी आवश्यक हुने जिकिर गरे। 'पछिल्लो जनगणनाले एउटै मातृभाषाभित्र थुप्रै भाषिका निर्माण गरिदियो,' उनले भने, 'लिम्बू भाषाको छथरे भाषिका यसको उदाहरण होमातृभाषीहरू हो सचेत बन्नूस्।'

न्यौपानेको कार्यपत्रमाथि सहभागीहरूले जमेर बहस गरेका थिए। पाँचथरको याङनाम बसेर बौद्धिक विमर्शमा शक्तिशाली हस्तक्षेप गरिरहेका लेखक थाम्सुहाङ पुष्प सुब्बाले नेपाली साहित्यमा लिम्बू भाषाको प्रभावबारे बोलेका थिए। आयामेली कवि वैरागी काइँलाथाम्सुहाङसँगै सृजनशील अराजकताउत्तरवर्ती सोचलगायत साहित्यिक आन्दोलनले  लिम्बू मिथकसाँस्कृतिक विम्ब प्रयोग गरेर साहित्य लेखे पनि समालोचकीय पहिचान पाउन नसकेको उनले बताए। 'जनजातीय भाषा संस्कृतिधर्मग्रन्थ र साहित्यको अध्ययन  आवश्यक छ,' उनले भने, 'समाज मिश्रित ढाँचामा रहेकाले लिम्बुभाषी क्षेत्रमा अरू जातिले समेत लिम्बू र नेपाली भाषा बोलेको पाइएको छ।'

कवि मिश्र वैजयन्तीले लिम्बू भाषाको विकासमा श्रीजङ्गा र इमानसिंङ चेमजोङको भूमिका बिर्सन नहुने बताइन्। लेखक नारायण निरौला र तेजमान आङ्देम्बेले महोत्सवमा बोले। युवा लेखकको जमघट हेर्नलायक थियो। काठमाडौंबाट उपन्यासकार राजन मुकारुङकवि स्वर्गीय स्वप्निल स्मृतिदुतेन्द्र चाम्लिङ आए। मोरङबाट खेम नेपालीगण्डकीपुत्रलोचन रिजालमधु पोखरेलसुमन पोखरेल बद्रीविलास पोखरेलसुनसरीबाट हेमन यात्रीसुदीप पाखि्रनझापाबाट कृष्ण बरालअभागी थेग्ाुवाकेशव आचार्यटंक विकल्पलीला अनमोलज्योति भट्टराई र चुलाचुलीबाट विवश बलिभद्रसुन्दर कुरुपइलामबाट विमल वैद्यप्रकाश थाम्सुहाङलगायतको उपस्थिति थियो।

पहिलो दिन कार्यपत्र र औपचारिक सत्रमा सीमित भए पनि दोस्रो दिन महोत्सवको माहोल नै बदलियो। अन्तर्क्रियात्मक सत्र ताता बहसमा अनुदित भए। घरि वक्ताहरू नरम बोली गर्थेघरि चर्काचर्की। दर्शकहरूसमेत उनीहरूसँगै चर्कन्थेथामिन्थे। दोस्रो दिनको कार्यक्रम राति आठ बजेसम्म चल्योजहाँ ६० कविहरूले नेपालीलगायत विभिन्न भाषामा कविता पाठ गरे।

नेपाली भाषामा जनजातीय भाषाहरूको प्रभाव र लेखनमा तिनको प्रभावबारे छलफल गर्न प्राध्यापक न्यौपानेथाम्सुहाङ पुष्पतेजमान आङ्देम्बे र सुवास राई जुटे। 'साहित्यमा भाषाशीर्षक सत्रमा उनीहरूलाई युवा लेखक मदन मुर्च्छनाले अन्तर्क्रिया गराएका थिए। मातृभाषाहरूको आफ्नो लिपि हुँदाहुँदै पनि देवनागरीमा लेखे फरक नपर्नेबरु त्यसले भाषालाई बोधगम्य बनाउन सहयोग पुर्‍याउने निचोड सत्रमा निस्कियो। महत्वपूर्ण निष्कर्षहरू आउन थालेपछि दर्शकहरूले अभिलेखन गरिनुपर्ने माग गरे। आयोजकले तुरुन्तै सुन्यो।

नेपाली आख्यानमाथिको छलफलमा बद्रीविलास पोखरेलरविमान लमजेललोचन रिजाल र मिश्र वैजयन्तीलाई मोडरेटर दुर्गाराज भट्टराईले बहस गराए। धेरै लामो यात्रा पार नगर्दै नेपाली आख्यानमा विभिन्न प्रयोगहरू भइसकेको वक्ताहरूको भनाइ थियो। नवीन विचारहरूलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने आख्यानकारहरूले बताए।

तेस्रो सत्रमा मोडरेटर प्रेम ओझाले 'पत्रकारिता र साहित्यशीर्षकमा देवी क्षेत्री दुलाललक्ष्मी गौतम र लीला अनमोललाई बहस गराए। लेखक राजन मुकारुङथाम्सुहाङ पुष्पधर्मेन्द्रविक्रम नेम्वाङ र कृष्ण बराललाई साहित्यिक आन्दोलनबारे गणेश हाङसेमले अन्तर्क्रिया गराए। राजनले सृजनशील अराजकतावादबारे बोल्दै पहिचानका मुद्दालाई साहित्यका माध्यमबाट डेढ दशकअघि बढाउन खोज्दा संस्थापनले बेवास्ता गरेको मूल्य आज चुकाउनु परिरहेको जिकिर गरे। थाम्सुहाङ पुष्पले उत्तरवर्ती सोच र बरालले लीलालेखनबारे बोलेका थिए।

अन्तिम सत्रको कविता विमर्श सर्वाधिक चर्चित भयो। प्रकाश थाम्सुहाङले मोडरेट गरेको कविता सत्रमा देवेन्द्र शक्तेनविमल वैद्यमुनाराज शेर्मा र गण्डकी पुत्रले जवाफ दिए। प्रश्न गर्नेहरूले उल्टै जवाफ दिनुपरेको थियो। मञ्चमा बस्नेहरूचाहिँ प्रतिप्रश्न फ्याँकिरहेका थिए। गजललाई कविताकै उपविधा मान्नुपर्ने र गजल स्वायत्त विधा हो भन्नेहरुबीच चर्को विवाद भयो।

रविमान लमजेलले पूर्वाञ्चलको साहित्य र स्रष्टाबारे अनुसन्धानमूलक कार्यपत्र पेश गरे। महोत्सवमा कतै चित्रकला सजाइएका थिए। कतै पुस्तक प्रदर्शनी। साझा प्रकाशनलगायत विभिन्न संस्थाले किताब बिक्री तथा प्रदर्शनका लागि राखेका थिए। महोत्सवमा पूर्वका विभिन्न पर्यटकीय स्थलको तस्बिर प्रदर्शनीसमेत भयो।

एकेडेमीका कुलपति वैरागी काइँलाको जिल्ला पाँचथरले थुप्रै प्रतिभाशाली लेखक जन्माएको छ। पाँचथर अहिले पनि सृजना र सक्रियता दुवैमा अब्बल छ भन्ने उदाहरण महोत्सवले पुष्टि गरेको छ।

यो पद परमात्माको कृपा

यो पद परमात्माको कृपा

जतिबेला मलाई मुख्यसचिवको पदबाट अन्यायपूर्वक हटाइयो, त्यतिबेला पदको चाहना र एकप्रकारको इगो थियो। एकप्रकारको निराशा थियो मनमा। त्यही समय म पाइलट बाबाको आश्रम गएँ। डेढ वर्ष उहाँसँगै बसे।

आत्महत्याको बीउ : मोन्सान्टो

मोन्सान्टो इन्डियाको वेबसाइटमा लेखिएको छ, 'मोन्सान्टो एक कृषि कम्पनी हो। हामी नयाँ प्रविधि र आविष्कारको माध्यमबाट विश्वभरका कृषकलाई धेरैभन्दा धेरै उत्पादन गरी उनीहरूको जीवनस्तर माथि उठाउन सहयोग गर्दछौं।' साइटका तस्बिरहरूमा...

नबिझाउने, नबिलाउने

नबिझाउने, नबिलाउने

'नारी पुरुष, एक रथका दुई पांग्रा'यो उक्ति अभिनेत्री मिथिला शर्मालाई सही लाग्छ। उनको रथ भने एक पांग्रामै सन्तुलित देखिन्छ। 'तपाईंले त एक पांग्राकै भरमा छलाङ मार्नुभयो नि?' अविवाहित यी अभिनेत्री...

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

सुन्दरपुर (उद्यपुर)– 'पहिले फुसको छाप्रो बनाएर केही समय त्यसै छाड्छन्। अनि चुरेवनकै रुख काटेर सखुवाको खम्बा गाड्छन् र एक–दुई कोठा बनाउँछन्। यति गर्दा पनि कसैले औंला नउठाए क्रंक्रिटकै घर बनाउँछन्,'...

बीपीका भुइँमान्छे

बीपी कोइरालाको मृत्युको खबर आगोझैं सल्केको थियो सहरमा। चारै दिशाबाट मान्छेको समुद्र उनको निवास जयवागीश्वरीतिर सलहसरी अघि बढिरहेथ्यो।

भर्‍याङ

भर्‍याङ

नाम पनि कति आधुनिक राख्न भ्याएछन्, उसका बाबुआमाले! लक्की। पूरा नाम– लक्की उपाध्याय। ‘मेरा बाबु सामान्य लेखपढ गर्न जान्दछन्। आमालाई त कालो अक्षर भैंसीबराबर!' एक दिन उसले मसँग भनेकी थिई।‘त्यसो...

छोइएको छडी

छोइएको छडी

‘अरे मरिक बेचन, फटाफट तँ हाथ थापिहाल् त। अरे...अरे... अरे! दूर रख्, दूर... तेरा काला मैला हाथ। छोइदेलास् फिर, डोम!' शोभाकान्त झा सरले यसो भन्दै मरिक बेचनको हातमा निर्ममतापूर्वक छडीले...

बोझ होइन बुढेसकाल

बोझ होइन बुढेसकाल

सन् १९८३ मा अमेरिकाको हवाई छँदा अन्तर्राष्ट्रिय फेस्टिभलमा जापानी फिल्म हेरेकी थिएँ– 'ब्यालेड अफ नारायामा'। त्यस बेला हामी (श्रीमान्–श्रीमती) तन्नेरी नै थियौं। घरमा बूढो भएर थला परेका कोही थिएनन्। जापानी...