Wednesday 5 Kartik, 2071 |
Menu

नागरिक शनिबार

रिया बनिन् गिप्पी

  • आइतबार २९ बैशाख, २०७०
  • क्रान्ति पाण्डे
  • DISQUS_COMMENTS
(1 Vote)
रिया बनिन् गिप्पी

'जब म सानी थिँए मैले हिरोइन बन्ने सपना देख्थे। मलाई फिल्ममा हिरोइनको भूमिकाले सारै छुन्थ्यो। तर जब म अलि ठूली हुँदै गएँ मलाई यो मूर्खता शिवाय केही लागेन र शिक्षिका बन्ने अठोट गरेँ। स्कुले जीवनले मलाई साह्रै छुन्छ किनकी म आफू नै स्कुले जीवन बिताइराखेकी छु', केही दिन पहिलेको एक अर्न्तवार्तामा उनले भनिन्

आजभोली बलिउडमा उनकै चर्चा परिचर्चा छ। नहोस् पनि किनकरन जोहर निर्मित फिल्म 'गिप्पी'मा उनले मुख्य भूमिका खेलेकी छिन्। जोहर निर्मित यो पहिलो बालबालिका केन्द्रित फिल्म हो।

हो उनी हुन् १४ वर्षीया रिया भिज। भारतको दिल्लीमा बस्दै आएकी उनी त्यहीँको माटेर डेई नामको स्कुलमा पढ्छिन्। उनकी आमाले एक एनजीओ चलाउँछिन् भने बुबा व्यापारी हुन्।

फिल्म गिप्पीको ट्र्रेलर रिलिज भएसँगै रियालाई खोजी निति गर्नेको संख्या पनि बढ्दै गएको छ। उनलाई ट्वीटरमा पछ्याउनेहरूको संख्या दिनानुदिन बढिरहेको छ।

गिप्पीको कथा सोनम नैरले लेखेकी हुन्। फिल्ममा मोटोपना घटाउन डाइटिंग गर्न नमान्ने १३ वर्षे केटी गुरप्रीत कौर (गिप्पी)को कथा छ। मोटो भएकै कारण साथीहरूबाट नरूचाइएकी निराश केटीको रूपमा रियाले गिप्पीको भूमिका खेलेकी छिन्। फिल्ममा किशोरावस्थामा आउने मानसिक र शारिरिक परिवर्तनलाई प्रस्तुत गरिएको छ। साथै किशोरावस्थामा पुगेका छोराछोरी आफ्ना बाबु आमासँग किन निराश हुन्छन् भन्ने कुरालाई फिल्ममा विनोदपूर्ण सरस शैलीमा उतारीएको छ। फिल्ममा रियालाई साथ दिन तहा शाहदिव्या दत्तजयाती मोदी र पंकज धिर लगायतका कलाकारहरूले साथ दिएका छन्।

रिया फुर्सदको समयमा पियानो बजाउन र पेन्टिंग गर्न मन पराउँछिन्। आफूले फिल्म खेल्ने कुरा कहिल्यै नसोचेको बताउने उनले हातमा आएको कामलाई त्यत्तिकै छोड्न नहुने बताउँछिन्। फिल्म खेल्नु अगाडी कहिल्यै क्यामेरा फेस नगरेकी उनी फिल्मको अडिसन र सुटिंगका क्रममा नर्भस भएकी थिइन्। 'तर सुटिंग युनिटको रमाइलो वातावरणका कारण पछि आफैँ सम्हालिन्थे', उनले अर्न्तवार्तामा भनेकी छिन्।

रिया वास्तवमा लजालु स्वभावकी छिन्। पारिवारिक जमघटमा लजाउने उनले फिल्म खेलेकै कारण आफ्नो लजाउने बानी हटेको बताएकी छिन्। स्कुलमा उनका साथीहरू पनि बढेका छन्।

रियाले भविष्यमा डेन्टिस्ट बन्ने लक्ष्य राखेकी  छिन्। आफूलाई बलिउडको उति साह्रो ठूलो फ्यान नभएको बताएता पनि इमरान खानरणविर कपुरपरिणीती चोपारा र आलिया भाट उनका मनपर्ने कलाकार हुन्।

आफ्नो अगाडी शररिको तौल र आकारको प्रश्न तेर्साइँदा उनी नर्भस हुन्छिन्। तर फिल्मकी गिप्पी जस्तो साथीहरूबाट नरूचाइएकी भने छैनिन् उनी। रमाइलो कुरा त के भने उनको माटो शरिरकै कारण उनलाई साथीभाइहरूले जिस्क्याउने आँट नै गर्नसक्दैनन्।

फिल्म खेल्नु अगाडि उनलाई लागेको थियो फिल्म भनको रमाइलो खेल हो जहाँ कलाकारले आफ्नो नाच र हिँडाइको चाल देखाउँछन् र चर्चित पनि हुन्छन्। तर जब उनी आफैले फिल्ममा अभिनय गर्न पुगीन् उनले थाहा पाइन फिल्म खेल्नु चानचुने कुरा रहेनछ। यो फिल्म खेलेसँगै अरू राम्रा फिल्म पाएमा उनले अभिनय गर्ने बताएकी छिन्। 'तर त्यसले मेरो पढाइमा बाधा नपुर्‍याओस्', अर्न्तवार्तामा उनले भनेकी छिन्।

किशोरावस्थाकै कुरा गर्दा उनले यस समयमा सबैलाई सचेत हुन आग्रह गर्छिन्। 'यो उमेर भनेको पढाइमा आफै सजग हुने बेला हो। त्यसैले अभिभावकले ज्यादा प्रेसर दिनु हुँदैन। 'किशोरावस्थामा देखापर्ने मानसिक र शारीरिक परिवर्तनलाई सरल रूपमा हेर्नुपर्ने उनले सुझाउँछिन्। उनी आफ्नी आमा र दिदीलाई सबैभन्दा  नजिकको साथीका रूपमा लिन्छिन्।

एक्सन फिल्म मनपराउने रिया बास्केटबल खेल्न उत्तिकै रूचि राख्छिन्। फिल्मको पात्र अनुसार उनको अभिनय अत्यन्तै सुहाएको फिल्मकी लेखिका तथा निर्देशक सोनम नैरले बताएकी छिन्। उनको सुन्दर माटो शरिर र अभिनय हेर्न भने आगामी १० तारिखसम्म कुर्नैपर्ने हुन्छ।

एजेन्सीहरूको सहयोगमा 
पीडित डेरावाल

पीडित डेरावाल

काठमाडौं– घरबेटीले मनपरी मूल्यवृद्धि गरे।बसाइमा सामान्य स्वतन्त्रता पनि भएन।बत्ती र पानीमा सधैं कचकच।पाहुना आएकोमा सधैं आपत्ति।अबेरसम्म पढेको र बिहान चाँडै उठेको पनि देखी सहेनन्।

थारु संगीतमा प्रेम र समर्पण

थारु संगीतमा प्रेम र समर्पण

अरी कहासेन सिरिजल चकियाक पिहि्रयाअरी कहासेन सिरिजल चकियाक खुटियाविवाहका बेला गाइने यो गीत पश्चिम नेपालको थारु समुदायमा लोकप्रिय छ। थारु भाषामा 'माँगर' भनिने यो गीत माघ–फागुन महिनामा बढी बज्छ। थारु समुदाय...

मेरो वागमती यात्रा

मेरो वागमती यात्रा

काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित...

बोझ होइन बुढेसकाल

बोझ होइन बुढेसकाल

सन् १९८३ मा अमेरिकाको हवाई छँदा अन्तर्राष्ट्रिय फेस्टिभलमा जापानी फिल्म हेरेकी थिएँ– 'ब्यालेड अफ नारायामा'। त्यस बेला हामी (श्रीमान्–श्रीमती) तन्नेरी नै थियौं। घरमा बूढो भएर थला परेका कोही थिएनन्। जापानी...

पहिले खोजीखोजी अहिले रोजीरोजी

पहिले खोजीखोजी अहिले रोजीरोजी

‘ओई मनसरा, पल्लाघरे लाहुरे आउँदैछन् रे यसपालि!'‘आई हो र? कहिले?'‘दसैंमा। घरजम गरेर मात्र फर्कने रे!'‘अनि पारिगाउँले लाहुरे पनि आऊला नि त? तँलाई मागेको छ रे होइन?'‘बढी बोल्छेस्? अहिले फेरि ...!'

लौ आयो मोन्सान्टो मकै

मकै नेपालमा कहिले भित्रियो त्यसको आधिकारिक जानकारी छैन। त्यसको खोज पनि भएको देखिँदैन। निश्चय नै आदिकवि भानुभक्तले मकैको छेलोखेलो भोगेको हुनुपर्छ। वहाँको कविताले त्यस्तै बोल्छ :असल् मुग्रेकेरा, कि त महि...

पढाइसँगै परामर्श

पढाइसँगै परामर्श

भक्तपुर गोठाटारस्थित युरो इन्टरनेसनलमा सात कक्षा पढ्दै गरेकी किशोरी रमिला (नाम परिवर्तन) लाई कक्षाकोठामै पहिलोपटक महिनावारी भयो। न उनलाई महिनावारीमा अपनाउनुपर्ने सावधानीको ज्ञान थियो न कसैलाई भन्नै सक्थिन्। सँगै बसेका...

सडक भरोसा

सडक भरोसा

दृश्य १ समय : बिहीबार, अपराह्न ३ बजेस्थान : राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बनस्थली१५ वर्षीया कौशिका ठकुरीको डायलाइसिस गर्ने पालो छ। तर, उनी आइपुगेकी छैनन्। अस्पतालमा सोधपुछ गरेपछि थाहा भयो,...