Thursday 6 Kartik, 2071 |
Menu

सुन एकैदिन ५ सय महँगो

(0 votes)
सुन एकैदिन ५ सय महँगो
काठमाडौँ - केही समय मूल्य गिरावट खेपेको सुन फेरि महँगिनेक्रम सुरु भएको छ। नेपाली बजारमा आज प्रति तोला सुन ५ सयले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। संघले आज छापावाल सुनको मूल्य ५८ हजार ९ सय रुपियाँ कायम गर्‍यो।
आइतबार सुनको मूल्य प्रतितोला ५८ हजार ४ सय रुपियाँ थियो।  तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार ६ सय ५० मा कारोबार भएको छ। हिजो यसको मूल्य ५८ हजार १ सय ५० थियो।