Thursday 21 Falgun, 2071 |
Menu

HUB

चुनाव रोक्न वैद्यको प्रस्ताव

(0 votes)

काठमाडौं— उच्चस्तरीय राजनीतिक समितिसँग वार्तामा बसेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसिर ४ गतेका लागि निश्चित गरिएको चुनाव स्थगित गर्नुपर्ने माग अघि सारेको छ। नयाँ वानेश्वरस्थित संविधान सभा भवनमा भएको वार्तामा मोर्चाले वर्तमान सरकार गठनअघि दलहरुबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ अध्यादेश खारेज हुनुपर्ने लगायतका १८ बुँदे माग अघि सारेको हो।

 

 


मोर्चाले खिलराज रेग्मी नेतृत्वको सरकारको राजीनामा पनि मागेको छ। मोर्चाले सर्वपक्षीय राजनीतिक सहमतिबाट दलीय नेतृत्वको सरकार गठन गर्नु पर्ने मागलाई अघि सारेको छ। वार्तामा बसेका चार दलका नेताहरुले भने चुनावबाट पछि नहट्ने अडान राखेका छन्।

समितिमा रहेका नेताहरुले बाधाअड्काउ अध्यादेश खारेज र सरकार विघटनबाहेक अन्य मागमा लचिलो हुनसक्ने बताएका थिए। वार्तामा माओवादी तर्फबाट अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा लगायतका नेताहरु सहभागी थिए।

यसअघि समितिले उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग वार्ता गरेको थियो। वार्तामा मोर्चाले वर्तमान सरकार गठनअघि दलहरुबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ अध्यादेश र उच्चस्तरीय राजनीतिक समिति खारेज हुनुपर्ने, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने, संविधानसभामा ४२ प्रतिशत प्रत्यक्ष र ५८ प्रतिशत समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने लगायत ६ बुँदै माग अघि सारेको थियो।