Thursday 2 Ashwin, 2071 |
Menu

ज्ञानेन्द्रले भने- 'राहत वितरण गर्दा कसैले टाउको दुःखाउनु पर्दैन'

  • शुक्रबार ११ श्रावण, २०७०
  • दिलबहादुर छत्याल
  • DISQUS_COMMENTS
(0 votes)
धनगढी- पूर्वराजा ज्ञानेन्द्र शाहले दैवी प्रकोपमा परेकालाई सहयोग गर्दा कसैले पनि टाउको दुःखाउन नहुने बताएका छन्। टीकापुरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मानवीय सहयोका लागि आफूहरु सुदूरपश्चिममा आएको बताए। 'दैवी प्रकोपमा परेका ब्यक्तिको सहयोग गर्नु सबैको कर्तव्य हो,' उनले भने, 'यसमा कसैले टाउको दुःखाउनु हुँदैन।'
उनले निर्वाचन आचार संहिताको नियम सबैलाई लागू हुने बताउँदै नेपाल सरकारको निर्णय बमोजिम स्थानीय दैवी प्रकोप उद्दार समितिलाई राहात हस्तान्तरण गरेको बताए। राहत पीडितले पाउनेमा विश्वैस गरेको उनले बताए।
पूर्व राजा ज्ञानेन्द्रको उपस्थितिमा कोषकी अध्यक्ष हिमानी शाहले दैवी प्रकोप समितिलाई राहात हस्तान्तरण गरेका थिए। जिल्ला प्रशासन कैलालीबाट गएका प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरे र रेडक्रसका पदाधिकारीले उक्त हिमानीबाट राहात बुझेर बाढी पीडितलाई वितरण गरेका थिए।
प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले आफैं वितरण नगर्न निर्देशन दिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह र हिमानी कोषले दैवी प्रकोप उद्धार समितिलाई राहात हस्तान्तरण गरेका थिए।
धनगढीबाट पूर्वराजा ज्ञानेन्द्र, कोमल शाह र हिमानी शाहलगायत राजपरिवारका सदस्य राहात लिएर टीकापुर गएका थिए। दार्चुलाका बाढी पीडितलाई आफैं राहत वितरण गरे पनि हिमानी कोषले टीकापुरका बाढी पीडितका लागि ल्याएको राहत सामग्री दैवी प्रकोप उद्दार समितिलाई हस्तान्तरण गरेको हो। 
राहत वितरण कार्यक्रममा बोल्दै हिमानी कोषका सचिव विजयालक्ष्मी राणाले हिमानी कोषले दुःखमा परेका जनतालाई सहयोग गर्दै आइरहेको बताइन्। नेपाल सरकारले गरेको निर्णय बमोजिम कोषको राहत सामग्री स्थानीय दैवी प्रकोप समितिलाई हस्तान्तरण गरिएको उनले बताइन्। 
हिमानी कोषद्धारा टीकापुरमा ७ सय ३० बोरा १५ किलोका दरले चामल, १ हजार पोका भाँडाकुडा र अन्य सामाम्री गरी ३७ लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको छ।
राहत वितरण कार्यक्रममा पूर्वराजासँगै पूर्वअधिराजकुमारी सिताष्मा शाह, दिलासा शाह, ह्दयन्द्र शाहसमेत टीकापुर गएका थिए। पूर्व राजाको स्वागतका लागि टीकापुरको खुला मञ्चमा हजारौंको संख्यामा स्थानीयवासी र समर्थकको सहभागिता थियो। 
पूर्वराजा ज्ञानेन्द्र शाहले कैलाली बलीया ५ मोतीपुरमा रहेको त्रीनेत्रश्वर मन्दिर र सती बजारमा रहेको पदम प्रकाशेश्वर मन्दिरमा पूजा पाठ गरेका थिए। उनका समर्थकले 'राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ'जस्ता नारा लगएका थिए।