Monday 17 Jestha, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

पूर्ण सेना बनेर बिदामा घर फर्के पूर्व लडाकु (फोटो सहित)

  • शुक्रबार २१ असार, २०७०
  • चाँदनी हमाल
  • Be the first to comment!
(0 votes)
पूर्ण सेना बनेर बिदामा घर फर्के पूर्व लडाकु (फोटो सहित)

चितवन— नेपाली सेनामा गएका माओवादीका पूर्व लडाकू शुक्रबारदेखि पूर्ण सैनिक बनेका छन्। नौ महिने आधारभूत सैन्य तालिम पूरा गरेका  १३ सय ५२ जना पूर्व लडाकू पूर्ण नेपाली सेना बनेका हुन्। २०६६ फागुण ३० को सेना समायोजन विशेष समितिको निर्णय अनुसार ७१ अधिकृत र १३ सय ७३ तल्लो दर्जाका लागि तालिममा सहभागी भएका थिए।

nepali-patro-may


अधिकृत बाहेक नौ महिने सैन्य आधारभूत तालिम पूरा गरेका सिपाही तथा अन्य पदिक तहले शुक्रबार तालिम लिएकै सेनाको तालिम केन्द्रबाट सैनिक जागिरेका लागि अनुमती पाएका छन्। सम्बिन्धित तालिम केन्द्रहरुबाटै उनीहरुलाई दज्र्यानी चिन्ह लगाई दिँदै सेनाका विशेष पदाधिकारीहरुको बिदाई गरेका छन्। सेना समायोजन रहेको र समायोजन रोजेका लडाकुहरुलाई नेपाली सेनाको एक कर्मठ, योग्य, अनुशासित र व्यवसायिक सिपाहीको रुपमा स्थापित गर्न यस तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

लामो समय भुमिगत जीवनमा माओवादी पार्टीको चर्का नारा घन्काउदै नेपाली सेनासँगै युद्ध लडेका उनीहरुले तालिमपछि बिदाईका क्षणमा  हामी सबै नेपाली र नेपाली सेना सबै नेपालीको’ भन्ने भावनात्मक सपथ खाए। विगत द्वन्द्वको सकारात्मक निष्कर्षका खातिर नेपाली सेनाले शान्ति प्रक्रियाको रुपमा यस समायोजन र समायोजित लडाकुहरुलाई तालिम प्रदान गरी राष्ट्रिय सेनाको एक कर्मठ, अनुशासित, निष्पक्ष गैरराजनैतिक र पेशेवर सैनिक सदस्यको रुपमा स्थापित भएको अत्मविश्वास सेनाले लिएको जनाएको छ।

 

प्रतिक्रिया