Thursday 28 Magh, 2072 |
Menu

republica-headerdiscount-subscribe1

istl

पुजारीद्वारा बालिका बलात्कृत

  • शुक्रबार २१ असार, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
जनकपुरधाम - धनुषा जिल्लाको रमदैया गाविसस्थित राजदेवी मन्दिरका पुजारी ४५ वर्षीय रामपुकार यादवले झारफुकको निहुँमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ। यही असार १८ गते भएको उक्त बलात्कारको घटना आज सार्वजनिक भएको हो।
nepalipatro-nagarik
स्थानीय सपही गाविस–४ बस्ने ती बालिकालाई पेट दुखेपछि झारफुकका लागि सो मन्दिरका पुजारीकहाँ उनकी आमाले पु¥याएको र पुजारीले आमालाई झारफुकका लागि सामान किन्न पठाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

पछि झारफुकको सामान लिएर त्यहाँ आएपछि घटनाबारे आमाले थाहा पाएर होहल्ला गरेपछि पुजारी भागेका थिए। 

गम्भीर अवस्थामा बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिए। 

आक्रोसित स्थानीयवासीले पुजारी यादवले झारफुकको नाममा पटकपटक यस्तो कार्य गर्दै आएकाले पुजारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । 

फरार पुजारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया