Monday 20 Baishak, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

संवैधानिक सङ्कटको निकासका लागि निर्वाचन अपरिहार्य : कोइराला

(0 votes)
काठमाडौं - नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुकमा विद्यमान राजनीतिक अन्योल र संवैधानिक सङ्कटबाट निकास दिनका लागि संविधानसभाको निर्वाचन अपरिहार्य रहेकाले अब त्यसलाई पछि सार्ने स्थिति नरहेको बताएका छन्।
nepalipatr-april
नयाँ विकल्प साप्ताहिकको २० औँ वार्षिकोत्सवको अवसरमा उहाँले मुलुकको राष्ट्रियता कमजोर रहेको अहिलेको अवस्थामा प्रजातन्त्रमाथि पनि चुनौती थपिँदै गएको र यसलाई सुदृढ गर्न निर्वाचनको विकल्प नरहेको स्पष्ट पारे।

उहाँले निर्वाचनको माध्यमबाट जनताको सर्वोच्चता कायम राख्न सकिने हुँदा निर्वाचनप्रति असन्तुष्ट राजनीतिक दल पनि देश र जनताप्रति जिम्मेवार भई चुनावमा सहभागी हुन आग्रह गरे। 

कार्यक्रममा नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय र डा मिनेन्द्र रिजालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धि प्राप्त गर्न संविधान निर्माण गर्नुपर्ने हुँदा निर्वाचनको विषयमा आशङ्का नगर्न आग्रह गरे।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति शिव गाउँले, नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालगायतले लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रक्रियामा सञ्चार क्षेत्र चनाखो हुनुपर्ने बताए।

पत्रिकाका प्रकाशक एवम् प्रधानसम्पादक दामोदरप्रसाद दवाडीले लोकतन्त्रको पक्षमा पत्रिका क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा हरिविनोद अधिकारी, धर्मराज गौतम र केदार मानन्धरलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया