Wednesday 1 Ashwin, 2071 |
Menu

बन्दकारीले ट्रकमा आगो लगाए

  • आइतबार १२ जेष्ठ, २०७०
  • सन्तोष सिंह
  • DISQUS_COMMENTS
(0 votes)
बन्दकारीले ट्रकमा आगो लगाए
सर्लाही – मधेस बन्द आव्हान गरेका सदभावना कार्यकर्ताले सर्लाहीमा मालवाहक ट्रकमा आगजनी गरेका छन्। बन्दकर्ताहरुले सवारी साधनमा तोडफोड समेत गरेका छन्। आज बिहान राजमार्ग बन्द गराउन आएका सदभावना कार्यकर्तालाई प्रहरीले लाठि चार्ज गरेर नवलपुरमा तितर बितर बनाए पछि आक्रोसित भएका कार्यकर्ताले सवारी साधनमा तोडफोड गर्नुको साथै ट्रकमा आगजनि गरेका हुन।
बिरगंजबाट जालेश्वर तर्फ जादै गरेको ना २ ख ६३३३ नम्बरको गाडिमा आगजनि गरेका हुन। प्रहरीले नवलपुर चौकमा बल प्रयोगरे पछि जङ्गल पसेका सदभावना कार्यकर्ता लालबन्दी र नवलपुरको बिचमा ट्रकमा अन्धाधुन्ध ढुङ्ग प्रहार गरी पेट्रोल छर्केर आगो लगाएको चालक गफुर मियाले बताए। ट्रकमा रहेको सिमेन्ट र निमार्ण समाग्रि जलेर नष्ट भएका छ। तत्कालै घटना स्थल पुगेका प्रहरीले केहि सिमेन्ट र प्लाष्टिकको पाइप बचाएको छ।

राजमार्ग बन्द गराउने सदभावनाका सर्लाही जिल्ला अध्यक्ष प्रमोद साह सहित सात जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बलराम राईले बताए। प्रहरी लाठी प्रहार बाट पाँच जना घाई भएका छन। घाइतेहरुको उपचार स्थानिय अस्पतालमा भइरहेको छ। सदभावनाको मधेस बन्दले राजमार्ग पुर्ण रुपले ठप्प भएको छ। सवारी साधनमा तोडफोड र आगजनि भए पछि पुर्व पश्चिम राजमार्गमा व्यापक प्रहरी परिचालन गरिएको छ।

काठमाडौंमा आमरण अनसन बसेका सदभावना अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले बल प्रयोग गरी अस्पताल भर्ना गराएको बिरोधमा सदभावनाले आइतबार मधेस बन्द आव्हान गरेको हो। बन्दले मधेसको जनजिवन प्रभावित बनेको छ। संविधान सभाको चुनावको मिति घोषाण सहित विभिन्न दश बुदे माग राख्दै सदभावना अध्यक्ष महतोले आमरण अनसन बसेका थिए। यस अघि सदभावनाले दश बुदे माग पुरा गराउन एक साथ तराइका जिल्लामा रिले अनसन, आमरण अनसन र एक दिने मधेस बन्द गरेका थिए।

यता शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरे पछि बाध्यताबस तोडफोड र आगजनि गर्न बाध्य भएको सदभावनाका केन्द्रिय सदस्य उपेन्द्र महतोले बताए। तोडफोड गर्ने पक्षमा हामि छैनै, महतोले भने...प्रहरीले बल प्रयोग गरे सदभावनाले प्रतिकार गर्छ।'