Thursday 15 Shrawn, 2071 |
Menu

३ दिन भित्र चुनाव मिति घोषणा गरिने

  • आइतबार १२ जेष्ठ, २०७०
  • बालकृष्ण अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)

काठमाडौं – ३ दिन भित्र चुनाव मिति घोषणा गर्ने तयारीमा मुख्य चार राजनीतिक दल र सरकार सहमत भएका छन्। मन्त्रिपरिषद अध्यक्ष निवास बालुवाटारमा मुख्य दलका शीर्ष नेता र चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी सहभागी बैठकले यस्तो निर्णय गरेको हो। चुनावको विरोधमा रहेका दलहरु तथा निर्वाचन कानुनका विषयमा रहेका विवाद बारे सहमति जुटाउन दलहरुले केही समय मागेका हुन्।

बैठकपछि बाहिरिएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज ४ बस्ने भनिएको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बिहान ९ बजेलाई सार्ने निर्णय गरिएको जानकारी दिए। 'सबै दलहरुलाई सहमतिमा ल्याएर निर्वाचनको मिति घोषणा प्रयास गर्न काम भएको छ', ठाकुरले भने- 'बैठकमा सरकारी वार्ता टोली र दलका शीर्ष नेताहरुले गरेको वार्ताको प्रगति विवरण बारे समीक्षा भयो।'