6 Baishak, 2071 |
Menu

अन्तर्वार्ता

खराब व्यापारीहरु निशानामा पर्छन्

(0 votes)
खराब व्यापारीहरु निशानामा पर्छन्
पद्म ज्योति राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) र ज्योति ग्रुपका अध्यक्ष हुन्। एनबीआईले केही दिनअघि कार्यान्वयनमा ल्याएको साझा व्यावसायिक आचारसंहिताले मुलुकलाई तरंगित बनाएको छ। यसअन्तर्गत उपभोक्तालाई प्राथमिकतामा राख्ने, प्रतिस्पर्धात्मक बजारलाई कायम राख्ने, कर तिर्ने, श्रमिक छनौंटमा प्रतिस्पर्धा गर्ने, वातावरणमैत्रीमा ध्यान दिने र भ्रष्टाचार रोक्ने प्रतिबद्धता तीन दर्जन व्यावसायिक संस्थाले गरेका छन्। एनबीआईको साझा आचारसंहिता, कार्यान्वयनका चुनौतीलगायत् विषयमा नागरिकका विज्ञान अधिकारी, सुदर्शन सापकोटालीला घिमिरेले उनीसँग गरेका कुराकानी :

तपाईँहरुले भर्खरै मात्र व्यवसायीका लागि संयुक्त व्यावसायिक आचारसंहिता सार्वजनिक गर्नुभयो। यसको अवश्यकता किन महसुस गर्नुभयो?

नेपाललाई आर्थिक उन्नति चाहिएको छ। त्यो उन्नति निजी क्षेत्रको सहयोगबिना असम्भव छ। मुलुकको आर्थिक विकासका लागि यति ठूलो जिम्मेवारी बोकेको क्षेत्रप्रतिको आमधारणा गलत हुनु भनेको राम्रो होइन। यसले गर्दा उद्योग व्यवसायमा नयाँ र राम्रा मानिसको प्रवेशमा समेत अवरोध सिर्जना हुने भयो। जो जो यो क्षेत्रमा लागेका छन्, उनीहरु पनि निरुत्साहित हुने डर भयो। सबैले खराब तरिकाले व्यवसाय गर्दैनन्। तर आमधारणामा निजी क्षेत्रलाई नै एउटै 'बास्केट' मा राखेर सबैलाई खराब नै हुन् भनेर हेर्ने गरियो। यो प्रवृतिलाई निरुत्साहित गर्नु जरुरी देखियो। यही पृष्ठभूमिमा हामीले व्यावसायिक आचारसंहिताको अवधारणा ल्याएका हौं। 
यसका लागि हामीले लामो अध्ययन गरेका छौं। सर्वेक्षण गरेका छौं। यसका लागि हामीलाई ५ महिनाभन्दा धेरै समय पनि लाग्यो। करिब २१ वटा वस्तुगत व्यावसायिक संघ/संस्थालाई सर्वेक्षणमा सहभागी गराइयो। प्रत्येक संघसँग असल व्यावसायिक अभ्यास लागु गर्दाका व्यवधान के के छन् भन्ने विषयमा पहिलो चरणको अन्तर्क्रिया भयो। उहाँहरुले आ–आफ्नो धारणा दिनुभयो। तर संघ आफैँले कुनै व्यवसाय गर्ने त होइन। व्यवसाय गर्ने उसका सदस्य व्यावसायिक कम्पनीहरुले हो। वास्तविक असल व्यवसायको परीक्षा त त्यहाँबाट हुन्छ। त्यस कारणले हामीले प्रत्येक व्यावसायिक संघलाई आफ्ना पाँच पाँच जना सदस्यलाई सर्वेक्षणमा सहभागी हुन मानोनयन गर्नुहोस् भन्यौं। हामीले ती सदस्यसँग पनि व्यापक अन्तर्क्रिया गर्यौंव। सबैले एकदमै सक्रियतापूर्वक सर्वेक्षणमा भाग लिए। आचारसंहिता तयार गर्ने सन्दर्भमा सबैले सक्रियरूपमा भाग लिएजस्तै यसको पालना गर्नेतर्फ पनि सबैले तदरुकता देखाउने हो भने यसले निजी क्षेत्रप्रति आममानिसको धारणा परिवर्तन गर्न अवश्य सहयोग पुग्नेछ। 

बाहिर त....

बाहिर जे टिप्पणी भइरहेको छ, त्यो सही होइन। हामीले कुनै राजनीतिक स्वार्थ पूर्तिका लागि यो नाटक गरेका त होइनौं नि। यो त हामी आफैँलाई अनुशासनमा राख्नका लागि हामीले गरेको एउटा सानो सकारात्मक प्रयासमात्र हो। यसले हाम्रो आफ्नै छवि सुधार्न सहयोग गर्नेछ। राम्रोसँग व्यवसाय गर्ने मानिसको जमात बढाउन यो प्रयासले सहयोग गर्न सक्यो भने अभियान सफल भएको मान्नुपर्छ। सबैले आचारसंहितामा रहेर काम गर्न सुरु गर्योग भने प्रतिस्पर्धा त्यहीँबाट सुरु हुन्छ। 
दोस्रो कुरा भनेको भर्खरैमात्रै पनि एउटा अन्तर्राष्ट्रिय सर्वेक्षणले नेपालमा सबैभन्दा धेरै भ्रष्ट राजनीतिक पार्टीहरु भएको देखाएको छ। यस्तो तथ्यांकमा निजी क्षेत्र सबैभन्दा तल छ। हामीले अन्य ठाउँमा पनि सुधार खोजेको हो। एकै पटक अरुलाई तपाईँहरु सुध्रनुपर्योै भन्नु भन्दा पहिले आफैँले केही सकारात्मक काम गरेर सुरु गर्नुपर्योई भन्ने पनि हाम्रो चाहना थियो। त्यसैको सुरुवात् पनि हो यो। हामीले नै पहिले परिवर्तनको प्रयास सुरु गर्यौं भने हामीप्रति अन्यको धारणमा पनि परिवर्तन आउनेछ।

एनबीआईले साझा आचारसंहिता कार्यान्वयनमा ल्याएपछि सामाजिक सञ्जालमा धेरै टीकाटिप्पणी पनि भयो। समाजिक सञ्जालमा कर्मचारी र राजनीतिक दलहरुले भ्रष्टाचार निर्मूल पार्छु भन्नु र व्यवसायीले व्यावसायिक आचारसंहितामा रहेका काम गर्छौं भन्नु एउटै जस्तो हो भनेर टीकाटिप्पणी गरिएको छ नि? 

यो 'सिनिसिजम' अर्थात् शंका गर्ने स्वाभावका कारण पैदा भएको आवेग हो। नेपालमा पछिल्लो समय राम्रो र सकारात्मक काम गर्ने मानिसको संख्या एकदमै कम देखिएको आभास हुन थालेको छ। यसले सबै क्षेत्रमा नैराश्यता पैदा गरेको छ। सबै नकारात्मक कुरामा हामीलाई बानी परिसकेको छ। हामी त्यसैमा रमाइरहेका छौं। यो दुर्भाग्यपूर्ण लक्षण हो। केही नयाँ र सकारात्मक कुरा भइरहको भए सबैको ध्यान त्यतातर्फ जान्थ्यो। नकारात्मक कुराबाट केही समयका लागि भए पनि मानिसको ध्यान विकेन्द्रित हुने थियो। 
तर हामीले गरेको काम एकै पटकमा एउटा 'ह्विम' मा आएर गरेका होइनौं। यसको पछाडि केही कारण छन्। केही पृष्ठभूमि छन्। पछिल्लो समय आमजनमानसमा निजी क्षेत्रबारे नराम्रा अफवाह फैलिएका छन्। सर्वसाधारणमा हामी निजी क्षेत्रबारेमा गलत र नराम्रा दृष्टिकोण व्याप्त छन्। हामीले गर्ने कामबारे, व्यवसाय गर्ने तौरतरिकाबारे धेरै पक्षबाट शंका प्रश्न तेर्सिए। यसले गर्दा हामीमध्ये केहीलाई चिन्ता भयो। यो चिन्ता स्वाभाविक पनि थियो। 

आचारसंहितामा प्रतिबद्धता जनाउन आएका कतिपय उद्योगी/व्यवसायीहरु प्रतिस्पर्धामा विश्वास नगर्ने र उपभोक्तालाई ठग्न पाउनुपर्छ भन्ने मान्यता बोकेका थिए। असल व्यावसायिक अभ्यास कार्यान्वयन गर्ने विषयमा उनीहरुको सहभागिता चुनौतिपूर्ण हुँदैन? 

यो चिन्ता हामीमा पनि व्याप्त छ। किनेभने कुरा गर्नमात्रै सजिलो हुन्छ। त्यसलाई वास्तविकतामा लागु गर्न भने गाह्रो हुन्छ। तपाईँले भनेजस्तै सिन्डिकेटबिना व्यवसाय सञ्चालन गर्न गर्न सकिँदैन भन्नेको पनि जमात छ हामीकहाँ। सिन्डिकेट नभएको भए त हाम्रो घर खेत नै पनि व्यवसाय गर्दा समाप्त भइसक्ने थियो भन्ने पनि छन्। यस्तो प्रकारको गलत व्यावसायिक अभ्यास हामीकहाँ सुरु भएको छ। हामीले धेरै छलफल गरेपछि व्यावसायिक अभ्यासका ६ वटा क्षेत्र पहिचान गरेका छौं। यो पहिचान गरेर छलफल गर्दा केही कार्यान्वयनका चुनौतीका विषयमा समेत कुरा आएका थिए । तर हामीले अर्कोतर्फ आचारसंहितामा केही अन्तर्राष्ट्रिय मान्यतालाई पनि आत्मसात् गर्नुपर्यो । सबै विषयमा छलफल गर्दा तपाईँहरुले भन्नुभएको केही व्यवसायीले पनि आचारसंहितामा यो तहसम्मका स्वअनुशासन त हामीमा पनि हुनुपर्छ भन्ने आत्मालोचना गर्नुभएको छ। त्यसको प्रमाण भनेको आचारसंहिता सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा देखिएको सहभागिता पनि हो भन्ने हामीलाई लागेको छ। हामीले उक्त संख्यामा व्यवसायी साथीहरु आउलान् भन्ने सोचेका थिएनौं। सहमागिताले हामी व्यवसायीहरुमा पनि कोही न कोहीले यो प्रयास गरे हुन्थ्यो, आचारसंहिता अवश्यक छ भन्ने जस्ता भावना अन्तर्निहित भएको प्रमाणित भएको छ। 

व्यवसायीहरुले आचारसंहिताको समर्थन वा आडमा खराब व्यावसायिक अभ्यास गर्ने सम्भावना नकार्न सकिएला र? यसलाई बाध्यता वा देखाउनका लागि समर्थन गरिएको पनि त हुन सक्छ?

यो तथ्य नकार्न सकिँदैन तर पनि सबै चिजलाई शंकाको दृष्टिले मात्रै पनि हेर्नुहुँदैन। सकारात्मक पनि सोच्नुपर्छ। शतप्रतिशत खराब नभए पनि सबै त्यस्तै छन् भनेर सोच्ने हो भने त कसरी अगाडि बढ्न सकिन्छ र? त्यसकारण राम्रो सोचबाट आएका व्यवसायीहरु नै धेरै होलान् भनेर हामीले सोचेका छौं र सोच्नु पनि पर्छ। अर्कोतर्फ जति जना आउनुभयो, सबै जना सानो आग्रह र आमन्त्रण स्वीकार गरेर आउनुभएको हो। कसैले पनि कसैलाई देखाउन आचारसंहिताको समर्थन गर्नुभएको जस्तो त सार्वजनिक कार्यक्रम समारोहमा पनि देखिएन। त्यही भएर उनीहरुलाई देखावटी भनेर आरोप लगाइहाल्ने ठाउँ छैन। 
तर जसरी यो सुरु भएको छ, यो एकदमै साधारण तबरबाट सुरु भएको छ। यसलाई दोस्रो चरणमा थप व्यावहारिक बनाएर अगाडि बढाउनुपर्नेछ। वस्तुगत संघका ठूला सदस्य कम्पनीहरुबाट यसलाई स्वस्फूर्तरूपमा लागु गराउनका लागि प्रयास गर्न सकेमा यसले राम्रा सुरुवात् प्राप्त गर्न सक्छ। 
आचारसंहिता तयार गर्दा र यसलाई स्वस्फूर्तरूपमा लागु गर्ने विषयमा धेरै विवाद पनि भएको हो। के कुरा समावेश गर्ने, के नगर्ने भन्ने विषयमा व्यापक छलफलपछि सबैलाई समेट्न सक्ने विषयवस्तु छानिएको हो। आजको दिनलाई मात्रै हेरेर यसलाई लिनुहुन्न। अन्तर्राष्ट्रियरूपमा व्यापार/व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्ने समयमा साना कुरामा अल्मलिएर बस्नुहुन्न। अलि व्यापकरूपमा यसलाई व्यवहारमै लागु गर्नुपर्छ भन्ने मतमा धेरै व्यवसायी साथीहरु सहमत हुनुभएको हो। 

आचारसंहितामा लाभका लागि कुनै पनि राजनीतिक दललाई चन्दा नदिने भनेर लेखिएको छ। पञ्चायतदेखि राजतन्त्र, प्रजातन्त्र र अहिलेको लोकतन्त्र भनिएको राज्य व्यवस्थामा आफ्नो स्वार्थका लागि राजनीतिक दललाई चन्दा दिने गरेका छन्। राजनीतिक दलले जस्तै लाभको पद पाउन कोट भिरेर दौडिएका छन्। यस्तो अवस्थामा लाभका लागि चन्दा दिन रोकिन्छ भन्ने आधार के हो? 

पछिल्लो समय चन्दा दिने र लिने पक्षहरु पारदर्शी नहुँदा सबै पक्षमा नाकारात्मक असर परेको छ। यसलाई जायज खर्चका रूपमा लिने कि नलिने? यसलाई वैध खर्च मान्ने कि नमान्ने? यो विषयमा स्पष्ट भएर यसलाई करसँग कसरी संयोजन गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ। यसले गर्दा नेपालमा चन्दा पनि एउटा ठूलो समस्याका रूपमा देखापरेको छ। तर नेपालको संस्कृतिमा चन्दा एउटा असल सामाजिक अभ्यासका रूपमा चल्दै आएको थियो। समाजप्रति उत्तरदायी बन्नका लगि यो एउटा उत्कृष्ट माध्यम थियो। एउटाले मात्रै गर्न नसक्ने कामका लागि समाजका सबै वर्गसँग मिलेर आर्थिक जोहो गर्ने यो परम्परालाई विकृत बनाइयो। आफूले आर्जन गरेको कमाईको केही हिस्सा समाजलाई नै फिर्ता गर्नुपर्छ भन्ने मान्यताबाट चन्दा दिने र माग्ने परम्परा निर्देशित थियो र हुनुपर्छ। 
चन्दा अहिले फन्दा भएको छ। तिहारमा रमाइलो गर्नका लागि खेलिने देउसी भैलोसमेत यस्तो चन्दाको कारण विकृत भएको छ। चन्दा भनेको त स्वेच्छिक हुनुपर्ने, त्यो हुन सकेन। आजकाल त यी चाडहरुमा कोही पनि भैलो खेल्न कोही आउँछु भन्यो भने पनि डराउनुपर्ने हुन्छ। चाडपर्वको बेलामा भाग्नुपर्ने अवस्थालाई अवश्य पनि राम्रो मान्न सकिँदैन। हामीले आचारसंहितामा चन्दा नदिने भनेका छैनौं। नेपाल गरिब देश हो। केही मानिसको जीवनस्तर राम्रो होला तर सबैको छैन। 
सबै कुरा पैसाले नै गर्न सकिन्छ भन्ने मानसिकताले पनि यहाँ समस्या पैदा गरेको छ। पैसा अवश्यकता हो तर सबै थोक त होइन नि। पैसाले नै चुनाव जितिन्छ भन्ने पनि होइन। पैसा पनि अवश्यक भने पर्छ। कुनै पार्टीले चुनावमा यतिभन्दा धेरै खर्च गर्न पाइँदैन भन्ने नियम भए पनि न्युनतम खर्चको पनि त जोहो गर्नुपर्योम। यस्तामो पार्टीहरुले आफ्ना कार्यकर्ता, सदस्य वा कोही पनि चिने/जानेको संस्था, व्यवसायीसँग त हो आर्थिक सहयोग माग्ने भनेको। तर यो पारदर्शी र स्वेच्छिक हुनुपर्छ भन्ने हाम्रो विचार हो। 
राजनीतिमा पनि यही हो। राजनीतिको नाउँमा चन्दालाई आतंक बनाउनुभएन। जसले पनि पार्टीको नाउँमा चन्दा उठाउनुभएन। कुनै एउटा लाभ लिनका लागि अहिले चन्दा दिन्छु, पछि शक्तिमा पुगेपछि राजनीतिक दलको प्रतिनिधिले मलाई विभिन्न सहयोग गर्नुपर्छ भन्नु भएन। राजनीतिमा आदर्शवान व्यक्ति पनि छन्। उहाँहरुले आफ्नो सम्पूर्ण जिन्दगी राजनीतिमा लगाउनुभएको छ। त्यस्तो व्यक्तिलाई र राम्रो भिजन भएको पार्टीलाई सहयोग गर्नु नै पर्छ। कुरो के मात्रै हो भने स्वार्थसँग जोडिएर गरिने लेनदेनलाई हामीले निषेध नै गर्ने भनेका हौं। यो एक प्रकारको भ्रष्टाचार नै हो। यसरी बुझियो भने सबैभन्दा राम्रो होला। 

आचारसंहिता कार्यान्वयनको पक्ष त महत्वपूर्ण भई नै हाल्यो। यो लागु भयो/भएन भनेर कसरी अनुगमन गर्नुहुन्छ?

आचारसंहिता स्वेच्छाले पालना गर्नका लागि तयार गरिएको हो। हामीले कुनै पनि व्यावसायिक कम्पनी वा व्यक्तिलाई यो संहिताको अक्षरश पालना गर, होइन भने तिमीहरुलाई दण्ड सजाय पनि हुन सक्छ भन्न सक्दैनौं। दैनिकरूपमा व्यवसाय सञ्चालन गर्दा, सरकारलाई राजस्व, कर बुझाउँदा मैले नियम पालना गर्नुपर्छ भन्ने भावना आचारसंहिताले प्रत्येक व्यवसायीमा विकास गरोस् भन्ने यसको उद्देश्य हो। 
कार्यान्वयन गर्ने पनि हामी व्यवसायीकै दायित्व हो। यसमा अरुले बल गर्ने भन्ने होइन। त्यसैले यो चिज त राम्रो हो तर लागु हुन गाह्रो छ भन्ने भन्दा पनि यसलाई लागु गरिहाल्नेतर्फ हाम्रा सदस्य व्यवसायी साथीहरु लागिपरेको खण्डमा यसको नतिजा पनि निस्कन्छ। यो आफैँले सुन्ने अनि पालना गर्ने विषय हो। मानसिकरूपमा आफैँलाई असल व्यावसायिक अभ्यास गर्न दबाब दिने औजार हो आचारसंहिता। 

तैपनि अनुगमन गर्दा त झनै राम्रो होला नि, हैन?

आचारसंहिता लागु भयो/भएन भनेर अनुगमन गर्ने भनेको हामीबीच कुनै समयमा समीक्षा गर्ने भन्नेमात्रै हो। संहिता लागु नगर्नेलाई त हामीसँग दण्ड गर्ने अधिकार छैन तर राम्रोसँग पालना गर्नेहरुको पहिचान गरेर पुरस्कृत गर्न भने सकिन्छ। यसका लागि कुनै विशेष प्रकारको 'मोडल' तयार गरी आचारसंहिता पालना गरेका कम्पनीहरुको समीक्षा गर्न पनि सकिन्छ। आचारसंहिताको प्रभाव कस्तो पर्योि भन्ने पनि केही हदसम्म मापन गर्न पनि सकिन्छ। यसका लागि आउँदा दिनमा पुनः बसेर छलफल गर्नुपर्ने हुन्छ। 
सरकारले पनि विभिन्न क्षेत्रमा सफल भएका व्यवसायीलाई पुरस्कार दिने गरेको छ। उनीहरुको यस्तो सफलता धेरै कर तिर्ने, धेरै निर्यात गर्ने, उत्कृष्ट उत्पादन गर्ने भन्ने जस्ता आधारमा दिने गरिएको छ। हामी आचारसंहिता पालनाको अध्ययन गरेर यस्तो संहिता पालना गर्नेहरुलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सक्छौं। तर यसका लागि एनबीआई नै केन्द्रमा हुनुपर्छ भन्ने होइन। हामीले सहयोग गर्न सक्छौं। पुरस्कारको मापदण्ड तय गर्न सक्छौं। 

एनबीआईले गरेको अध्ययनले निजी क्षेत्रमा औपचारिकभन्दा अनौपचारिकरूपमा काम गर्ने व्यवसायीको संख्या धेरै भएको देखाएको थियो। यस्तो आँकडाले त आचारसंहिता पालना गर्नमा अवरोध खडा गर्दैन? अनौपचारिक कारोबार गर्ने कम्पनी र व्यवसायी कुन–कुन क्षेत्रसँग सम्बन्धित पाउनुभयो?

यो नै कम्पनी भनेर भन्न म अहिले सक्दिन तर अर्को समस्या के भने कसलाई औपचारिक र कसलाई अनौपचारिक भन्ने? जसले आफ्नो व्यवसाय नै अनौपचारिक कारोबारका आधारका खडा गरेको छ, उहाँलाई औपचारिक कारोबारमा ल्याउन खोज्ने हो भने उहाँको व्यवसाय नै समाप्त हुन्छ। यस्ता व्यवसायी धेरै नै छन्। कतिपयले त्यही व्यवसायलाई कानुनी र औपचारिकरूपमा पनि सञ्चालन गर्न सकिन्छ भन्ने ज्ञान पनि छैन। यस्ता व्यवासायीलाई क्षणिक लाभका लागि भन्दा पनि व्यवसायको दीर्घकालीन स्थायित्वका लागि आचारसंहितामा रहेमा काम गर्दा सजिलो हुन्छ भनेर बुझाउनुपर्छ। 
सबैले देशको कानुनमा रहेर व्यवसाय गर्नुपर्छ, त्यसमा कुनै दुई मत छैन तर एकै पटक नियममा ल्याउँछु भनेर पनि सकिँदैन। सबैलाई औपचारिक करोबारमै प्रवेश गराउनुपर्छ। यसका लागि समय लाग्छ। 

तपाईँहरुकै अध्ययनमा आचारसंहिता वा नियममा बसेर काम गर्दा पनि व्यवसाय असफल भएको उल्लेख छ? के आचारसंहिताभित्रै रहेर व्यवसाय गर्न कठिन छ?

अघि भनेजस्तै क्षणिक लाभका लागि भन्दा पनि व्यवसायको दीर्घकालीन स्थायित्वका लागि आचारसंहितामा रहेर काम गर्दा सजिलो हुन्छ भनेर बुझाउनु ज्यादा बुद्धिमानी हुन्छ। केही व्यवसायीले कर छलेर, कम मूल्यांकन गरिएका सामाग्री बिक्री गर्दा कर तिर्ने र भन्सारमा नियमपूर्वक कर र भन्सार तिर्ने व्यवसायीहरु प्रतिस्पर्धामा उत्रन नसकेको पनि तीतो उदाहरण नेपालमा छन्। तर असल काम गर्नेको तुलनामा कमसल काम गर्ने व्यवसायीको भविष्य छोटो हुन्छ। त्यो सबैले बुझ्नु जरुरी छ। 

एनबीआईले दुई वर्षअघि गरेको अध्ययनमा अनौपचारिक कारोबार गर्ने उद्योगी/व्यवसायी विभिन्न सशस्त्र समूहको निशानामा परेको सार्वजनिक भएको थियो। यो अवस्था अहिले पनि छ? 

हो। अनौपचारिक कारोबार गर्ने उद्योगी/व्यवसायी निसानामा परेको सत्य हो। भन्सार छल्ने, राज्यको दायरामा नआएर कारोबार गर्ने व्यवसायीलाई त्यस्ता समूहले बढी दुःख दिने गरेको पाइयो। चन्दालगायतका दबाब राम्रा व्यवसायीलाई पनि छ तर नराम्रो गर्नेले धेरै समस्या भोगेका छन्। 
एनबीआईको सदस्यका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ छ तर एनबीआईको कार्यक्रमकै दिन र समय पारेर महासंघले पनि कार्यक्रम राख्यो। यसलाई धेरैले एनबीआई र महासंघबीच चिसोपना बढेको रूपमा हेरेका छ नि...
त्यो दिन प्रमुख अतिथि मन्त्रिपरिषद्का अध्यक्ष र वक्ताका रूपमा महासंघका अध्यक्षको पनि मन्तव्य कार्यक्रम थियो। एक महिनाअघि नै महासंघका अध्यक्षले कार्यक्रममा आउने वचनबद्धतासमेत दिनुभएको थियो तर अचानक नेपाली कांग्रेससँग छलफल कार्यक्रम तय भएको जानकारी हामीले पायौं। कांग्रेसका नेताहरु विदेश जानुपर्ने भएकाले अघिल्लो दिन कार्यक्रम गरिएको रहेछ। अरु समयमा अनुकूल नभएकाले त्यही बेला गरिएको भनेर अध्यक्षले भन्नुभएको थियो। त्यसैले यसलाई ठूलो रूपमा लिनुपर्दैन। 
अर्को कुरा महासंघले ठूलो क्यानभासमा काम गरेको हुन्छ। एनबीआईको केही सीमित भूमिका छ। यस्तै सफ्ट इस्युमा मात्र हामी काम गर्छौं। कर, लगानीका कुरा हामी गर्दैनौं, त्यो हाम्रो काम होइन। यदि यस्तो गर्नैपर्योु भने म पनि त्यहीँ गएर गर्छु। त्यसैले दुई संस्थाबीच डुप्लिकेसन गर्ने, प्रतिस्पर्धा गर्ने काम नै छैन। एनबीआई गराउने एक जना संस्थापक महासंघ पनि हो। महासंघ यसको पदेन उपाध्यक्ष हुन्छ। 

तपाइँहरु चेकमार्फत् चन्दा दिनुपर्छ भन्नुहुन्छ, महासंघले २५ हजारसम्म चन्दाको कुरा उठाउँछ। तपाईँहरुले जुन जुन कार्यक्रम ल्याउनुहुन्छ, त्यसको प्रतिउत्तरस्वरूप महासंघले त्यस्तै कार्यक्रम ल्याउँदै आएको देखिन्छ नि?

महासंघमा समस्या के छ, त्यो उहाँहरु नै जान्नुहुन्छ तर हामीले काम गर्दा त्यस्तो समस्या महासंघसँग परेको छैन। हामी आफ्नो तरिकाले कुरा गर्छौँ, काम गर्छौँ। हामीसँग महासंघमा सक्रिय संघ/संस्थाले पनि काम गरेका छन्। उता निस्त्रि्कय रहेकाले पनि काम गरेका छन्। जस्तो पूर्वलडाकुलाई काम दिने भन्ने विषय हामीले उठाएका थियौं। यो विषयमा पनि महासंघको मेन स्विममा नहुने पनि आएका थिए। नेपालमा प्राइभेट सेक्टर बढ्दै गएपछि सबैमा सबै बस्ने कुरा भएन, टाइम पनि नहुने, रुचि पनि नहुने भएकाले जता पनि काम हुन सक्छ। एनबीआईमा चुनाव हुने, पद चाहिने जस्तो पनि छैन। यसमा काम गर्ने हो। हामी पनि काम गर्न नै आएको हो। जहाँसम्म चन्दाको विषय छ, उहाँहरुले ऐनका कुरालाई लिएर यसो भन्नुभएको हो। अहिले सबै काम चेकमार्फत् हुन थालेका छन्। विश्वभरको ट्रेण्ड पनि यस्तै छ। 

महासंघमा राजनीति बढी जोडिन्छ, चुनावमा उठ्दा पनि कुनै न कुनै पार्टीसँग जोडिने, झण्डा बोक्ने जस्ता प्रवृत्ति पनि देखिन्छ। यसलाई कसरी हेर्नुहुन्छ?

यो समय परिस्थितिको पनि उपज हो जस्तो लाग्छ। ठीक ठीक समयमा हामी अगाडि बढ्न सकेनौं, त्यसैको असर हो। व्यक्तिमा पनि असर पर्छ। कि राजनीति गर्नुपर्योह कि व्यावसायिक संगठनको राजनीतिमा आउनुपर्योक। महासंघमा मात्र होइन, अरु क्षेत्र पनि दुर्गन्धित हुन थालेको छ। तर महासंघको विधानअनुसार महासंघको पदमा आइसकेपछि राजनीति छोड्नुपर्छ। त्यस्तै कुनै पार्टीमा सदस्यमात्र छ भने पनि महासंघमा चुनाव लड्न पाउँदैन। 

तपाईँ माओवादीको समानुपातिकतर्फबाट सभासद भएर पहिलो संविधान सभामा जानुभएको थियो। देशमा फेरि संविधान सभाको चुनाव हुँदैछ। यो संविधान सभामा पनि जनताको प्रतिनिधि भएर जाने सोच बनाउनुभएको छ कि? 

हामी रहर गरेर त्यहाँ गएको होइन । हामी व्यवसायीले पनि देशको आर्थिक विकासका लागि केही रायसल्लाह दिन सक्छौं भनेर हामीलाई त्यहाँ लगिएको हो। मलगायत्का अन्य पार्टीबाट समानुपातिकमार्फत् सभासद बनेका व्यवासयीले पनि हामीलाई दिएको जिम्मेवारी बहन गरेका छौं तर अब भने जाने सम्भावना छैन। 
त्यहाँ एउटा व्यक्तिमात्रै गएर केही हुँदैन भन्ने मैले बुझेँ। त्यहाँ आफ्ना कुरा सुनाउनका लागि पार्टी प्रतिनिधिले जस्तै बलियो समूह बनाउन सक्नुपर्छ। अनिमात्रै हाम्रा कुरा सबैले सुन्छन्। एक्लैले बोलेर केही हुनेवाला छैन। 

ज्योति समूहको व्यावसायिक जिम्मेवारी नयाँ पुस्तालाई सुम्पेर तपाईँहरु राजनीतिमा लाग्ने कि भन्ने सोच आउँदैन र?

देश बनाउन राजनीतिमै लाग्नुपर्छ भन्ने होइन। राजनीतिभन्दा अरु क्षेत्र पनि छन्, जसले मुलुकलाई महत्वपूर्ण योगदान दिन सकिन्छ। जो जहाँ जहाँ छ, त्यहाँ त्यहाँबाट आफूले सकेको योगदान दिन सकिन्छ। त्यसैले राजनीतिमै लाग्ने भन्ने सोच आएको छैन र आउँदैन पनि। एनबीआई, महासंघ जस्ता संस्थामा बसेर पनि सरकारलाई राय/सल्लाह दिन सकिन्छ। समाज सेवाका विभिन्न क्षेत्रबाट पनि देश र समाजका लागि काम गर्न सकिन्छ। राजनीतिमा जाने सोच छैन। 

तपाईँको आफ्नो व्यावसायिक घरानाले नयाँ क्षेत्र पहिल्याएर लगानीका योजना बनाएको छ ? 

हामी परम्परागतरूपमा काम गरिरहेका छौं। हामी चौथो पुस्तामा व्यवसाय गरिरहेका छौं। हामीले केही पुराना काम छाडेका पनि छौं र केही नयाँ काम गर्न पनि सकेनौं। हामीले हात हालेको जलविद्युत् छ। त्यसमा हामीले लगानी गरेका छौं। अर्को पनि हामीले ठूलो लगानी गर्दैछौं। कृषिमा पनि हामी लागेका छौं। व्यावसायिक कृषिलाई अघि बढाएका छौं। यो सफल भयो भने हामी अझ विस्तृतरूपमा जान्छौं। अहिले सानो स्केलमा छ। अहिले सानो टर्नओभरको हो तर भविष्यमा यो ठूलो हुन्छ। सुरुमा केही महिना हामी सफल हुन्छौं कि भनेर पनि हेरिरहेका छौं। त्यस्तै हामीले स्वास्थ्य क्षेत्रमा पनि लगानी सुरु गरेका छौं। अत्याधुनिक सेवासहितको ग्राण्डीमा हामीले लगानी गरेका छौं। नेपालमा एक्लै काम गर्न गाह्रो छ, त्यसैले मिलेर नै काम गरिरहेका छौं। टोखामा रहेको अस्पताल टाढा भएकाले जमलमा केही सेवा विस्तार गर्दैछौं। हामीले पूर्वाधार पनि तयार गरेका छौ