Wednesday 27 Magh, 2072 |
Menu

अन्तर्वार्ता

istl

बालुवाटार क्लब क्वाटरफाइनलमा

(0 votes)
काठमाडौं- बालुवाटार क्रिकेट क्लबले मकवानपुर क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै पहिलो राष्ट्रिय अन्तरक्लब क्रिकेट च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाउँदा हिमालयन क्रिकेट एकेडेमी र एसएस इभेन्ट प्रालिले पनि आफ्नो खेल जितका छन्।
nepalipatro-nagarik
पुल्चोक क्याम्पस मैदानमा बालुवाटारले हेटौंडाको मकवानपुर क्लबलाई पराजित गर्दा कीर्तिपुरस्थित त्रिविमैदानमाएसएस इभेन्टले नुवाकोटको नक्षत्र स्पोर्टस क्लबलाई ३० रन र हिमालयनले नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गरेका थिए।

बालुवाटारका अनुप ओली र सोनु तामाङको कसिलो बलिङपछि टस जितेको मकवानपुरले १६.२ ओभर सबै विकेट गुमाएर ४५ रनमात्र जोड्न सक्यो।

४६ रनको विजय लक्ष्य बालुवाटारले ६ ओभरमै १ विकेट गुमाएर पूरा गरेको थियो।

मकवानपुरलाई थोरै रनमा समेट्नेक्रममा ४ ओभर बलिङ गरेका अनुप ओलीले १५ रन दिएर ४ विकेट लिए भने ४ ओभर नै बलिङ गरेका सोनु तामाङले १० रन दिएर ३ विकेट लिए। विजयको नाममा १ विकेट रह्यो।मकवानपुरबाट प्रेम क्षेत्रीले अविजित १० रन बनाए। अन्य ब्याट्सम्यानको स्कोरले दोहोरो अंक छुन सकेन।

बालुवाटारका ओपनर विजय गौतम शून्यमा आउट हुँदा अर्का ओपनर सुनील लामाले २० र रविन जोशीले २४ रन जोडे। विजयविक्रम तिवारीको बलमा तसक सिम्खडाको हातबाट समातिए।

त्रिवि मैदानमा भएको दोस्रो खेलमा हिमालयनका लागि ८ विकेटको नतिजा निकाल्नेक्रममा ओपनर भूपेन्द्र थापाले अविजित ४७ रन जोडे भने सुदीप जोराले १८ रनको योगदान गरे। सन्तोष भट्ट ५ रनमा आउट हुँदा भीम सार्की शून्यमा अविजित रहे। सन्तोषलाई कप्तान मञ्जित श्रेष्ठले बोल्डगरेका थिए।

त्यसअघि टस जितेको पुलिसको खातामा अलआउट हुँदा ७३ रन थियो। सिद्धान्त लोहनीले ३४ र दिलीप नाथले १० रन जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। हिमालयनका यज्ञमान कुमालले ३ विकेट लिए भने भुवन कार्की र अविनाश बोहराले समान २ विकेट लिए।

कीर्तिपुरमा भएको पहिलो खेलमा एसएस इभेन्टले नक्षत्र स्पोर्टस क्लबमाथि ३० रनको जित निकालेको हो। सुवास खकुरेलको अविजित ६५ रनप्रेरित एसएसले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय३९ रन बनाएको थियो। टस जितेर एसएस इभेन्टका कप्तान प्रवीण जोशीले ब्याटिङ गर्ने निर्णय गरेका थिए।

ओपनर सचिन शर्मा शून्यमा आउट हुँदा उनका जोडी परेश लोहनीले १५ जोडे। पुष्प थापा ४० रनमा अविजित रहँदा दीपेन्द्र चौधरीले १४ रन बनाए।

नक्षत्रका रक्षक खनाल, सञ्जय शाह र योगेश भट्टले १–१ विकेट लिए। १ सय ४० रनको लक्ष्य पछ्याएको नक्षत्रले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन जोड्न सक्यो। राजेश रिमालले २१ र विराटमान डंगोलले २० रन बनाए। ओपनर सञ्जय शाहले १७ रन जोड्दा अभिराज यादव ११ रन जोडेर पवेलियन फर्किए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अलराउन्डर प्रदर्शन गरेका पुष्पले ३ विकेट लिए भने रामनरेश यादवले २ विकेट लिए। शरद पोखरेल र दीपेन्द्र चौधरीको नाममा १–१ रह्यो।

माघ ३ सम्म हुने क्वार्टरफाइनलमा बालुवाटारले एसएस इभेन्टसँग प्रतिस्पर्धा गर्नेछ भने हिमालयनको भेट पोखराको माछापुच्छ्रे क्रिकेट क्लबसँग हुनेछ। माछापुच्छ्रेले जी–फोर्स क्रिकेट एकेडेमीलाई हराएको थियो।

प्रतिक्रिया