Tuesday 21 Baishak, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

वचन राख्दा मन्त्रीमण्डल ठूलो: न्यौपाने

(0 votes)
बागलुङ-नेकपा (एमाले)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले साना दलहरुसँगको वचन पूरा गर्दा मन्त्रीमण्डल ठूलो भएको बताएका छन्।प्रेस चौतारी, बागलुङ शाखाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले मन्त्रीमण्डल विस्तार परिस्थितिको उपज भएको बताए।
nepalipatr-april
"प्रधानमन्त्रीको चुनावअघि नै दलहरुलाई दिइएको वचन पूरा गर्दा अहिले मन्त्रीमण्डल ठूलो भएको हो, सङ्क्रमणकालीन परिस्थितिका कारण यस्तो अवस्था आयो"– नेता न्यौपानेले भने।
उनले प्रधानमन्त्रीलगायत सत्तापक्षको नेतृत्वले सुरुमै साना दलहरुलाई सरकारमा ल्याउने वचन दिएको उल्लेख गरे। संविधानको सङ्क्रमणकालीन व्यवस्थाअनुसार अहिलेको मन्त्रीमण्डल विस्तार गरिएको उनको तर्क छ ।

मुलुकको विषम परिस्थितिका कारण सरकारलाई पनि टिकाइराख्नुपर्ने भएकाले अधिकतम् दलहरुको समर्थन ल्याउनुपरेको उनले बताए। "सरकारको नेतृत्व गरेको दल एमालेसँग आफैंमा बहुमत छैन, त्यसकारण पनि सबैलाई समेट्नुपर्ने अवस्था छ, सरकार टिकाउनुपर्ने पनि छ" – उनले भने।

भारतले गरेको अघोषित नाकाबन्दी छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्दै उहाँले भारत पछि हट्दै गएको उल्लेख गरे। संसद्को प्रक्रियामा गएको संविधान संशोधनले मधेस आन्दोलनको मागलाई पूरा गर्ने उनको भनाइ छ । नेपालको अर्थतन्त्र उत्पादनमुखी नहुँदा छिमेकी देशसँग परिनिर्भर हुनुपरेको नेता न्यौपानेले बताए।

"अहिलेको नाकाबन्दी र मुलुकको परिस्थितिले हामीलाई नयाँ पाठ सिकाएको छ, अब हामी आत्मनिर्भर अर्थतन्त्रको विकासमा लाग्नुपर्छ", उहाँले भन्नुभयो–"भारत र चीन दुवै मुलुकसँग समदुरीको सम्बन्ध कायम गरी अघि बढ्न आवश्यक छ ।"

प्रतिक्रिया