Sunday 16 Jestha, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

अवार्ड छाेरालाई समर्पित गर्न चाहन्छु: मेसी

(0 votes)
अवार्ड छाेरालाई समर्पित गर्न चाहन्छु: मेसी
मड्रिड–फिफाको प्रतिष्ठित बालोन डी'अर पुरस्कारको मनोनयनमा रहेका बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले रियाल मड्रिडका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सोमबार स्पेनिस ला लिगाको उत्कृष्ट स्ट्राइकर उपाधि जितेका छन्।
nepali-patro-may
स्पेनिस फुटबल लिगले दिने पुरस्कारको पछिल्लो सात संस्करणमा मेसीले जितेको यो छैटौंपल्ट हो । बार्सिलोनामा सोमबार आयोजित गाला समारोहमा मेसीलाई पुरस्कृत गरिएको थियो । गत सिजन ४३ गोल गर्दै बार्सिलोनालाई ऐतिहासिक तेहेरो उपाधि जिताउन योगदान गरेका मेसीलाई कम्प्युटर विश्लेषणका आधारमा पुरस्कृत गरिएको हो । बार्सिलोनाले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगसँगै घरेलु ला लिगा तथा स्पेनिस कप जितेको थियो ।

'ला लिगामा रहेका थुप्रै उत्कृष्ट खेलाडीबीच यो पुरस्कार जित्दा मलाई गौरव महसुस भइरहेको छ,' मेसीले पुरस्कार थापेपछि भने, 'म यो पुरस्कार मेरो तीनवर्षे छोरा थियागोप्रति समर्पित गर्न चाहन्छु । उसले अहिले धेरै कुरा बुझ्दैन । तर, हरेक दिन म घरबाट निस्कने क्रममा ऊ रिसाएर भन्ने गर्छ– पापा आज पनि तपाई गोल गर्न जाँदै हुनुहुन्छ ? त्यसैले यो पुरस्कार उसको लागि हो ।'

स्पेनिस शीर्ष डिभिजनका सबै टोलीका कप्तानहरूको मतका आधारमा दिइने उत्कृष्ट स्ट्राइकर पुरस्कार पनि मेसीले जिते। बार्सिलोनाका क्याउडियो ब्राभो उत्कृष्ट गोलकिपर चुनिँदा लुइस इनरिके उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए । यसैगरी रियाल मड्रिडका सर्जियो रामोस उत्कृष्ट रक्षक तथा हामेस रोड्रिग्वेज उत्कृष्ट मिडफिल्डरको उपाधिबाट सम्मानित भए ।

त्यस्तै भ्यालेन्सियाका अल्जेरियन मिडफिल्डर सोफियाने फेघौली उत्कृष्ट अफ्रिकी खेलाडी घोषित हुँदा बार्सिलोनाका ब्राजिली स्ट्राइकर नेइमार अमेरिकी महादेशका उत्कृष्ट खेलाडीका रूपमा चुनिए । गत सिजनमा ४८ गोल गरेका रियालका पोर्चुगाली स्टार रोनाल्डोले लोकप्रिय विधाको पुरस्कार जिते । जनवरी ११ मा घोषणा गरिने फिफाको बालोन डी'अरको मनोनयनमा रोनाल्डोसँगै मेसी र नेइमार पनि छन् ।

प्रतिक्रिया