अन्तर्वार्ता

'अहिले जनताको सेवामा लागेका छौं' - हिमानी

नागरिकन्युजकर्मी रमेश खतिवडाले पूर्व युवराज्ञी हिमानी शाह दोलखा गएदेखि उनको गतिविधि नियाले। उनले त्यहीँ शाहसँग छोटो कुराकानी समेत गरे। प्रस्तुत छ कुराकानीको अंश:

Last Updated ( Wednesday, 01 September 2010 11:32 )

विस्तृतमा

विदेशी चलखेलले मुलुक यस्तो भएको हो : पूर्वयुवराज पारस

नेपालको अहिलेको राजनीतिक अवस्थाबारे यहाँको बुझाइ कस्तो छ?

हेर्नुस्, एउटा देश विभिन्न कुराहरू मिलेर चलेको हुन्छ। यहाँ धेरै अन्तर्राष्ट्रिय शक्तिहरूको इन्ट्रेस्ट
(स्वार्थ) छ। हाम्रो सबभन्दा ठूलो कमजोरी यही होजस्तो लाग्छ। आजको परिस्थितिमा पनि अन्तर्राष्ट्रिय जगतको ठूलो खेल छ।

Last Updated ( Wednesday, 25 August 2010 12:33 )

विस्तृतमा

मेरो उम्मेदवारी गुटबन्दीविरुद्ध हो

७५ वर्षीय भीमबहादुर तामाङको कांग्रेसमा पाँच दसक लामो लगानी छ। सुकी सदस्य लिएर २०१४ सालमा पार्टी प्रवेश गरेका तामाङले २०१७ सालको राजा महेन्द्रको कुपछि सुवर्णशमशेरले चलाएको सशस्त्र क्रान्ति र २०२८ सालमा बिपीको आह्वानमा भएको क्रान्तिमा बन्दुक बोकेर होमिएका थिए। २०३६ र २०४६ को आन्दोलनमा सक्रिय तामाङ २०६२/६३ को जनआन्दोलनमा सडकमा आएका थोरै वृद्ध नेतामा पर्छन्।
विस्तृतमा

'दुई खेमा मेट्ने अभियान थाल्छु'

काठमाडौं कांग्रेसको सभापतिमा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेनदास प्रधान (५४) विजयी भएका छन्। गणेशमान सिहनजिक रहेर काम गरेका प्रधानले २०५३ मा काठमाडौं कांग्रेसको सदस्य, २०५७ मा सचिव र २०६३ पछि उपसभापति भएर काम गरेका थिए। संविधानसभामा काठमाडौं क्षेत्र नं ६ बाट माओवादी नेता हितमान शाक्यसँग झिनो मतले पराजित प्रधान २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा सक्रिय थिए।
विस्तृतमा

'म प्यानल बनाउँदिन'

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका कार्यवाहक सभापति सुशील कोइरालासँग नागरिकका विश्वमणि पोखरेल र किरण भण्डारीले बुधबार लिएको अन्तर्वार्ताको मूल अंश :

Last Updated ( Monday, 16 August 2010 22:47 )

विस्तृतमा

पार्टीकै सल्लाहमा श्याम शरणसँग भेटः बाबुराम

कहिले प्रधानमन्त्रीको लागि चर्चामा त कहिले भारतीय विशेष दूतसँग एक्लै भेटेको आरोप। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई यस्तै कुराले छाएका छन्, अहिले। उनको पक्ष र विपक्षमा पार्टीमा चर्को स्वर निकाल्नेहरु कम छैनन्। त्यही परिवेशमा नागरिकन्युजका लागि भोजराज भाटले उनीसँग गरेको कुराकानी :
विस्तृतमा

'एमाले पनि तटस्थ नबसोस्'

उपेन्द्र यादव, अध्यक्ष, मधेसी जनाधिकार फोरम

२१ गतेको मतदानमा मोर्चाले के गर्छ?
अब मोर्चा तटस्थ बस्दैन। तटस्थ नबस्ने निर्णय भएको छ।
विस्तृतमा

केन्द्रीय कमिटीको बैठक बस्नु आवश्यक छ

केन्द्रीय कमिटीको बैठक बस्नु आवश्यक छ नेकपा एमालेका केन्द्रीय सचिव विष्णु पौडेलसँग प्रधानमन्त्रीको निर्वाचनमा केन्द्रित भएर नागरिकका माधव ढुङ्गेलले गरेको कुराकानी :

Last Updated ( Saturday, 31 July 2010 17:48 )

विस्तृतमा

माओवादी बाहेकका उम्मेदवारलाई समर्थन गर्न सकिन्छः केपी ओली

नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीबाहेकका उम्मेदवारलाई समर्थन गर्न सकिने बताएका छन्। ओलीले नागरिकन्युजकर्मी गुणराज लुँइटेलसित गरेको कुराकानीको स‌ंक्षेप-

नागरिक : प्रधानमन्त्री निर्वाचनका दुईवटा निर्वाचनको असफलतापछि अब प्रतिक्षा साउन १७ को छ। के यसले कुनै परिणाम ल्याउला?
ओली : एमालेले ५ गतेको निर्वाचनका लागि एउटा निर्णय गरेको थियो। एमालेले बहुमत पुर्‍याउन होइन सहमति बनाउनका निम्ति दुई तिहाइ पुर्‍याउने र दुई तिहाइबाट प्रारम्भ गरेर सहमति तर्फ जाने निर्णय गरेको थियो। त्यो निर्णय यथावत् छ। यसको अर्थ विद्यमान अवस्थामा हामीले अहिले कसैलाई भोट नदिने भन्ने जुन निर्णय त्यतिबेला गरेको थियो त्यो हेरफेर भएको छैन। हामीले भोट दिने स्थिति यथावत् अवस्थामा छैन। त्यसको अर्थ परिस्थिति जस्ताको तस्तै रहने बढी सम्भावना रहन्छ।
विस्तृतमा

तपस्वीजस्तो मान्छेले तारिख धाउँछ र?

तपस्वीजस्तो मान्छेले तारिख धाउँछ र? बारा मनहर्वाका १७ गाउँलेलाई गत बिहीबार नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप खेपेका तपस्वी रामवहादुर बोम्जन अहिले विवादमा छन्। शान्ति सुरक्षाको माग गर्दे गाउँलेले उनीविरुद्ध उजुरी गरेका छन्। आइतबार साँझ बारा प्रहरीले तपस्यास्थलमै गएर उनीसँग बयान लिए। स्थानीय संचारकर्मीले पनि उनीसँग विभिन्न प्रश्न गरे।  संक्षेप-

Last Updated ( Tuesday, 27 July 2010 21:48 )

विस्तृतमा

निष्पक्ष छानबिन होस्, सघाउन तयार छुः खाम

निष्पक्ष छानबिन होस्, सघाउन तयार छुः खाम एकीकृत माओवादी नेता कालीबहादुर खाम ‘विविध' ले मंगलबार साँझ नागरिकन्युजका केपी ढुंगानासित आफूमाथि लागेको चिनियाँ व्यापारी लुटपाट र यार्चागुम्बा अवैध कारोबारको अभियोगका बारेमा स्पष्ट पारे। उनीसितको टेलिफोन अन्तर्वार्ताका प्रमुख अंशः

Last Updated ( Wednesday, 14 July 2010 14:00 )

विस्तृतमा

बैंकहरुको खराव कर्जा बढ्दैन : गभर्नर

अर्थतन्त्र अहिले समस्यामा छ। बैंकहरुले तरलताको अभावमा नयाँ कर्जा प्रवाह रोकेका छन्। यस्तो अवस्थामा राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले शोधनान्तर घाटा र वित्तीय क्षेत्रको स्थायित्वलाई चुनौतीका रुपमा लिएका छन्। नागरिकका नारायण सापकोटा र सुदर्शन सापकोटाले गरेको कुराकानीको सारसंक्षेप ।
विस्तृतमा

'सहमति नभएसम्म म प्रधानमन्त्री'

प्रधानमन्त्री माधवकुमार नेपालसँगको अन्तर्वार्ता-

नागरिक : संविधानसभाको म्याद थप्ने मुख्य कडीको रुपमा रहेको एनेकपा (माओवादी)ले भोट हाल्छ भन्ने विश्वासमा विधेयक दर्ता गराउनु भएको छ, उसले भोट हाल्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ?

नेपाल : म आशावादी छु। मलाई विश्वास पनि छ। संविधानसभा सदस्यको भावना र आम जनताको मनोभावना जोडिएको यस मुद्दाको विपक्षमा माओवादी जाला भन्ने मैले कल्पना गरेको छैन। उसको सहयोग हुन्छ।

Last Updated ( Wednesday, 19 May 2010 16:49 )

विस्तृतमा

"सरकारले युनिटीको कारोबारमा हस्तक्षेप गर्नुपर्छ"

अमेरिकास्थित संसारकै ठूलो व्यावसायिक परामर्शदाता कम्पनी प्राइसवाटरहाउस कुपर्स तथा सिएससि एन्ड कम्पनीका प्रतिनिधि प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मासँग नागरिकका मिलनमणि शर्माले पिरामिड ढाँचाको नेटवर्क मार्केटिङ र युनिटीका बारेमा गरेको छलफलको सार :

नेटवर्क मार्केटिङ व्यवसाय सम्बन्धमा तपाइँको धारणा के छ?

पिरामिड शैलीको व्यावसायिक ढाँचा दिगो हुँदैन। संसारभर यस्तो व्यवसाय टिकाउ हुँदैन भन्ने पुष्टी भइसकेको छ। कसैले यस्तो व्यवसाय चलाइरहेको छ भने उसको चासो अल्पकालीन लाभ (उसलाई दिगो व्यवसाय गर्नुछैन मात्रै हो वा अज्ञानतावश गरिरहेको छ (यो ढाँचाको सिमितता बारे जानकारी छैन) भन्ने बुझ्नुपर्छ। यस्तो व्यवसाय चलाउने धेरैले नगद प्रवाह र नाफालाई एउटै हो भन्ने बुझेका हुन्छन्। नाफा र नगद प्रवाह  दुई अलग कुरा हुन्।

Last Updated ( Sunday, 16 May 2010 10:12 )

विस्तृतमा

नेपालीभाषी भुटानी माओवादीमा लागे

पौने सात लाख जनसंख्या रहेको हिमाली अधिराज्य भुटानका नरेश जिग्मे सिंङगे वांचुकले २००६ मा स्वेच्छाले गद्दी त्यागेसँगै त्यहाँ राजनीतिक सुधार हुन थाल्यो। २००८ मा २८ वर्षीय छोरा राजा भए। त्यही वर्ष संसदीय चुनाव भयो। चुनावले राजनीतिक प्रणाली त खुकुलो भयो नै। सन् ९० को दसकमा सरकारबाट सबैभन्दा हेपिएका र दबाइएका ४० प्रतिशतभन्दा बेसी नेपालीभाषी सत्तामा पुगे। ४७ सदस्यीय तल्लो सदन 'नेसनल एसेम्ब्ली'मा १३ जना नेपाली भाषी चुनिए। तिनैमध्ये सबैभन्दा धेरै मतान्तरले चुनाव जितेका सेनाका पूर्वमेजर नन्दलाल राई सूचना तथा सञ्चारमन्त्री छन्। सरकारका प्रवक्ता समेत रहेका राईसँग थिम्पुमा नेपाली भाषी भुटानी, नयाँ व्यवस्था र भुटानी शरणार्थीबारे नागरिकका लेखनाथ पाण्डेले गरेको संवाद :
विस्तृतमा

भारतीय राजदूत राकेश सुदसँग अन्तर्वार्ता

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफनो पार्टी भारतसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । माओवादी पार्टीसँग भारतीय सम्वन्ध कुन तहसम्म छ भन्नेबारे यहाँको मूल्याङकन?
माओवादीसँग हामी धेरै वर्षदेखि सम्पर्कमा छौ । हाम्रा उच्च पदाधीकारी नेपाल भ्रमण आउँदा माओवादी नेतासँग भेटघाटका लागि हामी प्रयासरत रहन्छौँ।
केहि महिना अघि नेपाल आएका भारतका परराष्ट्रमन्त्री एस.एम. कृष्णाको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग लामो भेट भयो। कृष्णाको अन्य माओवादी नेतासँग समेत भेटघाट भएको थियो। मैले पनि माओवादी नेतासँगको भेटघाटलाई निरन्तरता दिइरहेकै छु। त्यसैले मलाई लाग्छ, हामीबीचको सम्पर्कमा कुनै उतार चढाव छैन। हाम्रो दृष्टिकोण र चासो माओवादीलाई निरन्तर आदानप्रदान गरिरहेका छौं।
विस्तृतमा

'चाहेमा संविधान १५ दिनमा तयार हुन्छ'

काठमाडौं वैशाख ७ -राजनीतिशास्त्री लोकराज बराल गत एक वर्षको राजनीतिक विकासक्रमबाट सन्तुष्ट हुनुहुन्न, तथापि उहाँ मुलुकको संविधान निर्माण हुनेमा विश्वस्त हुनुहुन्छ। उहाँसँगको साक्षात्कारका अंश -

Last Updated ( Tuesday, 08 June 2010 10:10 )

विस्तृतमा
onlineversion

अन्तर्वार्ता