Tuesday 15 Bhadra, 2072 |
Menu

विश्व

republica-header

ist-cc

महँगा फेरारी र ल्याम्बोर्जिनी कार प्रहरी गस्तीमा

(0 votes)
महँगा फेरारी र ल्याम्बोर्जिनी कार प्रहरी गस्तीमा
दुबई (एपी) – फर्मुला–१ लगायत मोटर रेसिङमा तीव्र गतिमा हुँइकिने फेरारी र ल्याम्बोर्जिनीजस्ता मँहगा कार अब दुबई सहरमा प्रहरी गस्ती गर्दै गरेको देखिने भएका छन्। संयुक्त अरब इमिरेट्सको दुबई प्रहरीले दुई लाख ५० हजार अमेरिकी डलर पर्ने फेरारी कारलाई त्यहाँको प्रहरी कारजस्तै हरियो र सेतो रंगाइरहेको दुबईको एउटा अनलाइनले जनाएको छ। 

अघिल्लो साता दुबई प्रहरी प्रमुख लेफ्िटनेन्ट जनरल दाहि खल्फान तमिमले फेरारी प्रहरीको गस्तीमा सामेल हुनका लागि तयार भइरहेको जनाएका थिए। अनलाइनले आफ्नो समाचारमा प्रहरीले गस्तीमा सामेल गर्न लागेको फेरारीको तस्बिरसमेत सार्वजनिक गरेको छ।

दुबई प्रहरीले त्यहाँको अत्यन्त भड्किलो पर्यटकीय क्षेत्रमा ती महँगा रेसिङ कारको उपयोग गर्ने योजना रहेको जनाएको छ। दुबई प्रहरीले यसअघि नै एउटा ल्याम्बोर्जिनी रेसिङ कार आफ्नो गस्तीमा सामेल गरिसकेको छ। करिब पाँच लाख ५० हजार डलर मूल्यको ल्याम्बोर्जिनी एभेन्टाडोर रेसिङ कार दुबई प्रहरीले १५ दिनअघि गस्तीमा सामेल गरेको हो।

यसपछि दुबई प्रहरीले केही अमेरिकी शक्तिशाली क्लासिक कार आफ्नो गस्तीमा समावेश गर्ने योजना बनाएको छ। कमारो मोडलको अमेरिकी कार नियमित गस्तीमा समावेश गर्न दुबई प्रहरीले तयारी गरिरहेको छ।

 

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...