Monday 7 Baishak, 2072 |
Menu

विश्व

sagoon

सिरियालाई ओबामाको चेतावनी

  • बिहीबार १९ बैशाख, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक हतियारहरुको प्रयोग गरिएको भए सिरियाली सरकारले त्यसको मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्। 

ओबामाले बसर अल–असद सरकारद्वारा रासायनिक हतियार प्रयोग भएकोबारे जतिसक्दो चाँडै अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले आफ्नै नागरिकमाथि यस्ता घातक हतियारको प्रयोग असदको ठूलो गल्ति भएको बताए। उनले मंगलबार ह्वाइटहाउसमा पत्रकार सम्मेलनमा रासायनिक हतियार प्रयोगबारे विश्वासिलो अनुसन्धान गरिनु जरुरी भएको र त्यस्ता घातक हतियार प्रयोगकर्ताबारे समेत जानकारी सार्वजनिक हुन जरुरी भएको बताए। सिरियाली राष्ट्रपति असदले रासायनिक हतियार विपक्षीमाथि प्रयोग गरेको भए उनले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत ओबामाले दिए। उनले सिरियाली सरकारलाई रासायनिक हतियार प्रयोग तुरुन्तै रोक्न चेतावनी दिए।
राष्ट्रपति ओबामाले रासायनिक हतियारको प्रयोग अहिले सिरियामा भइरहेको हत्या हिंसाको स्थिति नै परिवर्तन हुनृ गरी रासायनिक हतियार प्रयोगको मामिला सार्वजनिक भएको बताए। केही दिनयता सिरियामा घातक रासायनिक हतियारको प्रयोग धेरै भइरहेको समाचारपछि अमेरिकी राष्ट्रपति ओबामाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सिरियाका यस्ता अपराधबारे विश्व समुदायले विशेष चासो राख्न जोड दिए। अन्तर्राष्ट्रिय कानुन तथा मूल्य र मान्यता विपरित सिरियामा सर्वसाधारणमाथि दमन भएको उनको भनाइ थियो।
सिरियाली विद्रोह मार्चदेखि तेस्रो वर्ष प्रवेश गरेको छ। विद्रोहका क्रममा ७० हजारभन्दा बढी सिरियालीले ज्यान गुमाएकोे मानवअधिकारवादीले जनाएका छन्। विद्रोहका क्रममा हजारौँ सिरियाली घाइते छन् र सयौं बेपत्ता बनाइएका छन्। हराउने र बेपत्ता हुने नागरिकको वास्तविक तथ्यांक नरहेको मानवअधिकारवादीको दाबी छ। राष्ट्रपति बसर अल–असदको राजिनामा माग्दै सुरु विद्रोह केही महिनायता अत्यधिक हिंसात्मक भइरहेको छ।

राष्ट्रपतिको राजिनामा माग्दै विद्रोह भए पनि आफूले राजिनामा नदिने र सत्ता पनि नछोड्ने अडान राष्ट्रपति असदले राख्दै आएका छन्। असदले अर्को वर्ष राष्ट्रपति निर्वाचनसम्म सत्ता नछोड्ने बताउँदै आएका छन्। उता मंगलबार सेनाले राजधानी दमासकसका विभिन्न ठाउँमा गरेकोे आक्रमणमा कम्तीमा ३० जना सर्वसाधारणको ज्यान गएको छ। दमासकसस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सिरियाली सेनाले व्यापक आक्रमण गरेको बताएका छन्। विद्रोहीले समेत सेनामाथि हतियारसहित आक्रमण गर्ने गरेका छन्।
अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

लन्डन– विश्वमा सबैभन्दा पुरानो संसदीय व्यवस्था रहेको राष्ट्र बेलायतमा अर्को महिना हुने संसदीय चुनावको परिणामबाट कुनै एक दलको सरकार गठन नहुने बरु फेरि पनि गठबन्धन सरकार नै गठन हुने सम्भावना...

बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डन– भारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको सालिक शनिबार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ। गान्धीको सालिक विख्यात घडि बिग बेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयुद्धकालिन बेलायती नेता...

बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...