12 Baishak, 2072 |
Menu

विश्व

sagoon

७ लाख सिरियाली परिवार विस्थापित

  • बुधबार १८ बैशाख, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
घातक द्वन्द्वका कारण दुई वा तीन परिवार एकै घरमा बसोबास गर्न थालेको र विस्थापित भएका परिवारको संख्या ७ लाख पुगेको अध्ययनमा उल्लेख छ। सिरियामा घरजग्गाको वास्तविक अवस्थाबारे सही तथ्यांकमा आधारित अध्ययनमा सिरियाको पुनः निर्माणका लागि ६८ अर्ब अमेरिकी डलर लागत लाग्ने उल्लेख छ। पुनः निर्माणकालमा सिरियालाई २ लाख ५० हजार बासिन्दा आवश्यक पर्ने समेत प्रतिवदेनमा उल्लेख छ।
अर्को अध्ययनमा भने ६० लाख सिरियाली जनताको जीवनयापनको स्थिति दुई वर्षयता विश्वले लगाएको आर्थिक प्रतिबन्ध र द्वन्द्वको नकारात्मक प्रभावका कारण घटेको पाइएको छ। उक्त जानकारी सिरियन सेन्टर फर द पोलिसी रिसर्चेजले दिएको हो। प्रतिवेदनमा द्वन्द्वका कारण कूल क्षति सन् २०१२ मा ४८.४ अर्ब अमेरिकी डलर बराबर भएको र सन् २०१२ मा कूल गार्हस्थ उत्पादन १८.८ प्रतिशतले घटेर २४ अर्ब १० करोड अमेरिकी डलरमा झरेको उल्लेख छ।
यसबीच एपीले राजधानी दमासकसमा मंगलबार भएको शक्तिशाली बम विस्फोटमा १३ जनाको मृत्यु हुनाका साथै ७० जना घाइते भएको उल्लेख गरेको छ। हालसम्म उक्त आक्रमणका लागि कसैले पनि जिम्मेवारी नलिएपनि राष्ट्रपति बसर अल–असदको शासन पतन गराउन विद्रोही लडाकूले आक्रमण गरेको अनुमान छ। सिरियामा हिंसा र द्वन्द्व सुरु भएको दुई वर्ष पुरा भएको छ।
दमासकसका बासिन्दाले शक्तिशाली बम विस्फोटको आवाज सुनिएको र धुवाँको कालो मुस्लो भवन समूहबाट निस्किएको बताए। सिरियन टीभीले दमासकसको व्यापारिक क्षेत्र मारजेहमा आतंकवादीले बम विस्फोट गराएको दाबी गरेको छ। राष्ट्रपति असदको सरकारले विद्रोही लडाकूलाई आतंकवादी भन्ने गरेको छ।
अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

बेलायतमा फेरि गठबन्धन सरकारको सम्भावना

लन्डन– विश्वमा सबैभन्दा पुरानो संसदीय व्यवस्था रहेको राष्ट्र बेलायतमा अर्को महिना हुने संसदीय चुनावको परिणामबाट कुनै एक दलको सरकार गठन नहुने बरु फेरि पनि गठबन्धन सरकार नै गठन हुने सम्भावना...

बंगलादेशमा बालविवाह बढ्दो

बंगलादेशमा बालविवाह बढ्दो

ढाका– बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह अझै पनि बढीरहेको छ। बंगलादेशको ग्रामीण क्षेत्रमा बाल विवाह बढीरहेको संख्याले त्यहाँको बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ग्रामीण भूभागमा सामाजिक...

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डन– भारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको सालिक शनिबार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ। गान्धीको सालिक विख्यात घडि बिग बेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयुद्धकालिन बेलायती नेता...