Sunday 18 Magh, 2071 |
Menu

विश्व

HUB

युरोजोनमा बेरोजगारी दर झन् बढ्यो

  • बिहीबार १९ बैशाख, २०७०
  • रासस/एपी
  • DISQUS_COMMENTS
(0 votes)
युरोजोनमा बेरोजगारी दर झन् बढ्यो
ब्रसेल्स - विगतका वर्षहरुदेखि आर्थिक मन्दीमा परिरहेको युरोजोनमा पुनः बेरोजगारी दर उच्च तहमा पुगेको बताइएको छ। युरो मुद्रा प्रयोग गर्ने युरोजोनका १७ मुलुकमा बेरोजगारी दर मार्च महिनामा यसअघिको तुलनामा बढेको समाचारमा जनाइएको छ। यसअघिको तुलनामा वृद्धि भएको सो दर १२ दशमलव एक प्रतिशत भएको हो। युरोस्ट्याटको आधिकारिक आँकडाअनुसार फेब्रुअरी महिनामा यो १२ प्रतिशत थियो।
यो दरअनुसारको तथ्याङ्क हेर्दा समग्रमा युरोजोनभित्र कुल एक करोड ९२ लाख मानिस अहिले पनि कामविहीन अवस्थामा रहेका बताइएको छ। 
उता यहाँको मुद्रास्पि्कति भने पछिल्लो तीन वर्षमा सबैभन्दा कम भएको छ। यसले युरोपेली केन्द्रीय बैङ्कले ब्याज दरहरूमा कटौती गर्नेछ भन्ने अपेक्षालाई बढाएको छ।
युरोजोनमा ग्रिस र स्पेनमा सबैभन्दा उच्च बेरोजागारी दर रहेको छ। ग्रिसमा बेरोजगारी दर २७ दशमलव दुई प्रतिशत र स्पेनमा २६ दशमलव सात प्रतिशत रहेको छ।
सबैभन्दा कम बेरोजगारी दर अस्ट्रियामा चार प्रतिशत र त्यसपछि जर्मनीमा पाँच दशमलव चार प्रतिशत रहेको छ।
युरोजोनमा विशेषगरी २५ वर्षभन्दा कम उमेर समूहका युवामा रोजगारको सङ्ख्या बढिरहेको बताइन्छ। यो सङ्ख्या करिब ३६ लाख रहेको पनि प्राप्त पछिल्लो तथ्याङ्कमा जनाइएको छ।
भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...

किन भयो राजापाक्षेको पराजय?

किन भयो राजापाक्षेको पराजय?

कोलम्बो– पृथक्तावादी तमिल टाइगर्स लडाकु संगठन लिट्टेलाई पराजित गरी २५ वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको एक दशक लामो शासन समाप्त भएको छ। पदावधि सकिनुअघि नै तेस्रोपल्ट...

पाक संसद सैनिक अदालतको पक्षमा

पाक संसद सैनिक अदालतको पक्षमा

इस्लामाबाद– पाकिस्तानको संसदले संदिग्ध उग्रवादी लडाकुमाथि मुद्दा चलाउन मंगलबार सैनिक अदालत गठनको पक्षमा मतदान गरेको छ। संसदका दुवै सदन तल्लो र माथिल्लोबाट सैनिक अदालत गठनसम्बन्धी विधेयक दुई तिहाई मतबाट पारित...

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

गुआङ्गजोउ- दक्षिणी चीनको गुआङ्गडोङ्ग प्रान्तमा बुधबार बिहान एक कारखानामा भएको ग्यास विस्फोटमा परी १७ व्यक्तिको मृत्यु भएको छ। सो घटनामा अन्य ३३ जना कामदार घाइते भएका स्थानीय अधिकारीले जनाए।

जहाज समुद्रमा खसेको आशंका

जहाज समुद्रमा खसेको आशंका

जकार्ता– इन्डोनेसियाली अधिकारीले एयर एसियाको आइतबार बेपत्ता जहाज समुद्रमा खसेको आशंका गरेका छन्। उडान क्युजेड८५०१ को बेपत्ता जहाजको खोजीमा संलग्न वरिष्ठ अधिकारी बेमबेङ सोलिस्तियोले सोमबार प्रारम्भिक जानकारीका आधारमा जहाज समुद्रमा खसेको...