Friday 12 Mangshir, 2071 |
Menu

विश्व

१२३ वर्षपछि राजा

  • बुधबार १८ बैशाख, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
१२३ वर्षपछि राजा
एम्सटरडाम – विलेम अलेक्सान्डर क्लाउस जर्ज फर्डिनेन्ड मंगलबार नेदरल्यान्ड्सको राजगद्दीमा १२३ वर्षपछि राजा आएका छन्। नेदरल्यान्ड्सको राजगद्दीमा सन् १८९० यता महिला मात्र थिए। राजकुमार विलेम उनकी आमा रानी बिटि्रक्सले मंगलबार नै गद्दी परित्याग गरेपछि भव्य समारोहबीच विलेमको राज्यारोहण भएको थियो।
४६ वर्षे विलेम युरोपमा २१औं शताब्दीका सबैभन्दा कान्छा राजा भएका छन् भने राजधानी एम्सटरडाममा सुन्तला रंगमा सजिएर उर्लिएका २५ हजार डच सर्वसाधारणले विलेमको राज्यारोहणपछि जयजयकार गरेका थिए।
राजदरबारनजिकको डाम चोकस्थित १५औं शताब्दिमा निर्मित 'निवे कर्क' चर्चमा गरिएको भव्य समारोहमा विलेमको राज्यारोहण भएको थियो। विलेमको राज्यारोहणअघि दरबारमा रानी बिटि्रक्सले गद्दी त्यागपत्रमा हस्ताक्षर गरेकी थिइन्। ४१ वर्षीया पत्नी म्याक्सिमासहित उपस्थित विलेम र मन्त्रिपरिषदसामु त्यागपत्रमा हस्ताक्षर गर्दा रानी बिटि्रक्सका आँखाबाट आँशु खसेको थियो। ७५ वर्षीया रानी बिटि्रक्स ३३ वर्षयता राजगद्दीमा थिइन्।
निवर्तमान रानी बिटि्रक्ससँगै राजा विलेमकी ९ वर्षीया जेठी छोरी 'प्रिन्सेस अफ अरेन्ज' क्याथरिना एमेलियासहित तीन छोरी राज्यारोहण समारोहमा उपस्थित थिए। विलेम दम्पतीले संसद र चर्चको संयुक्त समारोहमा सपथ लिएका थिए। विलेम दम्पतीले समारोहमा मुकुट भने पहिरिएनन्।
सपथ लिनुअघि विलेमले आमा बिटि्रक्सलाई 'स्नेहमयी आमा' सम्बोधन गर्दै रानीले शासन गरेका असल वर्षहरूका लागि धन्यवाद दिएका थिए। विलेमले आफ्नी आमाका पदचिन्ह पछ्याउने र राजाका कामबारे आफूसँग स्पष्ट मार्गचित्र रहेको भन्दै कसैले पनि भविष्यबारे केही भन्न नसक्ने बताए। राजा विलेमले 'राष्ट्रको स्वतन्त्रता र राज्यको संरक्षण गर्न आफ्नो क्षमताले सकेसम्म गर्ने प्रयासमा इश्वरले मलाई सहायता गरुन्' भन्दै शपथ लिए।
तर विलेमको राज्यारोहण विवादमुक्त भने रहन सकेन। एम्सटरडामका छ ठाउँमा राजतन्त्रविरोधीले प्रदर्शन गरेका थिए। समारोहमा विलेमले पहिरिएको पोशाकमा जनावरको छालासमेत प्रयुक्त भएकाले वन्यजन्तु संरक्षणकर्ताले उनको आलोचना गरेका छन्। तर विलेमले उक्त पोशाक पुरानो भएको र पोशाक तयार पार्न अहिले कुनै जनावर नमारिएको आफ्नो जानकारीमा भएको जनाएका छन्। विलेमको शपथपछि सांसद र सिनेटरले राजासामु सपथ लिएका थिए। तर १६ सांसदले भने यसअघि नै संविधानप्रति शपथ लिइसकेकाले राजासामु शपथ लिन अस्विकार गरेका थिए।
विलेमको राज्यारोहणमा संयुक्त राष्ट्र संघका पूर्वमहासचिव कोफी अन्नान, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष ज्याक्स रोक, बेलायती राजकुमार चार्ल्स, स्पेनका राजकुमार फिलिपे, जापानका राजकुमार नारुहितोसहित नर्वे, डेनमार्क, स्वीडेन राजकुमार पत्नीसहित उपस्थित थिए।
‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्न-अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ। विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको...

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

ग्राबोभ (युक्रेन)- युक्रेनको रसिया समर्थक विद्रोहीहरूले शनिबार मलेसियाली जेट विमान दुर्घटनाग्रस्त तथा उनीहरूको नियन्त्रणमा रहेको स्थलमा सुरक्षा क्षेत्र स्थापना गर्न स्वीकार गरेका छन्। यस घटनाका कारण क्रेमलिनको अन्तर्राष्ट्रिय रूपमा आलोचना...

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।