16 Shrawn, 2072 |
Menu

विश्व

ist-cc

भारतीय रेलमन्त्री घुसकान्डमा, राजीनामाको प्रस्ताव

(0 votes)
भारतीय रेलमन्त्री घुसकान्डमा, राजीनामाको प्रस्ताव
नयाँ दिल्ली- भारतका रेलमन्त्री पवनकुमार बंसलले शनिबार दिउँसो प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा राजीनामा दिन तयार रहेको बताएका छन्। रेलमन्त्री बंसलका भान्जा विजय सिंगलाले बढुवा गराइदिने भन्दै रेलवेका अधिकारीसँग ९० लाख भारतीय रुपैयाँ घुस लिँदै गरेका बेला शुक्रबार अरु तीन जनासहित चन्डिगढमा पक्राउ परेका थिए।
 भान्जा सिंगलालाई सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसनले घुस लिँदालिँदै रंगेहात पक्राउ गरेपछि घुसकान्डमा सामेल भएको भन्दै विपक्षी भारतीय जनता पार्टीले शनिबार रेलमन्त्री बंसलको राजीनामा मागेको छ।

सिंगलालाई भने दिल्लीको अदालतले छानबिनका लागि चार दिन सिबिआई हिरासतमा राख्न शनिबार आदेश दिएको छ। रेलमन्त्री बंसलले भान्जासँग आफ्नो कुनै व्यापारिक सम्बन्ध नरहेको र उनले रकम लिएकोबारे आफूलाई कुनै जानकारी नभएको शनिबार बिहान स्पष्टिकरण दिएका थिए। यसैबीच रेलमन्त्री बंसलले शनिबार दिउँसो प्रधानमन्त्री सिंहसँग भेट गरी राजीनामा दिने प्रस्ताव राखेको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ। पिटिआईका अनुसार रेलमन्त्री बंसल र प्रधानमन्त्री सिंहबीच २० मिनेट कुराकानी भएको थियो।

सिबिआईले घुसकान्डमा रेलमन्त्रीका भान्जा सिंगला र उनका साथी सन्जय गोयलसहित छ जना पक्राउ गरेको जनाएको छ। तीमध्ये सिंगलासहित चार जनालाई चन्डिगढमा शुक्रबार पक्राउ गरिएको थियो। बढुवाका लागि ९० लाख रुपैयाँ घुस दिने रेलवे अधिकारी महेशकुमार पश्चिम रेलवेका महाप्रबन्धक थिए। महेशकुमार बिहीबार मात्र रेलवे बोर्डका सदस्यमा नियुक्त गरिएको थियो।

रेलमन्त्री बंसलका भान्जा सिंगलालाई पक्राउ गरेलगत्तै उनलाई रकम दिने रेलवे अधिकारी महेशकुमारलाई समेत सिबिआईले शुक्रबार नै मुम्बईमा पक्राउ गरेको थियो। सिबिआईले घुसकान्डको सिलसिलामा राजधानी नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा छापा मारेको थियो। सिबिआईले विजय सिंगलाविरुद्ध भ्रष्टाचारविरोधी कानुन अन्तर्गत मुद्दा दायर गरेको छ।

विपक्षी पार्टी भाजपाले भान्जा मुछिएको घुसकान्डमा रेलमन्त्रीले आफूलाई पानीमाथिको ओभानो बनेर पन्छीन नमिल्ने बताएको छ। घुसकान्डपछि भाजपाले मनमोहन सरकारमाथि दलाल र मध्यस्थकर्ताका लागि काम गरिरहेको आरोप लगाएको छ। भाजपाका वरिष्ठ नेता रविशंकर प्रसादले घुसकान्डबाट प्रधानमन्त्री सिंहको राजीनामा माग्ने भाजपाको माग सही प्रमाणित भएको बताए। नेता प्रसादले भने, 'कंग्रेसले सरकारलाई बजार बनाएको छ, जहाँ प्रत्येक निर्णयको मूल्य असुली गरिन्छ। यो अत्यन्त चिन्ताजनक स्थिति हो।'

कंग्रेस र सरकारका मन्त्री रेलमन्त्रीको बचाउमा उत्रिए पनि घुसकान्डबारे सत्तारुढ कंग्रेस पार्टीमा भने अनिश्चयको स्थिति छ। कंग्रेस प्रवक्ता रासिद अल्वीले बंसलको राजीनामा मागबारे भने, 'कानुनअनुसार हुन्छ। सिबिआई स्वतन्त्र संस्था हो र घुसकान्डबारे छानबिन गरिरहेको छ। घुसकान्डका लागि जिम्मेवार जो सुकै भए पनि कानुनअनुसार कारबाही गरिनेछ।' रेलमन्त्रीको राजीनामाको माग अस्विकार गर्दै कंग्रेस महासचिव जनार्दन द्विवेदीले भाजपा नेतातर्फ संकेत गर्दै भने, 'भाजपालाई राजीनामा माग्ने रोग लागेको छ।' द्विवेदीका अनुसार रेलमन्त्री बंसलले नैस्पष्टिकरण दिएर घुसकान्डबारे छानबिन हुनुपर्ने बताएपछि उनीबाट राजीनामाको अपेक्षा गर्न नहुने बताए।

मुम्बइमा पक्राउ परेका रेलवे अधिकारी महेशकुमारलाई राजधानी नयाँ दिल्ली लैजान मुम्बईको विशेष अदालतले शनिबार सिबिआईलाई ट्रान्जिट रिमान्ड दिएको छ।

यसैबीच परेका रेलमन्त्री बंसलका भान्जा घुसकान्डमा पक्राउ परेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न शनिबार साँझ कंग्रेस पार्टीको बैठक बसेको छ। कंग्रेस अध्यक्ष श्रीमती सोनिया गान्धीको अध्यक्षतामा कंग्रेसका वरिष्ठ नेताहरूको बैठक प्रधानमन्त्री निवासमा भएको थियो।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...