5 Poush, 2071 |
Menu

विश्व

भवनमा परी मृत्युहुने ५४०, अझै कयौँ बेपत्ता

(0 votes)
भवनमा परी मृत्युहुने ५४०, अझै कयौँ बेपत्ता
ढाका - बङ्गलादेशको राजधानी ढाकामा गत अप्रिल महिनाको २४ तारिखमा भत्किएको एक व्यापारिक भवनबाट उद्वारको काम जारी नै रहँदा शनिबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ५४० पुगेको बताइएको छ। समाचारमा जनाइएअनुसार शुक्रबार रातिअबेरतिर सो भत्किएको भवनबाट थप १५ जनाको शव निकालिएको हो। यो सङ्ख्यापछि बङ्गलादेशको उक्त भवनमा परी मारिने ५४० पुगेका हुन्।

सो भवनबाट शुक्रबार अपरान्हसम्ममा ५२५ को शव निकालिएको थियो। उक्त भवनमा परी अरुपनि केही नागरिक पुरिएको पनि समाचारमा जनाइएको छ। बङ्गलादेशको राष्ट्रिय सेनाले पनि सो समाचारको पुष्टि गरेको छ। सो दुर्घटनाको उद्वारका लागि स्थापना गरिएको बङ्गलादेशी सेनाको कार्यालयले उक्त सङ्ख्या पुष्टि गरेको हो। सो कार्यालयका मेजर सजाद हुसेनले उक्त भवनबाट उद्वारको काम जारी रहेको जानकारी दिए।

उक्त भवनमा सो दुर्घटना हुने समयमा कम्तीमा पनि तीन हजार नागरिक तथा मजदुरहरु रहेको बताइएको छ। ती मध्ये दुई हजार ४३७ जनाको भने सुरुमै उद्वार गरिएको थियो।  बिहबार बिहानसम्म उक्त भत्किएको भवनको भग्नावशेषबाट ४४१ जनाको शव निकालिएको जानकारी गराइएको थियो। त्यसपछि थप शवहरु हिजो पनि निकालिएको छ।

सो दुर्घटनाको विरोधमा राजधानी ढाकामा हजारौँ नागरिकको विरोध कायमै रहेको छ। उनीहरुले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोशाक सञ्चालन गर्ने मालिकलाई मृत्युदण्डको कारबहीको माग गरेका छन्।  सो भवन भत्किएको विषयमा सरकारी एक उच्च टोलीले अनुसन्धान थालेको छ। प्रारम्भिक रुपमा सो छानबीनबाट खासै केही देखिएको छैन। तर पनि शुक्रबार राति अबेरतिर सो समितिका एकजना अधिकारीले दिएको जानकारी अनुसार उक्त भवनमा लोडसेडिङ् भएपछि चारवटा निकै शक्तिशाली जेनेरेटर चलाउने गरिएको र ती चारैवटा जेनेरेटरको आवाजले गर्दा सो भवनमा निकै ठूलो कम्पन उत्पन्न हुने गरेको थियो।

प्रारम्भिक अनुसन्धानबाट तिनै जेनेरेटरको आवाज र कम्पनबाट घरको भित्ता हल्लिने गरेको र पछि त्यसैकारणले भत्किएको हुनसक्ने अनुमान गरिएको बताइएको छ। रासस/एपी

अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

वासिङटन– अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसका भाइ जेब बुसले आफू पनि सन् २०१६ मा हुने चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। रिपब्लिकन पार्टीका बुस फ्लोरिडाका पूर्वगभर्नर हुन्। उनले आफ्नो प्रचार...

माछाको भाग नपाएपछि चार माझीको हत्या

पटना- भारतको गरिबीग्रस्त बिहार राज्यमा तल्लो जातका माझीले आफूले मारेको माछाको भाग दिन नमानेपछि माथिल्लो जातिका पुरुषले चार माझीलाई गोली हानी मारिदिएका छन्। यी माझीले आफ्नो गाउँमा एक पोखरीमा माछा...

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नी- अष्ट्रेलियाको सिड्नीस्थित एक क्याफेमा आएका ग्राहकहरुलाई बन्दुकधारीले बन्धक बनाएका छन्। मार्टिन प्लेसको लिन्ड्ट क्याफेलाई बन्दुकधारीले कब्जा गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। बन्धक बनाएसँगै सशस्त्र प्रहरीले क्याफेलाई घेराबन्दी गर्नुका साथ...

प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो

प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो

आइजेल्सटाइन–प्रेमलाई सफल पार्न प्रेमीले आफ्नी प्रेमीकालाई आकाशको जुन तारा धर्तीमा खसाल्ने वाचा गरेको सुनिँदै आइएको हो। तर यस्तै काल्पनिक कुरा वास्तविक जीवनमा उत्रार्न खोज्दा एक प्रेमी घाइते भएका छन्।

भारतमा ‘जिहादी ट्विटर' पक्राउ

बङ्लोर (भारत)– भारतीय प्रहरीले शनिबार इस्लामिक स्टेट समूहलाई समर्थन गर्ने प्रभावशाली ट्विटर अकाउन्ट सञ्चालक २४ वर्षीय युवकलाई पक्रेको छ। दक्षिणी नगर बङ्लोरमा भारतीय खाद्य उत्पादकका लागि काम गर्ने मेहदी मसरुर...

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।