Wednesday 7 Shrawn, 2071 |
Menu

विश्व

बङ्गलादेशको तयारी पोसाक उद्योग आजबाट सुचारु

  • बिहीबार १९ बैशाख, २०७०
  • रासस/एपी
  • DISQUS_COMMENTS
(0 votes)
बङ्गलादेशको तयारी पोसाक उद्योग आजबाट सुचारु
ढाका - बङ्गलादेशको तयारी पोसाक उद्योग बिहीबारबाट पुनः सुचारु भएको छ। बङ्गलादेशको राजधानी ढाकामा एक भवन भत्किँदा भएको दुर्घटनापछि बन्द भएको सो उद्योग आजबाट पुनः सुचारु भएको हो। राजधानी ढाकामा रहेका विभिन्न पाँचवटा तयारी पोसाक कारखानाको एक भवन गत हप्ता बुधबार भत्किएपछि उक्त उद्योग नै नराम्ररी प्रभावित भएको थियो।
सो भवनमा परी आजसम्ममा कम्तीमा पनि ४ सय २७ जनाको ज्यान गएको छ। सो क्रममा त्यहाँ काम गरिरहेका विभिन्न गार्मेन्टका मजदुरहरु सो दुर्घटनामा परेका थिए।
उक्त दुर्घटनापछि बङ्गलादेशका व्यवसायीले पश्चिमा मुलुकका व्यापारीसँग आफ्ना औद्योगिक उत्पादनहरु किनिदिन केही दिन मात्रअघि आग्रह गरेका थिए। 
उक्त दुर्घटनापछि बङ्गलादेशको तयारी पोसाकसम्बन्धी व्यवसाय क्षेत्रको औद्योगिक सुरक्षाका विषयमा विभिन्न टीकाटिप्पणी आइरहेका बेला बङ्गलादेशका व्यापारीले यो आग्रह गरेका थिए।
बङ्गलादेशको तयारी पोसाक व्यवसायका क्षेत्रमा सुरक्षा मापदण्ड नअपनाउने गरेका तथा त्यहाँ मजदुरको असुरक्षाका कारण ज्यान जाने गरेका घटनाहरु भएकाले उनीहरुले पश्चिमा देशका लगानीकर्ता एवम् ग्राहकसमेतलाई यो अपिल गरेका बताइएको छ।
तयारी पोसाकका क्षेत्रमा बङ्गलादेश विश्वकै एक प्रमुख उत्पादक हो। उ चीन पछिको विश्वकै दोस्रो ठूलो निर्यातकर्ता पनि हो । 
हालैको एक तथ्याङ्अनुसार बङ्गलादेशमा हाल कम्तीमा पनि २० अर्ब अमेरिकी डलर बराबरको तयारी पोसाकको व्यवसाय रहेको छ। यो व्यवसाय बङ्गलादेशमा प्रतिदिन बढ्दो अवस्थामा रहेका पनि समाचारमा बताइएको छ।
बङ्गलादेशका तयारी पोसाक कारखानामा काम गर्ने दसौँ लाख मजदुर आजदेखि काममा फर्किएका छन् । सो भवनमा भएको उक्त दुर्घटनापछि त्यहाँ यो क्षेत्रको काम प्राय ठप्प रहेको थियो।
बङ्गलादेशको तयारी पोसाक उत्पादक सङ्घ एवम् तयारी पोसाक निर्यात सङ्घका उपाध्यक्ष सयिदुल्लाह अजिमले आजबाट यस उद्योग सुचारु भएको जानकारी दिएका छन् ।
राजधानी ढाकामा नै रहेको पाँचवटा तयारी पोसाकको कारखाना रहेको आठतल्ले भवन भत्किँदा यसलाई बङ्गलादेशको तयारी पोसाक व्यवसायको कमजोरीका रुपमा विश्वका विभिन्न देशमा टीकाटिप्पणीहरु गरिएको छ। 
सो भत्किएको भवनमा परी अझैपनि डेढसयजति नागरिक हराइरहेका छन्। भग्नावशेषबाट उद्धारको काम जारी नै रहेको भएपनि अब जीवितै निकाल्ने सम्भावना निकै कम रहेको बताएका छन्। 
उता सो दुर्घटनाको विरोधमा राजधानी ढाकामा हजारौँ नागरिक विरोधमा उत्रिएका छन्। उनीहरुले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोसाक सञ्चालन गर्ने मालिकलाई मृत्युदण्डको कारबाही माग गरेका छन्।
मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्नमा एड्सको उपचार खोजिदै

मेलबर्न-अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ। विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको...

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

विमान दुर्घटनास्थलमा सुरक्षा क्षेत्र बनाउन विद्रोहीद्वारा स्वीकार

ग्राबोभ (युक्रेन)- युक्रेनको रसिया समर्थक विद्रोहीहरूले शनिबार मलेसियाली जेट विमान दुर्घटनाग्रस्त तथा उनीहरूको नियन्त्रणमा रहेको स्थलमा सुरक्षा क्षेत्र स्थापना गर्न स्वीकार गरेका छन्। यस घटनाका कारण क्रेमलिनको अन्तर्राष्ट्रिय रूपमा आलोचना...

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

लखनउ - भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ। सोमबार बिहान उत्तर प्रदेशको कविर नगरस्थित चुरेव रेलवे स्टेसनमा गोरखधाम एक्सप्रेस दुर्घटनामा परेको हो।

मनमोहन सिंहले दिए राजीनामा

मनमोहन सिंहले दिए राजीनामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विपक्षी दलको ऐतिहासिक जितपछि शनिबार दिउसो पदबाट राजीनामा दिएका छन्। १० वर्षसम्म प्रधानमन्त्री रहेका उनले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष राजीनामा बुझाएका हुन्।

भाजपाको बहुमत, मोदीले बुधबार प्रधानमन्त्रीको शपथ लिने

भाजपाको बहुमत, मोदीले बुधबार प्रधानमन्त्रीको शपथ लिने

नयाँदिल्ली (एजेन्सी)– ‘भारतको जित! अब राम्रो दिन आउनेवाला छ।' भारतीय जनता पार्टी (भाजपा) का प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले शुक्रबार दिउँसो १२ बजेर २४ मिनेटमा टि्वट गरे।

सोनिया र राहुलले लिए हारको जिम्मेवारी

सोनिया र राहुलले लिए हारको जिम्मेवारी

नयाँ दिल्ली– कांग्रेस अध्यक्ष सोनिया गान्धी र उपाध्यक्ष राहुल गान्धीले भारतीय संसदको तल्लोसभाका लागि भएको आमनिर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिएका छन्।