Thursday 11 Baishak, 2071 |
Menu

विश्व

विश्वका विश्वका शक्तिशाली व्यक्तित्त्वमा मनमोहन र सोनिया

  • बिहीबार १९ बैशाख, २०७०
  • पिटिआई
  • DISQUS_COMMENTS
(0 votes)
विश्वका विश्वका शक्तिशाली व्यक्तित्त्वमा मनमोहन र सोनिया
वासिङटन– भारतका प्रधानमन्त्री मनमोहन सिंह र कंग्रेस अध्यक्ष श्रीमती सोनिया गान्धीसहित १६ जना भारतीय विश्वका सर्वाधिक शक्तिशाली ५ सय व्यक्तित्त्वको सूचीमा परेका छन्।

प्रतिष्ठित फरेन पोलिसी म्यागजिनले हालै प्रकाशन गरेको सूचीमा प्रधानमन्त्री सिंह र अध्यक्ष श्रीमती गान्धीबाहेक अर्थमन्त्री पी चिदम्बरम्, रक्षामन्त्री एके एन्टनी र विदेशमन्त्री सलमान खुर्सिदले समेत शक्तिशाली व्यक्तित्त्वको सूचीमा ठाउँ पाएका छन्। आध्यात्मिक गुरु रामदेव र रविशंकरसहित भारतीय संसदको तल्लो सदन लोकसभामा भारतीय जनता पार्टीकी नेता सुषमा स्वराज पनि सूचीमा समेटिएका छन्।
फरेन पोलिसी म्यागजिनले प्रकाशन गरेको 'फाइभ हन्ड्रेड मोस्ट पावरफुल पिपुल अन द प्लानेट'को सूचीमा भारतको जासुसी संस्था 'र'(रिसर्च एन्ड एनालाइसिस विङ) प्रमुख आलोक जोसीका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन पनि परेका छन्। विख्यात भारतीय व्यापारी समूह रिलायन्सका मुकेस अम्बानी र आर्सलरमित्तल समूहका लक्ष्मी मित्तललाई समेत सूचीमा ठाउँ दिइएको छ।
सर्वाधिक शक्तिशाली व्यक्तिको सूचीमा नयाँ दिल्लीकी मुख्यमन्त्री शीला दीक्षित, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मेडिसिन साँ फ्रन्टियर्सका अध्यक्ष उन्नी करुनाकर, मुम्बईका मेयर सुनिल प्रभु, एम्नेस्टि इन्टरनेसनलका महासचिव सलिल सेट्टी परेका छन्।
पाकिस्तानबाट भने सेना प्रमुख असफाक परवेज कयानी, जासुसी संस्था आइएसआई प्रमुख जहिर उल–इस्लाम, पाक तालिबान नेता हकिमुल्ला मसुद र कराँचीका प्रशासक सैयद हसिम रजा जैदी फरेन पोलिसी म्यागजिनको सूचीमा परेका छन्।
शक्तिशाली व्यक्तित्त्वको सूचीमा पर्नेमा धेरै संख्या अमेरिका र युरोपबाट छन्। शक्तिशाली व्यक्तित्त्वको सूचीमा भारत र पाकिस्तानभन्दा बढी चिनियाँहरू परेका छन्। सूचीमा ३० चिनियाँहरू समेटिएका छन्। भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाइ लामा पनि शक्तिशाली व्यक्तित्त्वको सूचीमा परेका छन्।
म्यागजिनले शक्तिशाली व्यक्तित्त्व छनोटको आधार पनि खुलाएको छ। म्यागजिनले विश्व बजारमा महत्त्वपूर्ण उद्योगदेखि राजनीति, अर्थ, सञ्चारमाध्यमदेखि ऊर्जा र हातहतियारदेखि धर्मसम्म प्रभावशाली व्यक्तित्त्व छानिएको जनाएको छ।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...

Our website is protected by DMC Firewall!