Monday 16 Chaitra, 2071 |
Menu

विश्व

HUB

अफगानिस्तानमा ३ बेलायती सैनिकको हत्या

  • बिहीबार १९ बैशाख, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
काबुल– अफगानिस्तानमा तालिबान लडाकुले बम विस्फोट गराएर तीनजना बेलायती सैनिकको हत्या गरेको बुधबार अफगान अधिकारी र नेटोले जनाएका छन्।

अफगान अधिकारी र नेटोले बेलायती सैनिक मारिएको जानकारी बुधबार बिहान दिएको हो। सैनिक मारिएको पुष्टी बेलायती रक्षा मन्त्रालयले समेत गरेको छ। मंगलबार साँझ सडक किनारामा राखिएको बम विस्फोट गराएर ती सैनिकको हत्या गरिएको बेलायती अधिकारीले जनाए। नेटोका अनुसार ती सैनिक अफगानिस्तानको नार–ए–सरोज जिल्लामा नियमित गस्तीमा रहेका बेला सडकमा राखिएको बम नियोजित रुपमा विस्फोट गराइएको थियो।
गस्ती टोली उक्त बम राखिएको ठाउँमा पुगेपछि तालिबानले लुकेर रिमोटबाट बम विस्फोट गराएका थिए। उक्त क्षेत्र हेल्माण्ड प्रान्तमा पर्छ। बेलायतको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा लामो समयदेखि बेलायती सेनाले सुरक्षा प्रदान गरीरहेको भन्दै मंगलबार आफ्ना तीन सैनिकको हत्या गरिएको बताएको छ। नेटो सेनामा बेलायती सैनिकसमेत समावेश छन्। नेटो सैनिक समूहमा संलग्न रहे पनि त्यहाँ मारिने सैनिकको परिचय नदिने नीति नेटोको रहेकोले मंगलबार तीनजना सैनिक मारिएको सूचना मात्र उसले दिएको थियो।
हत्याबारे तालिबानले भने केही बताएका छैनन्। अफगानिस्तानमा सन् २००१ देखि अमेरिकी नेतृत्वको नेटो सेनाविरुद्ध तालिबान लडाकु संघर्ष गर्दै आएका छन्। सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसक्ने नेटो सम्बद्ध राष्ट्रहरुले गत वर्ष नै बताइसकेका छन्। अफगानिस्तानमा तालिबान लडाकुले अफगान सुरक्षा निकाय र नेटो सेनालाई लक्ष्य गरी बारम्बार बम र विस्फोटक पदार्थ विस्फोट गराउँदासर्वसाधारण मारिने गरेका छन्। अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्ममा नेटो सैनिक फिर्ता भइसक्ने घोषणा यसअघि नै गरिएको भए पनि अफगानिस्तानको शान्ति सुरक्षामा भने उल्लेखनीय सुधार आउन सकेको छैन।
यसैबीच अफगानिस्तानमा तालिबान लडाकुविरुद्ध अफगान र नेटो सेनाको संयुक्त आक्रमणमा कम्तीमा ६ जना तालिबान लडाकु मारिएका छन्। अफगान गृह मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा लडाकु मारिएको जनाइएको हो। आक्रमणका क्रममा केही लडाकु पक्राउसमेत परेका छन्। अफगान सेना र नेटो सेनाले २४ घन्टायता गरेको आक्रमणका क्रममा ती लडाकु मारिएको जनाइएको छ। अफगानिस्तानमा तालिबान लडाकूविरुद्ध नेटो र अफगान सेनाले संयुक्त आक्रमण गर्ने गरेका छन्। अफगानिस्तानका विभिन्न सहरमा गरिएको आक्रमणमा ती लडाकु मारिएका नेटोले जनाएको छ। आक्रमणमा सेनाले हतियार समेत बरामद गरेको छ।
जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

जर्मन जहाज दुर्घटनामा १५० को मृत्यु, यस्तो छ दुर्घटनास्थल (भिडियो सहित)

रिस– जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ।१ सय ४४ यात्रु र...

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति

लन्डन– भारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको सालिक शनिबार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ। गान्धीको सालिक विख्यात घडि बिग बेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयुद्धकालिन बेलायती नेता...

बच्चा साटिएपछि…

बच्चा साटिएपछि…

फ्रान्स – सोफी सेरानोले केही दिनको पर्खाइपश्चात् आफूले जन्म दिएको छोरी मेननलाई उचाल्ने मौका पाइन्। जन्मनेबित्तिकै जन्डिस देखा परेपछि मेननको आमासँग टाढा क्रृत्रिम प्रकाशमा छुट्टै राखेर उपचार भइरहेको थियो। तर,...

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

भ्रष्टाचारमुक्त दिल्लीको वाचा, को को भए मन्त्री?

नयाँ दिल्ली– दोस्रोपल्ट दिल्लीको मुख्यमन्त्री बनेका आम आदमी पार्टी (आप) नेता अरबिन्द केजरिवालाले शनिबार पदको शपथ लिएका छन्। दिल्लीका उपराज्यपाल नजिब जंगले ऐतिहासिक रामलिला मैदानमा हजारौं सर्वसाधारणको उपस्थितिमा केजरिवाललाई पद तथा...

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

पूर्वी युक्रेनमा युद्धविराम घोषणा, के छ सम्झौतामा?

मिन्स्क– बेलारुसको राजधानी मिन्स्कमा १७ घन्टा चलेको वार्तापछि पूर्वी युक्रेनमा सरकार–रुससमर्थक पृथक्तावादीबीच युद्धविराम भएको छ। युक्रेन संकट समाधानका लागि बेलारुसमा भेला भएका रुस, जर्मनी, फ्रान्स र युक्रेनका नेताले लामो वार्तापछि बिहीबार...

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

लगानी नीतिबारे ओबामा–सीबीच छलफल

वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच मंगलबार फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरू दुवैले आगामी दिनमा अमेरिका–चीन आर्थिक सम्बन्ध कसरी सुदृढ र फलदायी बनाउन सकिन्छ...

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण

नयाँ दिल्ली– भारतले लामो दूरीसम्म प्रहार गर्नसक्ने र आणविक हतियार बोक्न सक्षम अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ। मोबाइल लन्चरबाट प्रहार गर्न सकिने अग्नि–५ को परीक्षण शनिबार उडिसाको समुद्रतटको ह्विलर...

मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...