Sunday 18 Magh, 2071 |
Menu

विश्व

HUB

मुसर्रफलाई थप थुनामा राख्न आदेश

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस/एपी
  • DISQUS_COMMENTS
(0 votes)
मुसर्रफलाई थप थुनामा राख्न आदेश
रावलपिण्डी - आगामी मे महिनामा निर्वाचनमा उमेदवार हुने उद्देश्यले स्वदेश फर्किएका पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफको उक्त निर्वाचनको समय जेलमै बित्ने भएको छ। पाकिस्तानी पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको हत्यामा संलग्न भएको अरोपमा त्यहाँको एक अदालतले आज थुनामा राख्ने समय थपिदिएको छ।
यसले गर्दा उनको निर्वाचन लड्ने समय नै जेलमा बित्ने भएको हो। उनलाई पाकिस्तानको रावलपिण्डीस्थित एक आतङ्कवाद विरोधी अदालतले मङ्गलबार थप १४ दिन थुनामा राख्ने आदेश दिएको हो।
प्राप्त समाचारअनुसार उनलाई आजै सो आदेश दिइएको हो। उनलाई पूर्व प्रधानमन्त्री भुट्टोको हत्याको आरोप लगाइएको छ। सो विषयमा अनुसन्धानका लागि उनलाई सो थप थुनाको आदेश दिइएको समाचारमा उल्लेख छ।
उनी यसअघिदेखि नै घरैमा नजरबन्दमा हुनुहुन्छ। उनी हाल आफू सत्तामा रहँदा पाकिस्तानका एकजना न्यायाधीशलाई बर्खास्त गरी थुनामा राखेको अरोपमा आरोपमा नजरबन्दमा नै हुनुहुन्छ।
सो मुद्धाका लागि उनको थुनाको म्याद सकिएपछि उक्त अदालतले उनलाई आज थप १४ दिनको थुना तोकेको हो। न्यायाधीशसम्बन्धी मुद्धामा राखिएका उनीलाई भुट्टो हत्याको अरोपमा गत हप्ता नै अदालतमा उपस्थित गराइएको पाकिस्ताननको रावलपिण्डीबाट विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्।
पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको सन् २००७ मा हत्या भएको थियो। आम निर्वाचनको प्रचारमा लागिरहेका बेला उनको हत्या गरिएको थियो।
सो हत्यामा पूर्व सैनिक शासक मुसर्रफको हात रहेको आरोप लगाइएको छ। सो हत्याको समयमा मुसर्रफ पाकिस्तानको राष्ट्रपति थिए । तर यसअघि देखि नै उनले उक्त हत्याको आरोप भने अस्वीकार गर्दै आएका छन् ।
करिब पाँच वर्षको विदेश पलायनपछि गत महिना मात्र स्वदेश फर्किएका पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई यो समेतगरी तीनवटा छुट्टैछुट्टै अरोप लगाइएको छ।
पूर्व प्रधानमन्त्री भुट्टोको हत्यामा मुसर्रफले षड्यन्त्र गरेको आरोप पाकिस्तानका अधिकारीहरुले लगाएका छन्।
उनलाई सयौँ सैनिक तथा अर्ध सैन्यको घेराभित्र राखिएको छ। अदातलमा ल्याइदा पनि उनलाई यस्तो सुरक्षा घेरा प्रदान गर्ने गरिएको छ।
उनलाई पाकिस्तानका तालिबानीहरुले पनि पाकिस्तान फर्किएमा हत्या गर्ने धम्की यसअघि नै सार्वजनिक गरिसकेका छन्। जसका कारण पनि सरकारले उनलाई कडा सुरक्षा घेरामा राखिरहेको बताइएको छ।
पाकिस्तानमा आगामी महिनाको ११ तारिखमा आम निर्वाचन हुँदैछ। सो निर्वाचनमा सहभागिताका लागि मुसर्रफ स्वदेश फर्किएका थिए ।
स्वेदश फर्किएलगत्तै निर्वाचनको प्रचारमा जुट्ने योजना बनाएका उनलाई हाल आएर भने तीन वटा छुट्टाछुट्टै अभियोग लगाइएको छ।
उनले आफ्नो दलको निर्वाच प्रचार सुरु गरे लगत्तै उनलाई आफू सत्तामा रहँदा भ्रष्टाचार गरेको, अदालतको मानहानी गरेको तथा भुट्टोको हत्यामा षड्यन्त्र गरेको जस्ता आरोप लगाई प्रहरी नियन्त्रणमा राखिएको छ।
मोदीको कसिलो अंकमालमा ओबामा

मोदीको कसिलो अंकमालमा ओबामा

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गहिरो आत्मीयता दर्शाउँदै विभिन्न सम्झौता गरेका छन्। एयरफोर्स वनको जहाजबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार...

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

अमेरिकी अर्थतन्त्र सुधार: ओबामा

वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले वर्षौं लम्बिएका इराक र अफगानिस्तान युद्ध र आर्थिक कठिनाइबाट अमेरिका बाहिर निस्केको दाबी गरेका छन्। ओबामाले मंगलबार अमेरिकी संसदको संयुक्त सभामा आफ्नो वार्षिक 'स्टेट अफ युनियन'...

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

चिनियाँ राष्ट्रपतिको तलब बढ्यो

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङसहित सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो स्थायी समितिका ६ जना विशिष्ट सदस्यको तलब ६२ प्रतिशत वृद्धि भएको छ। साथसाथै चीनका सरकारी कर्मचारीको पनि तलब वृद्धि भएको चिनियाँ...

किन भयो राजापाक्षेको पराजय?

किन भयो राजापाक्षेको पराजय?

कोलम्बो– पृथक्तावादी तमिल टाइगर्स लडाकु संगठन लिट्टेलाई पराजित गरी २५ वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको एक दशक लामो शासन समाप्त भएको छ। पदावधि सकिनुअघि नै तेस्रोपल्ट...

पाक संसद सैनिक अदालतको पक्षमा

पाक संसद सैनिक अदालतको पक्षमा

इस्लामाबाद– पाकिस्तानको संसदले संदिग्ध उग्रवादी लडाकुमाथि मुद्दा चलाउन मंगलबार सैनिक अदालत गठनको पक्षमा मतदान गरेको छ। संसदका दुवै सदन तल्लो र माथिल्लोबाट सैनिक अदालत गठनसम्बन्धी विधेयक दुई तिहाई मतबाट पारित...

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

गुआङ्गजोउ- दक्षिणी चीनको गुआङ्गडोङ्ग प्रान्तमा बुधबार बिहान एक कारखानामा भएको ग्यास विस्फोटमा परी १७ व्यक्तिको मृत्यु भएको छ। सो घटनामा अन्य ३३ जना कामदार घाइते भएका स्थानीय अधिकारीले जनाए।

जहाज समुद्रमा खसेको आशंका

जहाज समुद्रमा खसेको आशंका

जकार्ता– इन्डोनेसियाली अधिकारीले एयर एसियाको आइतबार बेपत्ता जहाज समुद्रमा खसेको आशंका गरेका छन्। उडान क्युजेड८५०१ को बेपत्ता जहाजको खोजीमा संलग्न वरिष्ठ अधिकारी बेमबेङ सोलिस्तियोले सोमबार प्रारम्भिक जानकारीका आधारमा जहाज समुद्रमा खसेको...

१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

१२ सय किलोमिटर टाढाबाट बेइजिङमा पानी

बेइजिङ– चीनको राजधानी बेइजिङमा शनिबार १२ सय किलोमिटर टाढाबाट खानेपानी आपूर्ति हुन थालेको छ। मध्यचीनमा निर्माण गरिएको विशाल बाँधमा पानी जम्मा गरी बेइजिङसम्म खानेपानी आपूर्ति गर्न थालिएको हो। राजधानी बेइजिङले शनिबार...