Friday 4 Poush, 2071 |
Menu

विश्व

ओबामाद्वारा अमेरिकामा अपराध बढेको स्वीकार

  • बिहीबार १९ बैशाख, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
वासिङटन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक दशकयता अमेरिकामा दक्षिण एसियाली मूलका हिन्दू, मुसलमानलगायत सिख समुदायमाथि छालाको रङ वा धार्मिक आस्थाका आधारमा संवेदनाहीन अपराध बढेको स्वीकारेका छन्। 

मेलाई एसियाली अमेरिकी तथा प्रशान्त क्षेत्रीय सम्पदा महिनाको रूपमा घोषणा गरिएको अवसरमा राष्ट्रपति ओबामाले बुधबार त्यहाँ अपराध बढेको बताएका हुन्। राष्ट्रपति ओबामाले एसियाली, अमेरिकी तथा प्रशान्त क्षेत्रका जनताको अदम्य दृढता र आशावादीताले उनीहरू नकारात्मकता पराजित गर्न सफल भएर चिकित्साशास्त्र, व्यापारलगायत कानुन जस्ता क्षेत्रमा उच्च स्थान बनाउन सकेको बताए।
अमेरिकाले यस वर्ष सन् १९८८ को नागरिक स्वतन्त्रता ऐनको रजत वर्ष र चिनियाँ बहिस्कार कानुन खारेजीको ७० औं वर्ष मनाउने भएको छ। ओबामाले कडा मेहनती एसियाली परिवारले स्वास्थ्य सेवा, शिक्षा र रोजगारीमा अगाडि बढ्न बाधा भोग्ने गरेको बताउँदै आफ्नो प्रशासन यस्तो अवस्था अन्त्य गर्न बचनबद्ध भएको बताए। उनले आफू एसियाली समूदायको नागरिक अधिकार, आर्थिक अवसर, राम्रो स्वास्थ्य र शिक्षाका लागि प्रतिबद्ध भएको बताए। अमेरिकामा हरेक वर्ष मे महिनालाई एसियाली अमेरिकी तथा प्रशान्त क्षेत्रीय सम्पदा महिनाको रूपमा मनाइन्छ।
अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

अमेरिकी राष्ट्रपतिको दौडमा तेस्रा बुस

वासिङटन– अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसका भाइ जेब बुसले आफू पनि सन् २०१६ मा हुने चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। रिपब्लिकन पार्टीका बुस फ्लोरिडाका पूर्वगभर्नर हुन्। उनले आफ्नो प्रचार...

माछाको भाग नपाएपछि चार माझीको हत्या

पटना- भारतको गरिबीग्रस्त बिहार राज्यमा तल्लो जातका माझीले आफूले मारेको माछाको भाग दिन नमानेपछि माथिल्लो जातिका पुरुषले चार माझीलाई गोली हानी मारिदिएका छन्। यी माझीले आफ्नो गाउँमा एक पोखरीमा माछा...

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा, पाँच जना निस्किए

सिड्नी- अष्ट्रेलियाको सिड्नीस्थित एक क्याफेमा आएका ग्राहकहरुलाई बन्दुकधारीले बन्धक बनाएका छन्। मार्टिन प्लेसको लिन्ड्ट क्याफेलाई बन्दुकधारीले कब्जा गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। बन्धक बनाएसँगै सशस्त्र प्रहरीले क्याफेलाई घेराबन्दी गर्नुका साथ...

प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो

प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो

आइजेल्सटाइन–प्रेमलाई सफल पार्न प्रेमीले आफ्नी प्रेमीकालाई आकाशको जुन तारा धर्तीमा खसाल्ने वाचा गरेको सुनिँदै आइएको हो। तर यस्तै काल्पनिक कुरा वास्तविक जीवनमा उत्रार्न खोज्दा एक प्रेमी घाइते भएका छन्।

भारतमा ‘जिहादी ट्विटर' पक्राउ

बङ्लोर (भारत)– भारतीय प्रहरीले शनिबार इस्लामिक स्टेट समूहलाई समर्थन गर्ने प्रभावशाली ट्विटर अकाउन्ट सञ्चालक २४ वर्षीय युवकलाई पक्रेको छ। दक्षिणी नगर बङ्लोरमा भारतीय खाद्य उत्पादकका लागि काम गर्ने मेहदी मसरुर...

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।