Thursday 4 Baishak, 2071 |
Menu

प्रविधि

माछापुच्छ्रे आधारशिविरसम्म इन्टरनेट

  • शुक्रबार २० बैशाख, २०७०
  • सन्तोष पोखरेल
  • DISQUS_COMMENTS
(0 votes)
माछापुच्छ्रे आधारशिविरसम्म इन्टरनेट
पोखरा - पदयात्रामा गएका पर्यटकको सुविधालाई ध्यान दिँदै माछापुच्छ्रे आधार शिविरसम्म इन्टरनेट सेवा विस्तार गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र छोम्रोङ पर्यटन व्यवस्थापन उपसमितिको आर्थिक सहयोगमा माछापुच्छ्रे हिमालको फेदीमा इन्टरनेट सुविधा विस्तार गरिएको हो। इन्टरनेट सेवा विस्तारका लागि नेपाल वायरलेस नेट वर्किङ प्रोजेक्टले प्राविधिक सहयोग गरेको थियो।
'पदयात्रामा गएका पर्यटकलाई इन्टरनेट नहुँदा अप्ठेरो थियो, चाहेको बेलाामा आफ्नो परिवारसँग सूचना आदानप्रदान गर्न सक्दैनथे,' एक्यापका संरक्षण शिक्षा तथा प्रचारप्रसार अधिकृत रमेश श्रेष्ठले भने, 'सेवा विस्तारसँगै अहिले पर्यटकले निकै नै राहत महसुस गरेका छन्।' 
सूचनाको युगमा पनि सञ्चारसम्पर्क गर्न नपाएको भन्दै पदयात्रामा गएका कतिपय पर्यटकले गुनासो गर्ने गरेको उनले सुनाए। श्रेष्ठका अनुसार आधार शिविरमार्गमा पर्ने फिस्टेल होटल, हिमालयन होटल, सिनुवा गेस्ट हाउस, देउराली गेस्ट हाउस र छोम्रोङको एक्सेलेन्ट भ्यु प्वाइन्ट र छोम्रोङ कटेजमा इन्टरनेट सुविधा सञ्चालन गरिएको छ। माछापुच्छ्रे आधार शिविरको गंगापूर्ण गेस्ट हाउस, माछापुच्छे्र गेस्ट हाउस, गुरुङ को–ओपरेटिभ गेस्ट हाउस र शंकर गेस्ट हाउसमा पनि इन्टरनेट सुविधा उपलब्ध छ। 
माछापुच्छ्रे आधारशिविरसम्म इन्टरनेट पुर्यारउन करिब १५ लाख रुपैयाँ लागत परेको उनले जानकारी दिए। केही समयपछि सेवा विस्तार गरेर अन्नपूर्ण आधार शिविरसम्मै पुर्या्उने योजना रहेको पर्यटन व्यवस्थापन उपसमिति छोमरोङका अध्यक्ष हिमबहादुर गुरुङले बताए। 

'बजेट अभाव भएर रोकिएको हो, अबको केही समयभित्रै अन्नपूर्ण आधार शिविरसम्मै इन्टरनेट सेवा बिस्तार गर्छौं,' उनले भने। माछापुच्छे्रे आधारशिविरबाट डेढ घन्टा पैदल हिँडेपछि अन्नपूर्ण आधार शिविर पुगिन्छ। थप तीन लाख रुपैयाँ बजेट भए अन्नपूर्ण आधार शिविरसम्म इन्टरनेट पुर्या्उन सकिने उनले बताए। 
गुरुङका अनुसार होटलमा बास बसेका पाहुनाले ३ सय रुपैयाँ तिरेपछि मनलाग्दी रुपमा इन्टरनेट सेवा प्रयोग गर्न पाउँछन्। 'दिउँसो २/३ बजेपछि पर्यटक होटलमा बस्न थाल्छन्, भोलिपल्ट बिहान होटलबाट नबाहिरिएसम्म तीन सय रुपैयाँले चाहेजति इन्टरनेट चलाउन पाइन्छ,' उनले भने। 
अन्नपूर्ण आधार शिविरसम्म इन्टरनेट सेवा विस्तारसँगै त्यस क्षेत्रमा सिसिटिभी जडान गर्ने आफूहरुले योजना बनाएको उनले बताए। इन्टरनेट सेवा विस्तार र सिसिटिभी जडानका लागि करिब ५ लाख रुपैयाँ आवश्यक रहेको उनले बताए। अन्नपूर्ण आधार शिविरका केही ठाउँमा सिसिटिभी जडान गरेर त्यहाँको प्रत्यक्ष दृश्य कैद गर्दै देश विदेशसम्म पठाउन सकिने गरी प्रविधि जडानका लागि आफूहरुले पहल गरिरहेको उनले बताए। 
इन्टरनेट सेवा नहुँदा त्यस क्षेत्रमा पुगेका पर्यटकले आफू कुन ठाउँमा रहेको भन्नेसमेत जानकारी दिन नसक्ने अवस्था रहेकोमा अब समाधान भएको टे्रकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नारायण सापकोटाले बताए। 
'फोन सम्पर्क पनि नहुने र इन्टरनेट सुविधा पनि नहुँदा त्यस क्षेत्रको पदयात्रामा गएका पर्यटकको सञ्चारसम्पर्क नै विच्छेद हुन्थ्यो, अब त्यो समस्या रहेन,' सापकोटाले भने, 'यसले पर्यटकलाई परिवारसँग सम्पर्क गराउन र कुन ठाउँमा रहेको भन्ने जानकारी दिलाउन सहज भएको छ।' केही गरी उद्धार गर्नुपरे पनि यो प्रविधिले सघाउने उनले बताए।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...