Sunday 7 Baishak, 2071 |
Menu

प्रविधि

नेपालमा सामसङ ग्यालेक्सी एसफोर आइतबारबाट

(0 votes)
नेपालमा सामसङ ग्यालेक्सी एसफोर आइतबारबाट
काठमाडौं - सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर आगामी आइतबार (वैशाख २२) बाट नेपाली बजारमा सार्वजनिक हुने भएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जिन मोबाइलले गत आइतबारबाटै एसफोरको बुकिङ लिइरहेको छ।
भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माले बुकिङ गर्नेक्रम जारी रहेको बताए। आइएमएसका अध्यक्ष दीपक मलहोत्राले आगामी आइतबार एसफोर सार्वजनिक गर्ने जानकारी दिए। त्यसका लागि भर्जिन मोबाइलबाट गएको आइतबारदेखि नै बुकिङ सुरु गरिएको उनले बताए। 
ग्यालेक्सी एसफोर आयातका लागि प्रतीतपत्र खोलिसकेको मलहोत्राले एक महिनाअघि नै बताएका थिए। उनले अप्रिल अन्तिम साता नेपालमा नयाँ स्मार्टफोन भित्रिने जानकारी दिएका भए पनि एक साता लम्बिएको हो। 
सामसङले हालै विश्व बजारमा बिक्री सुरु गरेको एसफोर स्मार्टफोनमा ५ इन्चको एमोलिड टचस्त्रि्कन छ। यसको रिजोलुसन १०८०–पी छ। ग्यालेक्सी एसथ्रीको ४.८ इन्चभन्दा केही ठूलो स्त्रि्कन यसमा छ। 
गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम यसमा प्रयोग भएको छ। नयाँ स्मार्टफोनमा एक्जिनोस फाइभ ओक्टा–५४१० चिपसेटसहितको १.६ गिगाहर्जको ओक्टा कोर वा १.९ गिगहर्जको क्वाड कोर प्रोसेसर प्रयोग भएको छ। यसमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा छ। 
दुई गिगाबाइट र्यािम रहेको ग्यालेक्सी एसफोरका १६, ३२ र ६४ गिगाबाइट आन्तरिक मेमोरी रहेका मोडेल छन्। यसमा ६४ गिगाबाइटसम्मको मेमोरी विस्तार गर्न सकिन्छ। यसमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा छ। अगाडिपट्टि भने २ मेगापिक्सेलको क्यामेरा छ। यसमा डुअल सट, एचडी भिडियो र तस्बिर रेकर्डिङ, जियो–ट्यागिङ, टच फोकस, फेस र स्माइल डिटेक्सनलगायत विशेषता छन्। 
२ हजार ६ सय एमएएचको ब्याट्री रहेको यो फोनमा आई ट्र्याकिङ, जेस्चर क्यापाबिलिटिज, एस हेल्थ, एस भ्वाइस ड्राइभरलगायत थप विशेषता छन्। कम्पनीले 'स्मार्ट स्टे' र 'स्मार्ट पज' लगायत नयाँ सुविधा यसमा थपेको जनाएको छ। 
यस किसिमका सुविधाका कारण उपभोक्ताले यसमा भिडियो हेरिरहेका बेला आँखाको गतिअनुसार मोबाइलले प्रतिक्रिया जनाउँछ। प्रयोगकर्ताले स्त्रि्कनबाट आँखा अन्यत्र घुमाए चलिरहेको भिडियो रोकिन्छ भने फेरि स्त्रि्कनमा हेरे भिडियो चल्न थाल्छ। यो सुविधा प्रयोग गरेर स्क्रोल तलमाथि सार्न पनि सकिन्छ। 
एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि र एस भ्वाइसले सवारीमा फोन गर्न सहायता गर्नेछन्। विभिन्नखाले एप्लिकेसनका माध्यमबाट उपभोक्ताले विशेष सुविधा लिन सक्नेछन्। यो स्मार्टफोनमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्सलगायत सुविधा पनि छन्। यसै गरी एस ट्रान्सलेटरको सुविधा पनि रहेको छ। 
भर्जिनका प्रबन्ध निर्देशक शर्माका अनुसार नेपाली बजारमा सामसङ ग्यालेक्सी एसफोरको मूल्य ७१ हजार ९ सय रुपैयाँ पर्नेछ। नेपालमा १६ जिबी क्षमताको मात्र मोबाइल आउने छ। यसमा एनसेलले एक वर्षको बिमा र तीन महिनाका लागि एक जिबी डाटा निःशुल्क दिनेछ। भर्जिन मोबाइलले भने बुकिङ गरेकालाई फोन कभर सित्तैमा दिनेछ।
अर्को सेतो छडी

अर्को सेतो छडी

बारा सिमराका कृष्ण तिमल्सिनाले आँखाको ज्योति गुमाएको तीन दशक भइसक्यो। ज्वरोका कारण बाल्यकालमै दृष्टि गुमाएका तिमल्सिनाले दुई महिनायता भने ‘संसार देख्न' थालेको अनुभव गरेका छन्।

वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।