Sunday 7 Mangshir, 2071 |
Menu

खेल

भारतीय स्टार गल्फर शमिम आउने

mynepal
(0 votes)
काठमाडौं– सूर्य नेपाल मास्टर्स गल्फ प्रतियोगिता २०१३ मा भारतका स्टार व्यावसायिक शमिम खानको सहभागिता रहने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ। 

सूर्य नेपाल मास्टर्स २००८ का विजेता नयाँ दिल्लीका ३५ वर्षे खानले प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) का सातसहित कुल ९ व्यावसायिक उपाधि जितेका छन्। सूर्य नेपाल प्रालिको प्रायोजनमा एनपिजिएले गर्ने प्रतियोगिता मंगलबार गोकर्ण फरेस्ट गल्फ रिसोर्टको कोर्समा चार दिन चल्नेछ।
नेपाली गल्फमा सर्वाधिक ४८ लाख रुपैयाँ पुरस्कारको प्रतियोगितामा मंगलबार प्रो–एम प्रतिस्पर्धा हुनेछ भने बिहीबार तीन दिन मुख्य स्पर्धा हुनेछ। प्रतियोगितालाई एनपिजिए तथा प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) दुवैको मान्यता छ। पिजिटिआईको क्यालेन्डरमा विशेष महत्त्व पाएको प्रतियोगितामा भारत तथा श्रीलंकाका शीर्ष व्यावसायिक खेलाडीको सहभागिता रहनेछ।
क्यान विवाद मैदानमा छताछुल्ल

क्यान विवाद मैदानमा छताछुल्ल

काठमाडौं- यु–१९ महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनल कीर्तिपुरको पारिलो मैदानमा जनकपुरलाई नतिजा सुम्पँदै सम्पन्न भइसकेको थियो। विजेता जनकपुरसँगै उपविजेता विराटनगरलाई ट्रफी उचाल्दै खुसी मनाउने हतारो थियो।

अझै थप चाहन्छन् उनीहरु

अझै थप चाहन्छन् उनीहरु

लन्डन- गुस हिडिंक र फाबियो कापेलो युवाहरूको खेलका हजुरबुबा हुन्। डच प्रशिक्षक हिडिंक र इटालियन नागरिक कापेलो दुवैको उमेर ६८ वर्ष पुगिसकेको छ। दुवैले करिअरको उत्कर्षमा विभिन्न टोलीमा नियुक्ति र...

स्थापित हुँदै भारतीय सुपर लिग

स्थापित हुँदै भारतीय सुपर लिग

नयाँ दिल्ली- खेलको स्तर र ढल्कँदो उमेरका खेलाडीको प्रदर्शनले दर्शकलाई सन्तुष्ट पार्न सकेको छैन। तर, भव्यताका साथ सुरु गरिएको पाँच साता नबित्दै भारतको नयाँ फुटबल लिग एसियाको लोकप्रिय लिगमा स्थापित...

स्पेन र इङाल्यान्ड विजयी

स्पेन र इङाल्यान्ड विजयी

पेरिस- इङ्ल्यान्ड र साविक विजेता स्पेनले युरो २०१६ को छनोटअन्तर्गत शनिबार घरेलु मैदानमा विजय हासिल गरे पनि केही अप्रत्यासित नतिजा निस्केका छन्। समूह 'इ' मा इङल्यान्ड्ले स्लोभानियालाई ३–१ हराएको थियो।...

युरोमा रोनाल्डोको कीर्तिमान

युरोमा रोनाल्डोको कीर्तिमान

बर्लिन- पोर्चुगलले युरो कप छनोट फुटबलमा अल्मेरियालाई १–० ले हराएसँगै क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिपको अहिलेसम्मकै उच्च गोलकर्ता बनेका छन्। विश्वकप विजेता जर्मनीले शुक्रबार जिब्राल्टारलाई ४–० ले पराजित गर्योई। जर्मनी रहेको...

भगवतीले जितिन् कांस्य

भगवतीले जितिन् कांस्य

काठमाडौं- नेपालले थाइल्यान्डको फुकेटमा बुधबार सुरु चौथो एसियाली बिच खेलकुदमा पहिलो पदक जितेको छ। साम्बो खेलाडी भगवती माझीले ५२ केजी तौल समूहबाट नेपाललाई कांस्य पदक दिलाइन्। भगवती सेमिफाइनलमा काजकिस्तानकी खेलाडीसँग...

तीनदिवसीयमा पहिलो पराजय

तीनदिवसीयमा पहिलो पराजय

काठमाडौं– नेपालले श्रीलंकामा जारी प्रथम श्रेणीको मान्यताप्राप्त तीनदिवसीय खेलमा पहिलो हार बेहोरेको छ। राजेश पुलामीले सानदार ब्याटिङ गरे पनि नेपाल मंगलबार कुरुनगेला कम्बाइन–११ सँग ८७ रनले पराजित भयो।

विश्वकप– २०२२ तयारी : चक्मा दिँदैछ कतार

विश्वकप– २०२२ तयारी : चक्मा दिँदैछ कतार

दोहा- विश्वकप–२०२२ को आयोजकका रूपमा फिफा कार्यसमितिले खाडी मुलुक कतारलाई चयन गर्दा यसको व्यापक आलोचनासँगै प्रश्न उठाइयो– भ्रष्टाचारको दलदलमा रहेको, अत्यधिक गर्मी र कमजोर फुटबल संस्कारयुक्त यो देशले कसरी फुटबलको...