8 Kartik, 2071 |
Menu

खेल

लक्ष्य प्राप्तिमा युवा गल्फरहरू

(0 votes)
काठमाडौं – एसियाली खेलकुद २०१४ लक्षित सूर्य नेपाल एनजिए युवा प्रशिक्षण कार्यक्रम सही दिशामा अगाडि बढिरहेको नेपाल गल्फ संघको मंगलबार दाबी गरेको छ।
परियोजनाका संयोजक व्यावसायिक गल्फर सिबी भण्डारीले प्रशिक्षणरत ६ युवा खेलाडीको प्रदर्शनमा दिनानुदिन सुधार भइरहेको बताए। युवा खेलाडीलाई मानसिक प्रशिक्षणको जरुरी भएको बताउँदै उनले भने, 'खेलाडीमा राम्रो सुधार भइरहेको छ। यही सुधारले निरन्तरता पाए एसियाली खेलकुदको लक्ष्य पूरा हुने आशा गर्न सकिन्छ।'

भण्डारीका अनुसार प्राविधिक रूपमा निखारिसकेका युवा खेलाडीहरू प्राविधिक  रूपमा परिपक्व हुन नसक्दा प्रदर्शनमा एकरुपता आउन नसकेको स्विकारे। प्रशिक्षण कार्यक्रमका प्रमुख टाइगर स्पोर्टस मार्केटिङका भारतीय गल्फ परामर्शदाता प्रशिक्षक ब्रेन्डन डिसुजाले प्रशिक्षण सही ट्रयाकमा रहेको बताउँदै आगामी केही दिनमा खेलाडीलाई मानसिक प्रशिक्षण गराइने जानकारी गराए।
'तीन वर्षअघि रोयल नेपाल गल्फ क्लबमा ६० युवा खेलाडी भेला पारेर प्रशिक्षण कार्यक्रम सुरु गर्दा हामीले आजको अवस्था सपनामा पनि देखेका थिएनौं,' हाल प्रशिक्षणका लागि गोकर्ण गल्फ क्लबमा रहेका डिसुजाले भने, 'तीन वर्षमा यी युवाले धेरै मेहनत गरेका छन्। आगामी दिनमा यिनीहरूबाट ठूलो आशा गर्न सकिन्छ। यिनीहरूमा भविष्यको स्टार गल्फर हुने सम्भावना छ।'
सूर्य नेपालको सम्पूर्ण लगानीमा दक्षिण कोरियाको इन्चोनमा अर्को वर्ष हुने एसियाडमा पदक जित्ने लक्ष्यसहित सुरु गरिएको कार्यक्रमका कारण युवा खेलाडीले सबैखाले सुविधा पाएको डिसुजाको ठम्याइ थियो। 'यिनीहरूले राम्रो खेलाडी बन्न सबैखाले सुविधा पाएका छन्। सूर्य नेपालले सबै खेलसामग्री र सुविधा मिलाइदिएको छ। नेपाल गल्फ संघ र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले पूरा सहयोग गरिरहेको छ। राम्रो कोर्समा खेल्न पाएका छन् र खेलाडीले पनि मेहनत गरेका छन्,' डिसुजाले भने, 'खेलाडीको तर्फबाट थप मेहनत जरुरी छ। त्यसो भएमा नेपालबाट पनि अन्तर्राष्ट्रियस्तरका स्टार निस्कने छन्।'
गल्फ संघका महासचिव टासी घलेले नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठको प्रसंग कोट्याउँदै भने, 'यहाँबाट हामी नयाँ शिवरामहरूको उदय आश गर्न सक्छौं। शिवरामलाई हामीले पर्याप्त अन्तर्राष्ट्रिय प्रशिक्षण गरायौं। जसका कारण उनी अहिले यो स्थानमा छन्। यिनीहरूमा पनि मैले त्यस्तै भविष्य देखेको छु।' उनले युवा खेलाडीलाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव दिलाउनुपर्ने बताउँदै आफूहरू त्यसतर्फ लागिपर्ने बताए।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव एवम् गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले खेलाडीको प्रदर्शनमा सुधार आइरहेको बताउँदै थप मेहनत आवश्यक भएको बताए। 'विभिन्न प्रतियोगितामा मैले पनि यी युवाहरूसँग खेलेको छु। उनीहरूको सुधार सन्तोषजनक छ। अब मुखैमा आएको सूर्य नेपाल मास्टर्स उनीहरूका लागि अवसर र चुनौती दुवै हुनेछ,' उनले भने।
सूर्य नेपाल युवा प्रशिक्षण कार्यक्रमअन्तर्गत हाल दिनेश प्रजापति, विकास बोगटी, विष्णु शर्मा, आशिष परियार, सुनील केसी र माइकल राई एसियाडलाई नियमित तयारीमा छन्। तर, गल्फ संघका महासचिव घलेले एसियाड सुरु हुने बेलासम्म एमेच्योरमध्ये राम्रो प्रदर्शन गर्नेले दक्षिण कोरियामा खेल्ने मौका पाउने बताए। 'अहिले प्रशिक्षणमा रहेकै भरमा यी खेलाडीले मौका पाउने भन्ने होइन। जसले राम्रो गर्न सक्यो, उसैले एसियाडमा देशको प्रतिनिधित्व गर्नेछ। यहाँ ६ जनामा नसमेटिए पनि राम्रो गर्ने अरु एमेच्योरलाई पनि उत्तिकै मौका छ,' घलेले भने। उनले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय विशेष प्रशिक्षणका लागि कोरियाली गल्फ संघसँग कुराकानी भइरहेको जानकारी गराए।
सूर्य नेपालका मार्केटिङ उपाध्यक्ष अभिमन्यु पोडारले नेपालमा भइरहेको गल्फ गतिविधीमा सन्तुष्टि जनाउँदै युवा प्रतिभालाई प्रोत्साहित गर्न आफूले भरपूर सहयोग गर्ने आश्वासन दिए। उनले भने, 'हामी एसियाली खेलकुदमा नेपाललाई प्रतिनिधित्व गर्ने युवाहरूलाई निखार्न चाहन्छौं।'

सूर्य नेपाल मास्टर्स यसै महिना
प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) को संयुक्त मान्यता रहेको नेपाली व्यावसायिक गल्फको सबैभन्दा ठूलो सूर्य नेपाल मास्टर्स यसै महिनाको अन्तिममा हुने भएको छ।
वैशाख २४ मा सुरु पिजिटिआईको मान्यता पाएको प्रतियोगितामा पिजिटिआई र एसियन टुरका स्टार गल्फरको सहभागिता रहने मंगलबार पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराए। सूर्य नेपाल मास्टर्स २०१३ वैशाख २४ मा प्रो–एम प्रतिस्पर्धाबाट सुरु हुनेछ भने मुख्य प्रतियोगिता २५ गतेबाट हुनेछ।
नेपाली गल्फमा सर्वाधिक पुरस्कार राशिको सूर्य मास्टर्समा यसपालि ४८ लाख रुपैयाँ पुरस्कार राखिएको छ। गत वर्ष ४० लाख रुपैयाँ थियो। 'पिजिटिआईले सूर्य नेपाल मास्टर्सलाई महŒवका साथ लिएको छ। यसपालि केही स्टार गल्फरहरू नेपाल आउने तयारीमा छन्,' डिसुजाले भने।
उनका अनुसार प्रतियोगितामा यसपालि तीनपल्टका एसियन टुर विजेता अर्निबन लहरी, एसियाली खेलकुदका स्वर्ण पदकधारी एवम् गतवर्षको पिजिटिआईका शीर्ष खेलाडी चिराग कुमार तथा सूर्य नेपाल मास्टर्समा पूर्वविजेता मुकेश कुमार नेपाल आउने तयारीमा छन्। श्रीलंकाका युवा स्टार मिथुन परेरा पनि सूर्य मास्टर्सलाई आउने छन्।
फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।

गाइड नहुँदा विक्रम दौडन पाएनन्

गाइड नहुँदा विक्रम दौडन पाएनन्

काठमाडौं, कात्तिक २– दक्षिण कोरियामा भइरहेको पारा एसियाली खेलकुदमा 'गाइड' नभएका कारण एथलेटिक्सका विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्न पाएनन्। आफूलाई दौडाउने मान्छे नभएपछि रानाले आइतबार २ सय मिटरमा सहभागि नसकेका हुन्। 

विमला आर्मीमा अनुबन्धित

विमला आर्मीमा अनुबन्धित

काठमाडौं- इन्चोन एसियाडकी पदकधारी विमला तामाङ सोमबार त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित भएकी छन्। कराते खेलाडी विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुदमा एकल काताबाट कांस्य पदक जितेकी थिइन्।

'लेखाको निर्णय पुनर्विचार गर'

'लेखाको निर्णय पुनर्विचार गर'

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मवार पदाधिकारीको २ महिनाका लागि पद स्थगन गर्ने सार्वजनिक लखा समितिको निर्णय पुर्नविचार गर्न राष्ट्रिय फुटबल खेलाडी, प्रशिक्षक र रेफ्रीले सामूहिक आग्रह गरेका...

रारामा बालकदेखि वृद्धसम्म दौडने

रारामा बालकदेखि वृद्धसम्म दौडने

जुम्ला- कर्णालीमा पहिलोपल्ट हुन लागेको जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिन ७ देखि ७२ वर्ष उमेर भएकाले नाम दर्ता गराएका छन्। कर्णालीको नाम राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आयोजित म्याराथनमा ऐक्यबद्धता जनाउन...

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चन- एसियाकै सबैभन्दा ठूलो खेल मेलाको १७ औं संस्करणले आइतबार विदा लिएसँगै यसको भविष्यलाई लिएर चिन्ता सुरु भएको छ। दक्षिण कोरियाले इन्चोन एसियाडलाई कम खर्चमा चुस्त आयोजनाको नमुनाका रुपमा प्रस्तुत...

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

म्याड्रिड—स्टार खेलाडी क्रिस्टियानो रोनाल्टो तथा ग्रेथ बेलको शानदार प्रदर्शनको मद्दतले रियल म्याड्रिडले स्पेनिस प्रिमियर लिगमा एट्लेटिको बिल्बाओलाई ५–० ले हराएको छ। रोनाल्डोको यो २२ औं लिग ह्याट्रिक हो। यो जितसँगै...

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

बैंगलोर- सुरेश रायनाको शतक प्रहारसँगै ट्वान्टी-२० च्याम्पियन्स लिगको उपाधि चेन्नइ सुपर किङ्गले जितेको छ। शनिबार राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै चेन्नइले उपाधि जितेको हो। रायनाले...