Monday 12 Magh, 2071 |
Menu

खेल

HUB

१५ खेलाडीसँग हिमालयनको सम्झौता

(0 votes)
काठमाडौं– यती हिमालयन शेर्पा क्लबले नयाँ सिजनलाई पाँच नयाँसहित १५ खेलाडीसँग सम्झौता गरेको छ। एक वर्षका लागि फुटबलबाट अलग हुने निर्णय गरेको न्युरोड टिम (एनआरटी) का दुई विदेशीसहित चार र बौद्धका एक खेलाडीसँग हिमालयनले शुक्रबार सम्झौता गरेको हो।
 एनआरटीबाट व्यावसायिक खेलजीवन सुरु गरेका लक्ष्मण रुचाल, सुवास राई 'बी' तथा अफ्रिकन मूलका सेगुन आकिनाथो इयातायो, ओलाडी रहमान इब्राहिम र बौद्धका मानबहादुर तामाङसँग सम्झौता भएको हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।

उनका अनुसार अघिल्लो सिजन क्लबमा रहेका १० खेलाडीसँग सम्झौता नवीकरण भइसकेको छ। कप्तान पुकार गहतराज, सोमबहादुर तामाङ, गोलकिपर विनय श्रेष्ठ, हेमन गुरुङ, धिरोज तामाङ, जसबहादुर राई, विश्वास श्रेष्ठ, सुवास लिम्बु र सम्राट पालले यो सिजन हिमालयनबाटै खेल्ने छन्। अघिल्लो सिजन हिमालयनमा रहेका मिडफिल्डरद्वय गणेश खड्का नेपाल पुलिस र रुपेश केसी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी पुगेका छन्।

१५ जनासँग आन्तरिक सम्झौता भए पनि उनीहरू एन्फामा दर्ता हुन बाँकी रहेको शेर्पाले बताए।
नेपालको डिभिजन २ को यात्रा: लक्ष्य भेटे उपलब्धि थेग्न सक्ला?

नेपालको डिभिजन २ को यात्रा: लक्ष्य भेटे उपलब्धि थेग्न सक्ला?

काठमाडौं-नामिबियाबाट उपाधि जितेर फर्कने लक्ष्यसाथ नेपाली राष्ट्रिय क्रिकेट टोली विशेष तयारी गर्न बुधबार दक्षिण अफ्रिकातिर लागेको छ। जनवरी १७ देखि २४ सम्म नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को...

जागिरसँगै डिभिजन २ को साइत

जागिरसँगै डिभिजन २ को साइत

काठमाडौं-आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीलाई दक्षिण अफ्रिका जानु अघिल्लो दिन मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका १४ सहित २२ खेलाडीसँग करार अनुबन्धन गरेको छ। राष्ट्रिय...

छ खेलाडीलाई छात्रवृत्ति

छ खेलाडीलाई छात्रवृत्ति

काठमाडौं- अर्को बर्ष ब्राजिलमा हुने ३२औं गृष्मकालिन ओलम्पिक खेलकुदका लागि ६ नेपाली खेलाडीले विशेष प्रशिक्षण लागि छात्रवृत्ति पाएका छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को पहलमा एथलेटिक्सकी संगीता...

डिभिजन २ तयारी: दक्षिण अफ्रिका यात्रामा ढिलाइ

डिभिजन २ तयारी: दक्षिण अफ्रिका यात्रामा ढिलाइ

काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन २ को विशेष तयारीका लागि दक्षिण अफ्रिका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको योजना भिसा समस्याका कारण पछि सरेको छ। जनवरी १७ देखि २४ सम्म अफ्रिकी मुलुक...

टेस्टबाट धोनीको संन्यास

टेस्टबाट धोनीको संन्यास

नयाँ दिल्ली– विश्वकप विजेता भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। मंगलबार अस्ट्रेलियासँगको टेस्ट शृंखला कम्तीमा २–० ले गुमाउने पक्का भएको केही समयपछि धोनीले संन्यास...

एकताकलीलाई हात्तीदौडको उपाधि, फुटबलमा प्रभु विजयी (फोटोफिचर)

एकताकलीलाई हात्तीदौडको उपाधि, फुटबलमा प्रभु विजयी (फोटोफिचर)

चितवन – सौराहामा भएको हात्ती महोत्सवअन्तर्गतको आकर्षक मानिएको हात्तीदौडमा एकताकली विजयी भएको छ। प्रतिस्पर्धी ६ हात्तीलाई उछिन्दै ब्लुप्लानेट जर्मनीको एकताकलीले उपाधि जितेको हो। दुई विदेशीसहित ६ हात्ती फाइनलमा भिडेका थिए।...

सिटी र युनाइटेड अघिपछि

सिटी र युनाइटेड अघिपछि

लल्डन– इङ्लिस प्रिमियर लिगको शीर्ष तीनमा रहेका चेल्सी, दुई म्यानचेस्टर सिटी र युनाइटेड शुक्रबार ‘बक्सिङ डे' को खेलमा प्रतिद्वन्द्वीमाथि एकतर्फी हाबी हुँदै विजय नतिजा निकालेका छन्। जितले तीनै टोली यसअघिकै...

फुटबल र क्रिसमस किंवदन्ती

फुटबल र क्रिसमस किंवदन्ती

लन्डन-क्रिसमस युद्धविराम, १९१४ को क्रिसमसका दिन पश्चिमी सीमामा युद्धरत बेलायती र जर्मन सैनिकले अचानक केही घन्टाका लागि हतियार बिसाएको घटना इतिहासमा प्रस्ट छ। युद्धविराम गरेलगत्तै जर्मन पक्षबाट क्रिसमस गीत गुन्जियो।...