Tuesday 31 Bhadra, 2071 |
Menu

खेल

थ्री स्टार भारतको मोहन बगानसँग बुधबार भिड्दै

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(2 votes)
थ्री स्टार भारतको मोहन बगानसँग बुधबार भिड्दै
काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा नेपाल– भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिता भोलि सञ्चालन हुने भएको छ। एन्फाका उपाध्यक्ष एवम् थ्री स्टार फुटबल क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठका अनुसार भारतको चर्चित फुटबल क्लब मोहनबगान र २०६९ सालको सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता दशरथ रङ्गशालामा साँझ ५ बजेदेखि सुरु हुनेछ।
प्रतियोगिता अवलोकनका लागि भिआइपीतर्फ रु पाँच सय र साधारणतर्फ रु दुई सय दरको टिकट व्यवस्था गरिएको एन्फा उपाध्यक्ष श्रेष्ठले बताए।

यही वैशाख २४, २६ र २८ गते काठमाडौँमा सञ्चालन हुने एएफसी प्रेसिडेन्टस कपको छनोट चरणको खेलमा नेपालका तर्फबाट सहभागिता जनाउने थ्री स्टार क्लबको तयारीका लागि यो मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो। उपाध्यक्ष श्रेष्ठले भने– 'यो मैत्रीपूर्ण खेलले हाम्रा खेलाडीको खेल क्षमता जाँच्ने अवसर मिल्नेछ।'

मोहनबगान क्लबले नेपाली फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको यो दोस्रो पटक हो। सन् १८८९ मा स्थापना भएको एसियाकै सबैभन्दा पुरानो फुटबल क्लब मोहनबगानले भारतको सबैभन्दा उत्कृष्ट घरेलु लिग आई– लिगमा खेल्दछ।
कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

काठमाडौं- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली...

मनाङको लक्ष्य 'उपाधि'

मनाङको लक्ष्य 'उपाधि'

काठमाडौं- एएफसी प्रेसिडेन्ट्स कपको छनोट खेलअघि नवीन न्यौपानेको परिचय भेट्रान फुटबल खेलाडी थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेर केही महिना खेल्न नपाउने भएपछि नवीन मनाङ मर्स्याङ्दी क्लबको...

सम्भावनाको खोजीमा महिला क्रिकेट

सम्भावनाको खोजीमा महिला क्रिकेट

काठमाडौं- नेपाली महिला क्रिकेटले राम्रो नतिजा दिन सकेको छैन। विगतमा नेपालको पुरुषको राष्ट्रिय टोलीले जस्तै निर्णायक खेल हार्नु महिला क्रिकेटको नियति नै भइसकेको छ। १७औं एसियाली खेलकुदमा नेपाली महिला क्रिकेटले...

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

बैंकक- अर्को वर्ष यु–१७ विश्वकप खेल्ने सपना बोकेका नेपाली युवा खेलाडीका लागि बिहीबार समूह चरण पार गर्न उत्तर कोरियाविरुद्धको खेल निर्णायक हुनेछ। युवा टोलीको विश्वकप छनोटमा लिइएको एएफसी यु–१६ फुटबल...

कुवेतसँग महत्वपूर्ण

कुवेतसँग महत्वपूर्ण

बैंकक- प्रतिबन्धका कारण पहिलो खेल गुमाएका कप्तान विमल घर्तीमगर मंगलबार एएफसी यु–१६ च्याम्पियनपिपमा कुवेतविरुद्ध मैदान उत्रँदा नेपाली टोलीको नेतृत्व गर्ने छन्। छनोट चरणमा पाएका दुई पहेँलो कार्डका कारण विमल थाइल्यान्डमा...

युएस ओपनमा सनसनी : जोकोभिच र फेडेरर स्तब्ध

युएस ओपनमा सनसनी : जोकोभिच र फेडेरर स्तब्ध

न्युयोर्क- नोभाक जोकोभिच र रोजर फेडेररले एकआपसमा २४ ग्रान्ड स्लाम टेनिस जितेका छन्। तर केइ निशिकोरी र मारिन सिलिकले शनिबार दुवैलाई स्तब्ध पार्दै युएस ओपनको फाइनल पुगेका छन्। यसलाई टेनिस...

मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

काठमाडौं– झापा–११ ले एएफसी प्रेसिडेन्ट्स कपको फाइनल राउन्ड खेल्ने तयारीमा रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै एन्फा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्रका पूर्व...

क्रिकेट मैदानमा पुबुदुको स्वागत

क्रिकेट मैदानमा पुबुदुको स्वागत

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले पुबुदु दासानायकेलाई सम्झौता पत्र दिएको भोलिपल्ट मंगलबार राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलाडीहरुले क्रिकेट प्रशिक्षकलाई स्वागत गरेका छन् ।