Wednesday 18 Bhadra, 2071 |
Menu

खेल

बार्सिलोनाको प्रतिक्षा लम्बिदै

  • सोमबार १६ बैशाख, २०७०
  • एपी
  • DISQUS_COMMENTS
(0 votes)
बार्सिलोनाको प्रतिक्षा लम्बिदै
बार्सिलोना – अन्तिम समयमा गोल खाँदै एथलेटिक बिल्बाउसँग २–२ को बराबरीमा रोकिएपछि शीर्ष टोली बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि पक्का गर्ने अभियानमा थप समय कूर्नुपर्ने भएको छ।

१–० ले पछि परिरहेको खेललाई नियन्त्रणमा ल्याउँदा बार्सिलोनाका लागि फेरी एकपटक अर्जेन्टिनी फरवार्ड लियोनेल मेसी नायक बने। ५९ औं मिनेटमा बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मेसीले लगातार २० औं लिग सहभागितामा गोल गर्दै ६७ औं मिनेटमा खेल बराबरीमा ल्याए। दुई मिनेटपछि एलेक्सिस सान्चेजलाई गोलको लागि अवसर मिलाएर मेसीले नायकत्व स्थापित गरे।
मेसी र सान्चेजको गोलमा बार्सिलोनलो सान मामेसबाट पूरा तीन अंक लिने संकेत गरेको थियो। तर, अन्तिम मिनेटमा बिल्बाउका एन्डर हेरेराले गोल गर्दै खेल बराबरीमा ल्याए। बार्सिलोनाले अव अर्को साता रियाल बेटिसविरुद्धको खेलमा अनुकुल नतिजा ल्याउन सके २२ औं लिग उपाधि जित्नेछ।
दोस्रो स्थानको रियाल मड्रिडले शहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडमाथिको प्रभाव कायम राख्ने क्रममा शनिबार भिसेन्टे काल्डेरोन रंगशालामा २–१ को विजय हासिल गरेपछि बार्सिलोनाको अग्रता ११ अंकमा खुम्चिएको छ।
सेल्टा भिगोले लेभान्टेमाथि १–० को जित दर्ता गराउँदै रेलिगेसनबाट बाच्ने सम्भावना बलियो बनाएको छ भने रियाल जारागोजाले समान संघर्षरत रियाल मायोर्कालाई ३–२ को नतिजामा हराउँदै पुछारबाट माथि उठेको छ। हारपछि मायोर्का पुछारमा झरेको छ।
मंगलबार च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग खेल्ने तयारीमा रहेको रियाल मांसपेशीको चोटका कारण शीर्ष गोलकर्ता क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको थियो। एट्लेटिकोले भने राडामेल फाल्काओको साथमा प्रेरणादायी सुरुआत गर्ने क्रममा चौथो मिनेटमै अग्रता लिएको थियो। उता, कुनैपनि समय खेलमा रवाफ जमाउन नसकेपनि रियालले नतिजा पक्षमा पार्योय। एन्जेल डी मारियाको फ्रि–किक एट्लेटिकोकै रक्षक हुवाँफ्रान टोरेजलाई डिफ्लेक्ट भएर १३ औं मिनेटमा आत्मघाति गोलमा परिणत भयो। डी मारियाले नै ६३ औं मिनेटमा करिम बेन्जेमाको पासमा रियालका लागि विजयी गोल गरे।
मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

काठमाडौं– झापा–११ ले एएफसी प्रेसिडेन्ट्स कपको फाइनल राउन्ड खेल्ने तयारीमा रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै एन्फा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्रका पूर्व...

क्रिकेट मैदानमा पुबुदुको स्वागत

क्रिकेट मैदानमा पुबुदुको स्वागत

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले पुबुदु दासानायकेलाई सम्झौता पत्र दिएको भोलिपल्ट मंगलबार राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलाडीहरुले क्रिकेट प्रशिक्षकलाई स्वागत गरेका छन् ।

राष्ट्रिय लिगमा आठ टोली पक्का

राष्ट्रिय लिगमा आठ टोली पक्का

काठमाडौं- दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ। दशरथ रंगशालामा मंगलबार सुरु हुने एन्फा कप फुटबलमा भाग लिने 'ए' डिभिजनका ६ तथा झापा र मोरङ...

१६ सयलाई उछिन्दै समीर दोस्रो

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले...

वैदेशिक प्रशिक्षणमा बक्सिङ

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

दुई सय प्रतिशत दिन तयार छु : पुबुदु

काठमाडौं- पुबुदु दासानायके नेपाल फर्कंदा सधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम हुन्छ। धेरैजसो फर्काइमा कुनै न कुनै सफलता साथमै ल्याउँथे उनी। त्यही भएर विमानस्थलमा उनका लागि भिड लाग्नु सामान्य भइसक्यो। बिहीबार...

लेखा समितिमा एन्फा अध्यक्ष थापा

लेखा समितिमा एन्फा अध्यक्ष थापा

काठमाडौं- सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई दिन भित्र पछिल्लो पाँच बर्षको बैंक खाता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। एन्फाका विवादित दुवै पक्षसँग बुधबार छलफलपछि...

एसियाडलाई कोरियाको व्यस्तता

एसियाडलाई कोरियाको व्यस्तता

इन्चोन- तेस्रोपटक एसियाली खेलकुद गर्न लागेको दक्षिण कोरियाली प्रशासनलाई अहिले भ्याइनभ्याई छ। एसियाली खेलकुदको ठूलो खेलमेलाको १७औं संस्करण इन्चोनमा सेप्टेम्बर १९ बाट हुँदैछ। एसियाका ४५ देशबाट खेलाडी र खेलकर्मी गरी...