Tuesday 31 Bhadra, 2071 |
Menu

खेल

'बायर्नका मेसीलाई मुलर भनिन्छ'

  • बिहीबार १२ बैशाख, २०७०
  • एएफपी
  • DISQUS_COMMENTS
(3 votes)
'बायर्नका मेसीलाई मुलर भनिन्छ'
पेरिस – बायर्न म्युनिखले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा उपाधिकै मुख्य दाबेदार बार्सिलोनालाई ४–० को फराकिलो अन्तरमा हराएपछि जर्मन सञ्चारमाध्यममा त्यसको खुसी प्रतिविम्बित गरिएको छ।
'बायर्नले बार्सिलोनालाई हाँसोको पात्र बनाएको छ,' जर्मनीमा सबैभन्दा बढी बिक्री हुने ट्याबलोइट पत्रिका बिल्डले बायर्नका लागि दुई गोल गरेका नायक थोमस मुलरले मारियो गोमेज र फ्रान्क रिबेरीसँग खुसी मनाएको फोटोको क्याप्सनमा लेखेको छ, 'बायर्नका मेसीलाई मुलर भनिन्छ।'

म्युनिखबाट प्रकाशित हुने ब्रोडसिट दैनिक सुडेउस्चिेन जिटुङले पनि बार्सिलोनाका अर्जेन्टिनी विश्व वर्ष खेलाडी लियोनल मेसीको उल्लेख गर्दै छापेको छ, 'बायर्नले विश्वका सर्वोत्कृष्ट फुटबलरभन्दा राम्रो गर्योी।'

अर्को दैनिक मेर्कुर मुन्चेनरले मंगलबारको नतिजालाई ऐतिहासिक जितको संज्ञा दिएको छ। त्यस्तै फुटबल साप्ताहिक किकरले छापेको छ, 'बायर्नले बार्सिलोनालाई झापड हानेको छ। किकरले बायर्न मे २५ मा लन्डनको वेम्बलीमा हुने फाइनलका लागि व्यवहारिक रूपमा छनोट भइसकेको दाबी गरेको छ।

स्पेनको कथा अनुमान लगाउन सकिनेगरी जर्मनीभन्दा फरक थियो। क्याटलानका सञ्चारमाध्यमले बार्सिलोनाको हारलाई अत्यन्तै निराशाजनक रूपमा बयान गरेका छन्। बार्सिलोना स्पोर्टस डेलीले मंगलबारको रातलाई निराशाजनक रातमा व्याख्या गरेको छ। अर्को खेलकुद दैनिक मुन्डो डेपोर्टिभोले पनि त्यस्तै धारणा व्यक्त गर्ने क्रममा त्यो नतिजालाई 'दिवास्वप्न' र 'ऐतिहासिक चड्कन' भनेर छापेको छ। मुन्डो डेपोर्टिभोले मंगलबारको नतिजापछि बायर्नलाई वेम्बली फाइनलको पक्का विजेताका रूपमा भविष्यवाणी गरेको छ।

बार्सिलोनाबाट प्रकाशित हुने पत्रिकाहरूले ह्यामस्ट्रिङको समस्याबाट पूर्ण रूपमा मुक्त नभइकन विश्व वर्ष खेलाडी मेसी मैदान उत्रिएको तथा बायर्नले चौथो गोल गरिसक्दा समेत प्रशिक्षक टिटो भिलानोभाले एउटै खेलाडी परिवर्तन नगरेकामा प्रश्न गरेका छन्।

'युरोपको सर्वोत्कृष्ट टोली आफ्नै छायाँमा हराउँदा बायर्नसँग धराशयी हुन पुग्यो। बायर्न विपक्षीको त्रासमा सचेत भएर उत्रँदा बार्सिलोना भने सही फुटबलबाट समेत बिमुख भयो। यो पक्कै पनि क्षम्य छैन,' एक स्पेनिस फुटबल कमेन्टेटरले आफ्नो स्तम्भमा लेखेका छन्।
कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

काठमाडौं- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली...

मनाङको लक्ष्य 'उपाधि'

मनाङको लक्ष्य 'उपाधि'

काठमाडौं- एएफसी प्रेसिडेन्ट्स कपको छनोट खेलअघि नवीन न्यौपानेको परिचय भेट्रान फुटबल खेलाडी थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेर केही महिना खेल्न नपाउने भएपछि नवीन मनाङ मर्स्याङ्दी क्लबको...

सम्भावनाको खोजीमा महिला क्रिकेट

सम्भावनाको खोजीमा महिला क्रिकेट

काठमाडौं- नेपाली महिला क्रिकेटले राम्रो नतिजा दिन सकेको छैन। विगतमा नेपालको पुरुषको राष्ट्रिय टोलीले जस्तै निर्णायक खेल हार्नु महिला क्रिकेटको नियति नै भइसकेको छ। १७औं एसियाली खेलकुदमा नेपाली महिला क्रिकेटले...

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

बैंकक- अर्को वर्ष यु–१७ विश्वकप खेल्ने सपना बोकेका नेपाली युवा खेलाडीका लागि बिहीबार समूह चरण पार गर्न उत्तर कोरियाविरुद्धको खेल निर्णायक हुनेछ। युवा टोलीको विश्वकप छनोटमा लिइएको एएफसी यु–१६ फुटबल...

कुवेतसँग महत्वपूर्ण

कुवेतसँग महत्वपूर्ण

बैंकक- प्रतिबन्धका कारण पहिलो खेल गुमाएका कप्तान विमल घर्तीमगर मंगलबार एएफसी यु–१६ च्याम्पियनपिपमा कुवेतविरुद्ध मैदान उत्रँदा नेपाली टोलीको नेतृत्व गर्ने छन्। छनोट चरणमा पाएका दुई पहेँलो कार्डका कारण विमल थाइल्यान्डमा...

युएस ओपनमा सनसनी : जोकोभिच र फेडेरर स्तब्ध

युएस ओपनमा सनसनी : जोकोभिच र फेडेरर स्तब्ध

न्युयोर्क- नोभाक जोकोभिच र रोजर फेडेररले एकआपसमा २४ ग्रान्ड स्लाम टेनिस जितेका छन्। तर केइ निशिकोरी र मारिन सिलिकले शनिबार दुवैलाई स्तब्ध पार्दै युएस ओपनको फाइनल पुगेका छन्। यसलाई टेनिस...

मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

मनाङ मर्स्याङ्दीविरुद्ध झापा–११ को शानदार जीत

काठमाडौं– झापा–११ ले एएफसी प्रेसिडेन्ट्स कपको फाइनल राउन्ड खेल्ने तयारीमा रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराउँदै एन्फा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्रका पूर्व...

क्रिकेट मैदानमा पुबुदुको स्वागत

क्रिकेट मैदानमा पुबुदुको स्वागत

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले पुबुदु दासानायकेलाई सम्झौता पत्र दिएको भोलिपल्ट मंगलबार राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलाडीहरुले क्रिकेट प्रशिक्षकलाई स्वागत गरेका छन् ।