Monday 30 Ashad, 2071 |
Menu

खेल

डिभिजन ३ उपाधि जित्‍न नेपाललाई १५२ रनको लक्ष्य

(1 Vote)
डिभिजन ३ उपाधि जित्‍न नेपाललाई १५२ रनको लक्ष्य

काठमाडौँ- शनिबारको नाटकीय खेल परिणामपछि रनरेटका आधारमा अमेरिकालाई पछार्दै आइसिसी डिभिजन ३ क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्न पाएको नेपाललाई युगान्डाले १५२ रनको लक्ष्य दिएको छ।


बर्मुडाको ह्यामिल्टन मैदानमा भएको खेलमा टस जिती पहिले ब्याटिङ रोजेको युगान्डालाई ५० ओभरमा ८ विकेटको क्षतिमा १५१ रनमा सीमित गर्न वसन्त रेग्मी र राहुल विश्वकर्माले २-२ विकेट लिएका थिए। शक्ति गौचन, पृथु बाँस्कोटा र पारस खड्काको नाममा १-१ विकेट रह्यो।

यसअघि लिग चरण अन्तर्गत प्रतियोगिताको दोस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले पराजित गरेको थियो। नेपालले पहिले ब्याटिङ गर्दै ४४.२ ओभरमा सबै विकेट गुमाई बनाएको ११६ रनको जवाफमा उसले विजयी लक्ष्य २३२ बल बाँकी छँदै प्राप्त गरेको थियो।

समूह चरणमा युगान्डालाई ओमानले सात विकेटले पराजित गरेको थियो भने ओमानलाई नेपालले २६ रनले पराजित गरेको थियो। 

आजको फाइनलको नतिजा जे भए पनि नेपाल आगामी वर्ष हुने विश्वकप छनौट प्रतियोगिताका लागि चयन हुँदै डिभिजन २ मा बढुवा भइसकेको छ। 

२० वर्षअघिको त्यो दिन

२० वर्षअघिको त्यो दिन

रियो द जेनेरियो– कोलम्बिया २० वर्षअघि विश्वकपको क्वार्टरफाइनल पुगेको भए राष्ट्रिय टोलीका रक्षक एन्ड्रेस इस्कोबारको हत्या गरेको अन्तर्राष्ट्रिय लज्जाजनक घटनाबाट देश बच्ने थियो। 

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

अमेरिकालाई पछि पार्दै बेल्जियम अन्तिम आठमा

साल्भाडोर- अतिरिक्त समयमा केभिन डि ब्रोएन र रोमेलु लुकाकुको गोलको मद्दतले अमेरिकालाई २-१ ले पराजित गर्दै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै गोल...

मेसी परिपक्व

मेसी परिपक्व

अर्जेन्टिना दुई खेलबाटै नकआउट चरण पुगिसकेकाले नाइजेरियासँग खेल्दा सुरक्षित खेल्यो। आउने खेलहरू अझै कठिन हुने भएकाले त्यो गर्नु उपयुक्त हुन्छ। खेलाडीलाई आराम दिने, इन्जुरीबाट जोगाउन दबाब कम भएको खेललाई अवसरमा...

सधैं खेर जान्छ विश्वकप टिकट

सधैं खेर जान्छ विश्वकप टिकट

काठमाडौं- पोखराका नवीन गुरुङ ब्राजिलमा जारी विश्वकप फुटबलको खेल हेर्ने थोरै नेपालीमध्ये हुन्। उनले समूह चरणअन्तर्गत दक्षिण कोरिया र रुसको खेल हेरेका थिए, जुन १–१ को बराबरीमा टुंगियो। समूह 'एच'अन्तर्गत...

अर्जेन्टिना समूह विजेता, बोस्नियाको खुसी

अर्जेन्टिना समूह विजेता, बोस्नियाको खुसी

पोर्टो एलेग्रे– लियोनेल मेसीको दुई गोलबाट प्रेरित अर्जेन्टिनाले बुधबार राति नाइजेरियामाथि ३–२ को विजय हासिल गरेको छ।

हपहप ब्राजिलमा हैरान युरोपेली

हपहप ब्राजिलमा हैरान युरोपेली

काठमाडौं- चार वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल दुइटा कुराले अभूतपूर्व रह्यो– स्पेन अर्को महादेशमा गएर विजयी हुने पहिलो युरोपेली राष्ट्र बन्यो। र, दक्षिण अमेरिकी राष्ट्रले युरोपबाहिर पहिलोचोटि हार खानुपर्‍यो।

इरानलाई हराउँदै अर्जेन्टिना दोस्रो चरणमा

इरानलाई हराउँदै अर्जेन्टिना दोस्रो चरणमा

बेलो होरिजोन्टे- इन्जुरी टाइममा लियोनल मेसीले गरेको आकर्षक गोलमा अर्जेन्टिनाले इरानमाथि १–० को कठिन विजय हात पार्दै विश्वकपको नकआउट चरण पुगेको छ। दोस्रो हाफमा गोलरक्षक सर्जियो रोमेरोले इरानले गरेको तीन सानदार...

आइभोरीकोस्टमाथि कोलम्बियाको जित

आइभोरीकोस्टमाथि कोलम्बियाको जित

ब्रासिलिया– प्रतिस्पर्धात्मक खेलमा बिहीबार कोलम्बियाले आइभोरीकोस्टलाई २–१ ले हराउँदै विश्वकपको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।