Wednesday 13 Jestha, 2072 |
Menu

खेल

शक्तिको १०० विकेट

  • आइतबार २२ बैशाख, २०७०
  • विनोद पाण्डे
  • DISQUS_COMMENTS
(0 votes)
शक्तिको १०० विकेट
काठमाडौं- शक्ति गौचन एकदिवसीयमा १ सय विकेट लिने नेपालका दोस्रो खेलाडी बनेका छन्। बर्मुडामा भइरहेको विश्व क्रिकेट लिग डिभिजन ३ मा शनिबार २ विकेट लिँदै शक्तिले यो सफलताको कोसेढुंगा पार गरेका हुन्। शक्ति नेपालबाट एकदिवसीयमा १ हजार रन बनाउने पनि पहिलो खेलाडी हुन्।


शनिबार इटालीसँग खेलेको उनको ७७ खेल थियो। शक्तिले बर्मुडाको लर्डसको सेन्ट डेविड्स क्रिकेट क्लबमा गायसन मुनासिंघेलाई ४७औं ओभरमा एलबिडब्लु आउट गरी यो सफलता पाएका हुन्। महबुब आलम १ सय विकेट लिने पहिलो खेलाडी हुन्। उनले ६३ खेलमा यो सफलता पाएका थिए।

शक्तिको खेलजीवनमा सबैभन्दा कठिन बनेको प्रतियोगितामै उनले १ सय विकेटको कोसेढुंगा भेट्टाए। यसै प्रतियोगितामा अमेरिकासँग खेल्दा देब्रेहाते स्पिनर शक्तिले ९ ओभरमा ८१ रन खर्चन पुगेका थिए, जुन नेपाली खेलाडीको अहिलेसम्मकै खर्चिलो बलिङ थियो। जबकि शक्ति विश्व क्रिकेट लिगको सम्पूर्ण संरचनामा सबैभन्दा किफायती बलर हुन्। यस प्रतियोगितामा ५ विकेट मात्र लिन सकेका छन्।

शक्ति एकदिवसीयमा नेपालबाट सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन्। सन् २००२ मा सिंगापुरमा भएको एसिसी ट्रफीमा ओमानसँगको खेलबाट शक्तिले राष्ट्रिय टोलीमा 'डेब्यु गरेका थिए। एक समय नेपालका भरपर्दा ब्याट्सम्यान पनि रहेका शक्ति पछिल्ला केही वर्षमा तल्लोक्रमबाट ब्याटिङ गर्छन्।

२०१० को ग्वान्झाउ एसियाली खेलकुद र दुई वर्षअघि काठमाडौंमै भएको प्रतियोगितामा शक्तिलाई नेपाली टोेलीबाट हटाइएको थियो। त्यसयता शक्तिले १७ एकदिवसीय खेलमा ३० विकेट लिइसकेका छन्। गत वर्ष युएईमा भएको विश्व ट्वान्टी–२० छनोटबाट उनले पुनरागमन गरे, नेपाली टोलीमा। डेनमार्कसँग दुबईमा शक्तिले ह्याटि्रक गरे। पहिलोपल्ट नेपाली पुरुष खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याटि्रक गर्ने सफलता शक्तिले आफ्नो नाममा लेखाए। पूरै प्रतियोगितामा शक्तिले १६ विकेट लिए। यो प्रदर्शनले उनलाई इन्डियन प्रिमियर लिगको टोली राजस्थान रोयल्ससँग ट्रायलमा पनि पुर्यालयो।

खेल ओभर रन उत्कृष्ट इकोनोमी औसत विकेट

७७ ५१६.४ १३३४ १/५ २.५८ १३.३४ १००
उपकारी क्रिकेट अगस्टमा

उपकारी क्रिकेट अगस्टमा

काठमाडौं–भूकम्पले ध्वस्त बनेको क्रिकेटको भौतिक पूर्वाधार निमार्णमा सहयोग गर्ने उद्देश्यले नेपाल र विश्व–११ टिमबीचको मैत्रीपूर्ण खेल अगस्टमा हुने भएको छ। श्रीलंकन क्रिकेट हस्ती सनथ जयसूर्याले समेत खेल्ने ‘ब्याट फर नेपाल'...

नेपालको पहिलो खेल अमेरिकासँग

नेपालको पहिलो खेल अमेरिकासँग

काठमाडौं–आइसिसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगितामा नेपालको पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी अमेरिकासँग हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आयरल्यान्ड र स्कटल्यान्डले संयुक्त आयोजना गर्ने छनोट प्रतियोगिताको बिहीबार खेल तालिका...

रातोको रोमाञ्चक जित

रातोको रोमाञ्चक जित

काठमाडौं– अस्ट्रेरलियन क्रिकेटर फिलिप ह्युजको स्मृतिमा शनिबार भएको टिम रातोले अन्तिम खेल खेलिरहेका विनोद दासको कप्तानीमा रहेको टिम निलोलाई १ रनले हरायो। दुई इनिङ्समा गरि ६३ ओभर खेलिएको मैत्रीपूर्ण खेलमा...

सांगाकारा विश्वकै उत्कृष्ट

सांगाकारा विश्वकै उत्कृष्ट

लन्डन– श्रीलंकाका स्टार क्रिकेटर कुमार सांगाकारा विज्डेन क्रिकेटर्सबाट २०१५ का लागि विश्वका शीर्ष क्रिकेटर घोषित भएका छन्। क्रिकेटको बाइबल मानिने विज्डेनले यसै पालीदेखि सुरु गरेको उत्कृष्ट महिला क्रिकेटरको उपाधि अस्ट्रेलियाकी...

अन्तर्राष्ट्रियबाट विनोदको संन्यास

अन्तर्राष्ट्रियबाट विनोदको संन्यास

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले डेढ दशक बढी लामो अन्तर्राष्ट्रिय क्रिकेट जीवनबाट सन्यासको घोषणा गरेका छन्। अस्ट्रेलियन क्रिकेट खेलाडी फिल ह्युजको सम्झनामा शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा...

अब क्रिजमा फर्कन्नँ : भिट्टोरी

अब क्रिजमा फर्कन्नँ : भिट्टोरी

वेलिङ्टन– आफ्नो लामो समय न्युजिल्यान्ड क्रिकेटलाई समर्पित गरेका डानियल भिट्टोरीले अन्ततः मंगलबार अस्ट्रेलियाविरुद्धको विश्वकप फाइनल क्रिकेट जीवनको अन्तिम खेल भएको बताएका छन्।‘न्युजिल्यान्डका लागि यो नै मेरो अन्तिम खेल हो र...

युवालाई १७ गोलको भारी

युवालाई १७ गोलको भारी

तेहरान-एएफसी यु–२३ फुटबल च्याम्पियनसिपको छनोट चरणअन्तर्गत मंगलबार अन्तिम खेलमा नेपाल टोली प्यालेस्टाइनसँग ४–० ले पराजित भएको छ। तेहरानस्थित पिएएस रंगशालामा नेपालविरुद्ध प्यालेस्टाइनका मोहम्मद माराब्बाले ३१र ६३औंतथा फादी जिदानले ६४ र...

विश्वकपमा सफल र असफल

विश्वकपमा सफल र असफल

मेलबर्न-मेलबर्न क्रिकेट मैदानमा आयोजक अस्ट्रेलियालाई उपाधिको पगरी गुथाउँदै एकदिवसीय क्रिकेट विश्वकपको ११ औं संस्करण आइतबार सम्पन्न भएको छ। १४ टोलीको सहभागिता ४४ दिन चलेको विश्व क्रिकेटको सबैभन्दा ठूलो महोत्सवमा सहआयोजक...