1 Falgun, 2072 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

अन्तिम प्रतिद्वन्द्वी इटाली

(0 votes)
काठमाडौं– नेपालले विश्व क्रिकेट लिग डिभिजन ३ को समूह चरणको अन्तिम खेलमा शनिबार इटालीसँग खेल्नेछ। नेपालले इटालीलाई ठूलो अन्तरमा पराजित गरेमा र बर्मुडाले अमेरिकामाथि विजय हात पारे नेपाल डिभिजन २ मा उक्लने सम्भावना रहनेछ। 
nepalipatro-nagarik

नेपालले ४ मध्ये २ खेल जितेको छ। इटाली सबै खेल हारेर रेलिगेसनमा परेको छ। यसअघि दुईपल्ट भेट्दा नेपालले इटालीलाई पराजित गरेको छ। सन् २००५ मा विश्वकप छनोट शृंखला डिभिजन २ मा शक्ति गौचनको शतकमा नेपालले इटालीलाई मलेसियामा ८८ रनले पराजित गरेको थियो। तीन वर्षअघि बोलोनियामा डिभिजन ४ मा नेपालले इटालीमाथि ५ विकेटको विजय पाएको थियो।
बर्मुडामा बिहीबार नेपालले ओमानमाथि २८ रनको विजय पायो। टस हारेको नेपालले ९ विकेट गुमाई १ सय ६० रन बनायो। ज्ञानेन्द्र मल्लले ३४, विनोद भण्डारीले ३२, कप्तान पारस खड्काले २८, शरद भेषावकरले २७ रन बनाए। सुवास खकुरेल १, अनिल मण्डल ७, वसन्त रेग्मी ५, पृथु बाँस्कोटा ६, शक्ति गौचन १ रनमा आउट भए। चन्द्र साउद ६ र सञ्जम रेग्मी ४ रनमा अविजित रहे। ओमानका मुनिस अन्सारीले ३ विकेट लिए।
नेपालले जवाफमा ओमानलाई ४६.४ ओभरमा १ सय ३२ रनमा समेट्यो। ओपनर अजय लालचेटाले २४, कप्तान वैभव वाटेगोनाकरले २७ र सुल्तान अहमदले १९ रन बनाए। वसन्त र सञ्जमले २–२ तथा पारस, पृथु र शक्तिले १–१ विकेट लिए। खेलमा सर्वाधिक रन बनाउनुका साथै ३ क्याच पनि लिएका ज्ञानेन्द्र म्यान अफ द म्याचमा चुनिए।
अन्य खेलमा अमेरिकालाई ८२ रनले पराजित गरी युगान्डा डिभिजन २ मा बढुवा भएको छ। युगान्डाले सबै ४ खेल जितेको छ। अर्को खेलमा बर्मुडाले इटालीलाई ६० रनले पराजित गर्यो।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...