Thursday 2 Ashwin, 2071 |
Menu

खेल

विजयी सुरुआत

(0 votes)
क्वालालम्पुर– चारपल्टको च्याम्पियन नेपालले एसिसी यु–१९ एलिट कपमा विजयी सुरुआत गरेको छ। शुक्रबार ओवल मैदानमा नेपालले कुवेतलाई ८४ रनले हरायो।
टस जितेर नेपालले ४३ ओभरमा अलआउट हुँदा १ सय ९३ रन बनाएको थियो। 
कुवेत ३६.२ ओभरमा मात्र १ सय ९ रनमा समेटियो। नेपालको विजयमा तीब्र गतिका बलर यज्ञमान कुमालले महत्त्वपूर्ण भूमिका खेले। उनले ३ विकेट लिँदा कुनै रन खर्चेका थिएनन्। अन्तर्राष्ट्रिय 'डेब्यु' खेलमा यज्ञमानले ९ ओभरमा एक मेडन राख्दै १६ रन मात्र दिए। सुशान्त भारीले २ विकेट लिए।  
नेपालले चौथो ओभरमा निश्चल पाण्डे (१०)लाई पहिलो विकेटका रूपमा गुमाएको थियो। कुल स्कोर ८९ छँदा अमित श्रेष्ठ (४८) अब्दुल जबरको बलमा क्याचआउट भए। ५२ बल खेल्दा उनले ७ चौका प्रहार गरे। जबरले १९ औं ओभरमा नेपालको लगातार दुई विकेट लिए। कप्तान भुवन कार्की शून्य र निर्मल थापा एक रनमा पवेलियन फर्किए। हरिशंकर शाह (२३) जबरकै बलमा क्याचआउट भए। २३ औं ओभरमा प्रेम तामाङ (६) पवेलियन फर्कंदा नेपालको स्कोर १ सय ५ रन थियो।
त्यसपछि टोलीलाई उकास्ने क्रममा दुई चौका प्रहार गर्दै पवन श्रेष्ठले स्कोर १ सय १८ पुर्याूए। लगत्तै अविनाश कर्ण (३) बोल्ड भए। सुशान्त भारी र इर्शाद अहमदले नवौं विकेटका लागि ३८ रनको साझेदारी गरेपछि नेपालले १ सय ७३ रनको मध्यम स्कोर खडा गरेको थियो। सुशान्तले ३३ बलमा २८ रन जोडे। उनको इनिङ्समा एक छक्का र दुई चौका सामेल थियो। इर्शादले अविजित १८ रन बनाए। यज्ञमानले ९ रन जोडे।
नेपालविरुद्ध धारिलो बलिङ गरेका अब्दुल जबरले ४ विकेट लिए। अली जाहिर र शाहरुख कुद्दासले २–२ विकेट बाँडे।
नेपाली बलिङसामु कुवेती ब्याटिङमा जम्न सकेन। पाँचौं ओभर मेडन फाल्दै कप्तान भुवन कार्कीले कुवेतका कसिम सदाकतलाई पवेलियनको बाटो देखाए। त्यतिबेला कुवेतसँग १५ रन थियो। आठौं ओभरमा यज्ञमानको बलमा मोहम्मद अलीलाई निश्चल पाण्डेले क्याचआउट गरे। उनले त्यही ओभरमा कुवेतका अली जाहिरको विकेट लिए। कुवेतको स्कोर ३९ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो। टोलीका लागि ठूलो स्कोर बनाउनेमा शाहरुख कुद्दास (अविजित ३६) र फैजान सिद्दिक (२१) थिए।
च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

पेरिस- जेरोम बोटिङ र क्लास यान हुन्टेलारले बुधबार गोल गरेपछि जर्मन क्लबहरुका लागि यो हप्ता च्याम्पियन्स लिग समूह चरणमा इङलिस विपक्षीविरुद्ध सुखद रहयो। बोटिङले च्याम्पियन्स लिग इतिहासमै पहिलो व्यक्तिगत गोल...

नेपालगन्ज र बैतडीको जित

नेपालगन्ज र बैतडीको जित

काठमाडौं- नेपालगन्जले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटमा बुधबार वीरगन्जलाई २४ रनले पराजित गरेको छ। टोलीको यो लगातार दोस्रो जित हो। अघिल्लो दिन नेपालगन्जले बैतडीलाई २३ रनले हराएको थियो। सैनिक स्कुल मैदान...

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

काठमाडौं- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली...

मनाङको लक्ष्य 'उपाधि'

मनाङको लक्ष्य 'उपाधि'

काठमाडौं- एएफसी प्रेसिडेन्ट्स कपको छनोट खेलअघि नवीन न्यौपानेको परिचय भेट्रान फुटबल खेलाडी थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेर केही महिना खेल्न नपाउने भएपछि नवीन मनाङ मर्स्याङ्दी क्लबको...

सम्भावनाको खोजीमा महिला क्रिकेट

सम्भावनाको खोजीमा महिला क्रिकेट

काठमाडौं- नेपाली महिला क्रिकेटले राम्रो नतिजा दिन सकेको छैन। विगतमा नेपालको पुरुषको राष्ट्रिय टोलीले जस्तै निर्णायक खेल हार्नु महिला क्रिकेटको नियति नै भइसकेको छ। १७औं एसियाली खेलकुदमा नेपाली महिला क्रिकेटले...

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

एसीसी यु-१६ : कोरियासँग बराबरी गरे पर्याप्त

बैंकक- अर्को वर्ष यु–१७ विश्वकप खेल्ने सपना बोकेका नेपाली युवा खेलाडीका लागि बिहीबार समूह चरण पार गर्न उत्तर कोरियाविरुद्धको खेल निर्णायक हुनेछ। युवा टोलीको विश्वकप छनोटमा लिइएको एएफसी यु–१६ फुटबल...

कुवेतसँग महत्वपूर्ण

कुवेतसँग महत्वपूर्ण

बैंकक- प्रतिबन्धका कारण पहिलो खेल गुमाएका कप्तान विमल घर्तीमगर मंगलबार एएफसी यु–१६ च्याम्पियनपिपमा कुवेतविरुद्ध मैदान उत्रँदा नेपाली टोलीको नेतृत्व गर्ने छन्। छनोट चरणमा पाएका दुई पहेँलो कार्डका कारण विमल थाइल्यान्डमा...

युएस ओपनमा सनसनी : जोकोभिच र फेडेरर स्तब्ध

युएस ओपनमा सनसनी : जोकोभिच र फेडेरर स्तब्ध

न्युयोर्क- नोभाक जोकोभिच र रोजर फेडेररले एकआपसमा २४ ग्रान्ड स्लाम टेनिस जितेका छन्। तर केइ निशिकोरी र मारिन सिलिकले शनिबार दुवैलाई स्तब्ध पार्दै युएस ओपनको फाइनल पुगेका छन्। यसलाई टेनिस...