Sunday 24 Magh, 2072 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

'डेब्यु'मै दुर्लभ कीर्तिमान

  • २१ बैशाख, २०७०
  • विक्रम गिरी
  • DISQUS_COMMENTS
(1 Vote)
'डेब्यु'मै दुर्लभ कीर्तिमान
मलेसिया– किनारा ओवल क्रिकेट मैदान प्रवेश गर्दा शुक्रबार पानी परिरहेको थियो। मैदानमा पुगेको आधा घन्टासम्म वर्षा नरोकिँदा युवा पेस बलर यज्ञमान कुमालको मन कुँडिँदै गएको थियो। कुवेतविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा 'डेब्यु' गर्न पाउने–नपाउने द्विविधा पनि थियो उनमा।
nepalipatro-nagarik
कारण टिममा उनीभन्दा सिनियर अन्य दुई तीव्र गतिका बलर थिए। तर रामनरेश गिरी र राहुलप्रताप सिंहलाई अतिरिक्त खेलाडीका रूपमा पवेलियनमा राखिएपछि कुमालको मन प्रफुल्ल भयो। यज्ञमानको अन्तर्राष्ट्रिय 'डेब्यु' अविस्मरणीय रह्यो। यस्तो सुरुआत नेपाली खेलाडीले अहिलेसम्म न कसैले गरेका थिए, न कसैले कल्पनासमेत गर्नेछन्। कुवेतसँग उनले कुनै रन नखर्ची पहिलो ३ विकेट लिए। अछामबाट नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यज्ञमान पहिलो खेलाडी हुन्। उनी ७ महिनाअघि विश्व क्रिकेट लिग डिभिजन ४ जितेको नेपाली टोलीको वैकल्पिक सूचीमा थिए। शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो खेल खेल्न पाउँदा उनले त्यसलाई विशेष बनाए। आठौं ओभरको बलिङ लिँदा उनले कुवेतका जाकरिया लिक्वात अलीको विकेट लिए। अली निश्चल पाण्डेबाट क्याचआउट भए। लगत्तै दसौं ओभरमा कप्तान भुवन कार्कीले यज्ञमानलाई बलिङको जिम्मा दिए। उनले मोहम्मद अली र अली जाहिरलाई पवेलियन पठाए। तीन विकेट लिँदासम्म उनले कुनै रन दिएनन्। अछाम रिडिकोट–६ का उनले कालिमाटी गाउँकै सूर्यचन्द्र माविमा ८ कक्षामा हुँदै क्रिकेट खेल्न थालेका थिए। गाउँमा न राम्रो क्रिकेट मैदान, न खेल सामग्री। साथीभाइको लहलहैमा यज्ञले बल र ब्याट समात्दै क्रिकेटसित साइनो जोडे। 'गाउँमा फुर्सदको समय काट्न क्रिकेट खेल्थ्यौं,' तीन विकेट लिएपछि यज्ञमानले नागरिकसित भने, 'ख्यालख्यालमै ब्याट र बल समातेको, देशको टिमबाट क्रिकेट खेलुँला भन्ने त सोचेकै थिइनँ।' चार वर्ष भयो, उनी क्रिकेटमा रम्न थालेको। त्यतिबेला कैलालीको धनगढीमा यु–१९ क्षेत्रीय प्रतियोगिता हुँदै थियो। प्रतियोगिताबारे उनले खबर पाए। लगत्तै जिल्लामा सम्पर्क राखे। टिममा राखेपछि उनी प्रतियोगिता खेल्न धनगढी झरे। त्यसबेला अछामले कुनै खेल जित्न सकेन। उनी निराश हुँदै घर फर्के। त्यसपछि बैतडीमा सिनियर क्षेत्रीय प्रतियोगिता खेले। 'दुवै खेलमा पराजित भयौं,' उनले भने। दुई वर्षअघि यज्ञमानले महेन्द्रनगरमा भएको यु–१९ क्षेत्रीय प्रतियोगितामा डडेल्धुराविरुद्ध अछामलाई विजयी बनाए। यस क्रममा उनले ४ विकेट लिनुका साथै ३५ रनको योगदान गरेका थिए। 'पहिलोपल्ट अछामले कुनै खेल जितेको थियो,' कुमाल सम्झन्छन्। त्यही खेल नै उनका लागि 'टर्निङ प्वाइन्ट' बन्यो। त्यसपछि उनी क्षेत्र नम्बर ६ बैतडीको टिममा परे। क्षेत्रको टिममा अछामबाट पर्ने उनी पहिलो खेलाडी हुन्। बैतडीबाट उनले गत वर्ष राजधानीमा सम्पन्न यु–१९ राष्ट्रिय प्रतियोगिता खेले। पहिलो खेलमा उनले अतिरिक्त खेलाडी हुँदै पवेलियनमै चित्त बुझाए। 'त्यसपछिका तीन खेलमा ६ विकेट लिएँ,' उनी भन्छन्, 'क्षेत्र नम्बर ६ बैतडी वीरगन्जलाई हराउँदै च्याम्पियन बन्यो।' गत मंसिरमा धनगढीमा भएको सिनियर टी–२० प्रतियोगितामा यज्ञमानले अछामलाई पहिलोपल्ट क्षेत्रीय च्याम्पियन बनाए। फाइनलमा अछामले बैतडीलाई एक विकेटले पराजित गर्योई। क्षेत्रीय च्याम्पियन भएपछि अछामका तीन खेलाडी टिममा परे। उनीसँगै शिवराज स्वाँर र रवि टमाटाले क्षेत्र नम्बर ६ बाट खेले। 'पोखराविरुद्ध पहिलो खेलमा नै ४ विकेट लिएँ,' उनले भने, 'उक्त प्रतियोगिताका सबै खेलमा विकेट लिएँ।' त्यही प्रतियोगिताबाट यज्ञमानले प्रशिक्षक पुबुदु दासानायके र अन्यको मन जिते। गत वर्ष नेपाली टोली यु–१९ विश्वकप खेल्न जानुअघि उनी क्याम्पमा परे। तर, उनी त्यतिबेला बुबालाई भेट्न भारतको मुम्बई गएका थिए। 'मेरो ब्याडलक रह्यो,' यज्ञमान सम्झन्छन्, 'खबर पाएर फर्किंदा ढिला भइसकेको थियो।' उनका बुबा मुम्बईमा मजदुरी गर्छन्। पोहोर नेपालले डिभिजन ४ खेल्दा यज्ञमान वैकल्पिकमा थिए। एसिसी एलिट कपका बेला उनी क्याम्पमा परे, टिममा परेनन्। राहदानी बनाउन समस्या परेकाले प्रतियोगिताबाट वञ्चित भए। 'टिममा परेर मलेसिया आउन पाउँदा निकै खुसी थिएँ,' उनी भन्छन्, 'त्योभन्दा बढी खुसी आज भएँ।' अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकै दिन दुर्लभ सफलता पाउँदा उनीसँग हर्षको सीमा छैन। प्रशिक्षक जगत टमाटा र कप्तान कार्की पनि यज्ञमानको प्रदर्शनबाट सन्तुष्ट छन्। 'विकेटको अवस्था हेरेर नै यज्ञलाई बलिङ गर्न लगाइएको हो,' कार्कीले भने, 'हामीलाई उनीजस्तै खेलाडी आवश्यक थियो।' पहिलोपल्ट नेपालका विकेटकिपरले ३० यार्डबाट किपिङ गरेको देख्न पाएको कप्तान कार्कीले बताए। 'यज्ञको बलिङबाट निकै प्रभावित भएँ,' उनले भने। प्रशिक्षक टमाटा यज्ञमानबाट सोचेजस्तो सफलता पाएकोमा हर्षित छन्। 'सुरुआत राम्रो गर्नु जरुरी थियो,' उनले भने, 'उनले आवश्यकता पूरा गरिदिए।' नेपाली क्रिकेटमा यज्ञमानसँगै नयाँ पुस्ताको प्रवेश भएको ठम्याइ उनको छ।

प्रतिक्रिया

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...