Monday 14 Bhadra, 2072 |
Menu

खेल

republica-header

ist-cc

लगातार हारले यात्रा कठिन

  • बुधबार १८ बैशाख, २०७०
  • विनोद पाण्डे
  • DISQUS_COMMENTS
(1 Vote)
लगातार हारले यात्रा कठिन
काठमाडौं  - लगातार दोस्रो हारसँगै विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालको यात्रा कठिन बनेको छ। बर्मुडामा भइरहेको प्रतियोगितामा सोमबार युगान्डासँग ७ विकेटले हारेसँगै नेपालसामू रेलिगेसनको समेत चुनौती थपिएको छ। बाँकी तीनै खेल जिते नेपालको शीर्ष २ टोली बनेर डिभिजन २ मा उक्लने सम्भावना पनि यथावत् नै छ।

समरसेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल ४४.२ ओभरमा १ सय १६ रनमै समेटियो। विश्व क्रिकेट लिगमा नेपालको यो तेस्रो न्युन स्कोर हो। सन् २००८ मा जर्सीमा भएको डिभिजन ५ को सेमिफाइनलमा अफगानिस्तानसँग १ सय ५ रनमा सीमित नेपाललाई दुई वर्षपछि इटालीमा तान्जानियाले डिभिजन ४ मा १ सय ८ रनमा अलआउट गर्नु नेपालको यसअघिका न्युन स्कोर थिए।
आइतबारमात्र समरसेटको यही मैदानमा अमेरिकाले ६ विकेट गुमाई ३ सय ६६ रन बनाउँदा नेपालले २ सय ७२ रन बनाएको थियो। युगान्डाले २७ ओभरमै लक्ष्य पूरा गर्योु। रोजर मुकासा ४९ रन बनाई अविजित रहे। अमृत भट्टराईलाई विजयी चौका प्रहार गरेका मुकासाले ७४ बल खेल्दै ५ चौका प्रहार गरे। बेन्जामिन मुकासेले २२ रन बनाए। विश्व क्रिकेट लिगमा नेपाल पहिलोपल्ट लगातार दुई खेलमा पराजित भएको हो।
'हामीले ब्याटिङ राम्रो गर्न सकेनौं। १ सय १६ रनमात्र बनाएर आशा गर्न सकिँदैन, हाम्रो क्षमताअनुसार यो कमजोर प्रदर्शन हो। यस्तो प्रतियोगितामा हामीले क्षमताअनुसार खेल्न सकेका छैनौं, जुन दुःखद पक्ष हो,' नेपालका कप्तान पारस खड्काले आइसिसीको बुलेटिनलाई भनेका छन्। प्रतियोगिताका बाँकी खेलका लागि उनी सकारात्मक थिए। उनले भने, 'गणितीय हिसाबमा अझै माथि उक्लने हाम्रो सम्भावना छ। तीन खेल अझै बाँकी छन्, जुन हामीले जित्नुपर्छ। पहिलो दुई खेल बिर्सेर सकारात्मक हुनुपर्छ। यी दुई खेल विगत भइसके अब हामीले अगाडि हेर्नुपर्छ। हामीले निकै मेहनत गरेका छौं, त्यसैले राम्रो प्रदर्शन गर्न नसक्दा निराश छौं। अब हामी बाँकी तीन खेलमा केन्द्रित हुनुपर्छ।'
युगान्डाको सुरुआत पनि राम्रो रहेन। ओपनर ब्रायान मासाबालाई चन्द्र साउदले २ रनमै आउट गरे। अर्का ओपनर आर्थुर कयोबेलाई अमृत भट्टराईले १८ रनमा आउट गर्दा युगान्डाको २२ रन थियो। मुकासाले मुकेसेसँग स्कोरलाई ८० रनमा पुर्यााएपछि युगान्डा विजयतर्फ अगाडि बढ्यो। मुकेसे र लावरेन्स सेमाटिम्बा (१८) लाई वसन्त रेग्मीले आउट गरे पनि नेपाललाई त्यो सान्त्वनामात्र बन्यो। उनले ९ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चे।
पहिला ब्याटिङ गरेको नेपालले प्रदीप ऐरीलाई ओपनरमा ओरालेको थियो। अमेरिकासँगको खेलमा खाता खोल्न नसकेका अनिल मण्डलको स्थानमा पृथु बाँस्कोटालाई तल्लोक्रममा खेलाई प्रदीपलाई ओपनरमा पठाइएको थियो। अर्का ओपनर सुवास खकुरेल ५ रनमा आउट भए। प्रदीपले आफ्नो स्वभावअनुरुप खेल्दै ४ चौका र १ छक्का प्रहार गरी २९ बलमा २४ रन बनाए।
उपकप्तान ज्ञानेन्द्र मल्ल १० र पारस ६ रनमै आउट भएपछि नेपाल दबाबमा परेको थियो। शक्ति गौचन र विनोद भण्डारीले इनिङ्स तान्ने प्रयास गरे। विनोदले २९ बल खेली ३ चौकासहित १८ रन बनाए। शक्ति आउट हुने नेपालका अन्तिम ब्याट्सम्यान थिए। उनले ८३ बल खेली १८ रन बनाए। शरद भेषावकरले खाता खोल्न सकेनन् भने वसन्त रेग्मी पनि ४ रनमै पवेलियन फर्के। पृथुले १८ रन बनाए। शुन्यमा आउट हुने अमृत पनि थिए।
म्यान अफ द म्याचमा युगान्डाका कप्तान डेविस एरिनाइटवे चुनिए। उनले र फ्रान्क एनसुबुगाले ३–३ विकेट लिए। एरिनाइटवेले ९.२ ओभरमा २ मेडन राख्दै १२ र एनसुबुगाले १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चे। निर्णायकसरह मानिएको खेलमा विजय हात पारेपछि एरिनाइटवेले भने, 'यो खेल हाम्रा लागि निकै महŒवपूर्ण थियो। नेपालजस्तो ठूलो टोलीलाई हराउनु निकै महŒवपूर्ण हुन्छ। नेपालको स्तर हाम्लाई थाहा थियो, त्यसैले यो खेल महŒवपूर्ण थियो। यो हाम्रा लागि ठूलो खेल हो। हामी जतिसक्दो उनीहरूलाई सुरुआतमै दबाबमा ल्याउन चाहन्थ्यो। हामीले जुन योजना बनाएका थियौं, त्यो सफल भयो। '
चन्द्रको 'डेब्यु'
तीब्र बलर चन्द्र साउदले राष्ट्रिय टोलीबाट एकदिवसीयमा पहिलो खेल खेले। अमेरिकासँगको हारपछि सञ्जम रेग्मीको स्थानमा चन्द्रलाई खेलाइएको हो। चन्द्र एकदिवसीयमा नेपालको 'क्याप' जित्ने ५७औं खेलाडी हुन्। ब्याटिङमा अविजित ३ रन बनाएका चन्द्रले बलिङमा ६ ओभरमा १७ रन खर्चेर १ विकेट लिए।
सेप्टेम्बरमा मलेसियामा भएको डिभिजन ४ मा नेपाली टोलीमा रहे पनि चन्द्रले एउटै खेल खेल्न पाएका थिएनन्। ढाडको चोटका कारणले उनले त्यसको एक महिनापछि युएईमा भएको एसिसी ट्रफी इलिटबाट आफ्नो नाम फिर्ता लिएका थिए। गत वर्ष युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा चन्द्रले पहिलोपल्ट खेल्दै हङकङसँगको सुरुआती खेलमै ४ विकेट लिएका थिए।
आज बर्मुडासँग खेल्ने
नेपालले बर्मुडासँग पहिलोपल्ट एकदिवसीयमा खेल्दैछ। गत वर्ष युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा नेपालले बर्मुडालाई २४ रनले पराजित गरेको थियो। पारस खड्काको अविजित ६५ र शरद भेषावकरको ४४ रनमा नेपालले ६ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो। अबुधाबीमा बर्मुडाले ५ विकेट गुमाई १ सय २७ रन बनाउन सक्दा शक्ति गौचनले ३ विकेट लिएका थिए।
२ सय २३ रन बनाउन नसकेपछि पहिलो खेलमा युगान्डासँग १ सय १४ रनले पराजित बर्मुडाले अघिल्लो दिन दोस्रो खेलमा ओमानलाई ३४ रनले पराजित गरेको थियो। ४५ ओभरभित्र १ सय ९४ रन बनाएको बर्मुडाले ओमानलाई १ सय ६० रनमा रोकेको हो।
युगान्डा र अमेरिकाले पहिलो दुवै खेल जितेका छन्। ओमान र बर्मुडाले १–१ खेल जितेका छन्। इटाली र नेपालले दुवै खेल हारेका छन्। पहिलो दुई टोली डिभिजन २ मा उक्लने छन् भने पुछारका दुई टोली रेलिगेसन पर्नेछन्।

प्रतिक्रिया

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...

संकटमा किशोर फुटबलर

संकटमा किशोर फुटबलर

काठमाडौं-नेपाली जनता महाभूकम्पको पीडा बिर्सने कोसिस गरिरहेका बेला किशोर फुटबलरहरू एएफसी यु–१४ फुटबल फेस्टिबल खेल्न ताजिकिस्तान उडेका थिए। अभ्यास गरिरहेका बेला उनीहरूले वैशाख २९ को अनुकम्पनलाई भोगे। जनजीवन सामान्य बन्दै...

जनकपुरलाई महिला राष्ट्रिय क्रिकेट उपाधि

जनकपुरलाई महिला राष्ट्रिय क्रिकेट उपाधि

पोखरा-क्षेत्र नम्बर–७ जनकपुरले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। पोखरा रंगशालामा बुधबार भएको फाईनल खेलमा जनकपुरले सशस्त्र प्रहरी वलको एपीएफलाई ५ रनको झिनो अन्तरले पराजित गर्दै...

पूर्वाधार क्षतिले अस्तव्यस्त खेलकुद

पूर्वाधार क्षतिले अस्तव्यस्त खेलकुद

काठमाडौं-दक्षिण एसियाली खेलकुदको १२औं संस्करण हुने टुंगो छैन। एसियाली खेलकुद आउन चार वर्ष बाँकी छ। ओलम्पिक आउँदो वर्ष भए पनि त्यहाँ नेपालको उपस्थिति सहभागिताका लागि मात्र हो।

‘नेपाली फुटबलका हितैसी गुमायौं’

‘नेपाली फुटबलका हितैसी गुमायौं’

काठमाडौं– करेन्ट लागेर निधन भएका अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। भैंसेपाटीस्थित नयाँ घरमा सरेको दिन शुक्रबार करेन्ट लागेर उनको निधन भएको...

मेसीमा टिकेको अर्जेन्टिनी आस

मेसीमा टिकेको अर्जेन्टिनी आस

ला सेरेना– लियोनेल मेसीले बार्सिलोनाबाट सम्भव हुने सबैखाले सफलता आत्मसात गरिसकेका छन्। बार्सिलोनाका लागि गरेको प्रदर्शनकै आधारमा उनले आफूलाई विश्वको सर्वकालिन महान खेलाडीको सुचिमा उभ्याउन पनि सफल भएका छन्। तर...

लामाको आत्मसमिक्षा, आफैलाई ७५ अंक

लामाको आत्मसमिक्षा, आफैलाई ७५ अंक

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले आफ्नो चार वर्षे कार्यकालको समिक्षा गर्दा मंगलबार आफैलाई ७५ अंक दिएका छन्।

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिग

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिग

बर्लिन-बार्सिलोनाले युभेन्टसलाई ३-१ को गोल अन्तरले पराजित गर्दै पाँचौं पटक च्याम्पियन्स लिगको उपाधी जितेको छ। शनिबार बर्लिनस्थित ओलम्पिक रंगाशालामा भएको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकरहरुले गोल गर्दै टोलीलाई यो सिजनमा तेस्रो उपाधि...